प्रवासमा भएको नेपालीहरुको एक सस्था गैर आवासीय नेपाली संघमा पनि राजनीतिको भागबन्डा देखि
आर्थिक हिनामिना गर्न पछि नपरेको बिषय पछिल्लो चरणमा व्यपाक हुदै आएको हाम्रो श्रोतलाई जानकरी दिएको छ |
यसै बिषयमा गैर आवासीय नेपाली संघ स्पेनमा केहि गुनासोहरु आबद्द सदश्यहरु र अबद्दा नभएको व्यक्तिहरुबाट विभिन्न तरिकाले टीकाटिप्पणी गरिदै आएको छ |
फेरि सुरु भयो केही व्यक्तिहरूको तमासा NRNA Spain
हामी NRN सदस्यहरूलाई सोध्न चाहन्छौं:
• के तपाईंहरूको कसैलाई समस्या परेको बेला सहयोग पाउनुभएको छ?
• अरू देशमा जस्तो NRNA को लागि आधिकारिक घर हुन्छ, के स्पेनमा पनि त्यस्तो छ?
• हामीले दिएको १० यूरो कहाँ जान्छ?
• नेपाली दूतावास भएको अवस्थामा NRNA Spain को आवश्यकता किन छ?
• अहिलेका नयाँ युवाहरूले कार्यक्रम गर्न खोज्दै छन्, के NRNA Spain ले तिनीहरूलाई सहयोग गरेको छ?
• के यो संस्था ठूला रेष्टुरेन्टका मालिकहरूका लागि मात्र हो? कि हामीजस्ता सामान्य जनता पनि सदस्य बन्न सक्छौं?
• सदस्य त हुन पाउँछौं, होइन र?
• अहिलेको NRNA को नेतृत्व कुन पार्टीको हो? हामी त सामान्य नेपाली हौं, के हामी पनि यो कार्यक्रममा सहभागी हुन सक्छौं?
• हामी गरिब छौं, हाम्रोमा १० यूरो पनि छैन, मासिक शुल्क तिर्न सक्दैनौं — तर के हामी पनि सदस्य बन्न सक्छौं?
गैर आवासीय नेपाली संघमा पनि राजनीतिक गन्ध बढिसकेको प्रष्ट देखिन्छा

