kathmanduonlinemedia.com

वकिलको बदनियत र जेलको केहि कर्मचारी बदमासीले पिडित झन् पिडामा

काठमाडौं महानगर वडा न:१५ को भगवान पाउ देखि बनस्थली जाने सडकमा मोटरसाइकलले ठक्कर दिएर वर्ष ४६ दोर्जे लामाको न्युरो अस्पातालमा उपचारको क्रममा मृत्यु भएको र  बर्ष २६ दोषी तिलक बहादुर प्रधान अदालतले पनि दोषी ठहर भएको जिल्ला अदालत काठमाडौं फैसला पनि गरिएको थियो | घाइते दोर्जे लामाको मृत्युपछि  पिडित  परिवारलाइ बिना दुर्घटना क्षतिपूर्ति र  पिडित परिवारलाई बिना सूचना फरार भएको देखियो|

पुरानो घटनाको बिषयलाई लिएर पीडित पक्षबाट दोषीको बैनीलाई स्वयम्भु प्रहरीले समन्वय गरेर फरार व्यक्तिलाई सम्पर्क गराउन पहल गर्दा प्रहरीलाई असहयोग गरेको छ |

दोषीको अदालत वकिल र दोषी राखेको जेलको कर्मचारीको मिलेमतोमा दोषीलाई  नेपाल सरकारको कानुन बमोजिम सवारी दुर्घटना कसुर नियम कानुन अनुसार सजायको भागिदार बनाउनुको साटो  कानुनको खिल्लीपट गरेर  दोषीलाई फरार गराएको जानकारी काठमाडौं जिल्ला प्रसासन कार्यालयले समेत पुष्टि गरेको छ |

यसैको अधारमा जिप्राका काठमाडौंले स्वयम्भू प्रहरी वृत्तलाई पुनः दोषीलाई पक्राउ गर्न पत्र काटेको जानकारी पिडितका दाजुले काठमाडौं अनलाइन मिडियालाई जानकारी दिनु भएको छ | अहिले पीडितले सवारी दुर्घटना कसुर नियममा दोषीले कानुन प्रक्रिया भन्दा अदालत वकिल र जेलको कर्मचारीको प्रभाव  अनि बदनियत गरिएको गुनासो गर्नु भएको छ |

थप विवरणहरु पिडित र प्रहरी प्रसासन कागजात

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.