kathmanduonlinemedia.com

युरोपियन युनियनका राजदुत सहित युरोपका राजदुतहरुद्वारा भक्तपुर नगरको भ्रमण

 

भक्तपुर

नेपालको लागि युरोपियन युनियनका राजदुत लगायत युरोपका अन्य देशका राजदुतहरुद्वारा भक्तपुर नगरको भ्रमण गरेका छन् ।

डेलिगेशन अफ द युरोपियन युनियन टु नेपालका एम्बेसेडर भेरोनिक लोरन्जो र डिपुटी हेड अफ डेलिगेशन, हेड अफ पोलिटिकल, प्रेस एण्ड इन्फर्मेशन सेक्सनका थोमस मिलारको नेतृत्वमा २२ जना राजदुतहरु र ३ जना दुताबासका कर्मचारीहरु सहित २५ जनाको भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्र, टौमढी, दत्तात्रय, तालाक्व र नगरका ऐतिहासिक क्षेत्रहरुको अवलोकन भ्रमण गरेका छन् ।

भ्रमण प्रतिनिधि मण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, आयरल्याण्ड, ग्रीस, स्पेन, इटाली, साइप्रस, लिथुआनिया, लक्जम्बर्ग, हंगेरी, माल्टा, पोल्याण्ड, पोर्चुगल, रोमानिया र स्वीडेनका राजदुतहरु सहित दुतावासका कुटनैतिक टोलीमा समावेश रहेका छन् ।

भ्रमण टोलीलाई भक्तपुर नगरपालिका पर्यटक सुचना तथा सेवा केन्द्रका प्रमुख एवं सहायक निर्देशक गौतम प्रसाद लासिवाले भक्तपुर दरबार क्षेत्रको खौमा ढोकामा स्वागत गर्नु भएको थियो ।

भक्तपुरको भादगाउँले कालो टोपी, थैली र भक्तपुर नगरपालिकाद्वारा प्रकाशित भक्तपुरको फोटो पुस्तिका लगायत अन्य प्रकाशनहरुको उपहार प्रदान गरेको स्वागत कार्यक्रममा पर्यटक सूचना तथा सेवा केन्द्रका अधिकृत शरद खत्री, मुरज दिदिया र स्थानीय पथ प्रदर्शकहरुले अवलोकन भ्रमणमा सहजीकरण गरेका थिए ।

भ्रमण टोलीका राजदुतहरु भक्तपुरको ऐतिहासिक तथा मौलिक कला संस्कृति र सम्पदाहरुको संरक्षण देखेर भक्तपुर नगरपालिकाको कला, संस्कृति र सम्पदा संरक्षणको प्रशंसा गरेका थिए ।

 

By Kathmandu Online Media

1 Comment

  • भक्तपुरको ऐतिहासिक सुन्दरता र यसको सांस्कृतिक सम्पदामा संरक्षण गर्ने प्रयासहरु साँच्चै प्रशंसनीय छन्। युरोपियन राजदुतहरुको यो भ्रमणले भक्तपुरको मान्यता विश्वभर बढाउने ठूलो भूमिका खेल्न सक्छ। भक्तपुर नगरपालिकाले यसरी पर्यटकहरुको लागि सुविधा र सहजीकरण गरेको प्रशंसा गर्नुपर्छ। यो भ्रमणले नेपाल र युरोपियन युनियनबीचको सांस्कृतिक सम्बन्धलाई अझ गाढा बनाउने आशा गरी सकिन्छ। तर, यी संरक्षण प्रयासहरु दीर्घकालीन रूपमा प्रभावकारी हुनेछन्? के युरोपियन राजदुतहरुले यसको लागि आर्थिक वा तकनीकी सहयोग पनि उपलब्ध गराउनेछन्? के तपाईंहरुको विचारमा, यसरी आन्तरिकराष्ट्रिय सम्बन्धलाई बढाउन कस्ता कुरालाई ध्यान दिनु आवश्यक छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.