kathmanduonlinemedia.com

लघुवित्त पिडितको शान्तिबाटिकामा प्रदर्शन

 

काठमान्डौ

लघुवित्त तथा सहकारी पिडितहरुको दबाबमूलक अन्दोलन र सडकमा पिडितहरुको प्रदर्शनको क्रममा आज शान्तिबाटिका रत्नपार्क बिरोध सभा भएको छ |

लघुवित्त,सहकारी एबम मीटार ब्याजी पिडितहरुको पटक पटक सरकारसंग भएको माग र सरकारले गरेको प्रतिबद्दता कार्यन्वयन नहुदा पिडितहरु झन् मारमा परेको र लघुवित्त संचलाक र यसमा संगलग्न कर्मचारीलाई सरकरी निकायले कार्बाहीको प्रक्रिया अगडी नबढाउदा अझ पिडितहरुको समस्याले झन् बिकराल अवस्था शृजना गरेको अन्दोलनमा सहभागीको गुनासो छ |

लघुबित्ताले गाउ घरका सोझासाझा जनता र अशिक्षित समुदायलाई फसाउने नियतका साथ गाउघरमा लघुवित्तका कर्माचारी र संचलाकले विभिन्न लोभ लालचा देखाई स्थानीयको महत्वपूर्ण कागजहरु आफ्नो हात पारि केहि रकम ऋण स्वरूप कर्जा प्रवाह गरेर ,, पिडितहरुलाई चर्को ब्याजको मापदण्ड राखी मीटार ब्याज प्रक्रियाबाट पिडितहरुको घर जग्गाको लालापुर्जहरु लघुवित्तले कब्जा गरि|

सोझासाझा पिडितहरुलाई ऋण असुल गर्न अनेक प्रपन्च गरि मानसिक यातना दिने ,बिभिन्न  माध्यमबाट धाक धम्कि दिने गरेको पिडितहरुको गुनासो छ |
पिडितहरु घर,जग्गा लघुवित्त एबम मिटर ब्याजिले कब्जा गरे पछी बाध्य भएर घर गाउ छोडेर अन्दोलनमा उत्रिएको र सङ्घीय राजधानीमा पटकपटक सरकारसंग सम्झौता भए पनि सरकरी निकाय र राजनीतिक दलको  अपारदर्शी रुपमा संग्लग्नले हाम्रो मागहरु पुरा नभएको पिडितहरु जिकिर छ |

 

आज शान्तिबाटिकामा अगडी केहि अन्दोलनका अगुवाहरु सरकारको लापरबाही बिरुद्द बोल्दै थियो भने अन्दोलान सहभागी लघुवित्त पिडितहरुको आखामा आशु र अनुहारमा दुखि मन हुदैँ तातो घाममा बसिरहेको देखियो |

राज्यले पिडितको मागलाई सम्बोधन गरि, सबै लघुवित्त एबम सहकारीलाई कानुन बमोजिम कार्बाही  प्रक्रिया अघि बढाई समस्याको हाल नगरे हाम्रो अन्दोलन झन् जटिल बन्दै जाने आन्दोलनमा सहभागीको भनाइ छ |

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.