kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिएद्वारा भक्तपुर अवलोकन

 

भक्तपुर

चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्व प्रतिनिधिमण्डलले आज भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अभिरूचिपूर्वक अवलोकन गर्नुभयो । टोलीलाई नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो ।

टोलीले दरबार क्षेत्रस्थित कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, टौमढी, खँला हुँदै तालाक्वमा अवलोकन गर्नुभयो ।

भ्रमणका क्रममा उपाध्यक्ष सियाओ चिएले भक्तपुरका मूर्त, अमूर्त सम्पदा र यहाँको पुनःनिर्माण अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल–चीन सम्बन्ध र मित्रता युग युगसम्म रही रहने विश्वास व्यक्त गर्दै दुई देशबीचको संस्कृति आदान प्रदानलाई व्यापक बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

उपाध्यक्ष चिएले २०७२ सालको भूकम्पपश्चातको पुनः निर्माण र सहकारी गतिविधिबारे पनि विशेष चासो व्यक्त गर्नुभयो ।

अवलोकन पश्चात सांसद सुवालले पार्टी प्रकाशन, नगर प्रमुख प्रजापतिले नपाका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभयो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.