kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

भदौ २३ को जेनजी आन्दोलनमा चे’तावनी बिना अन्धाधुन्ध प्रा’णघा’तक ब’ल प्रयोग भएको निष्कर्ष

ह्यूमन राइट्स वाचले दिएको बिशेष रिपोर्ट

ह्यूमन राइट्स वाचको प्रतिवेदन : ह्यूमन राइट्स वाचले भदौ २३ को जेनजी आन्दोलनमा चे’तावनी बिना अन्धाधुन्ध प्रा’णघा’तक ब’ल प्रयोग भएको निष्कर्ष निकालेको छ। सुरक्षाकर्मीहरू जीवन,मरणको जोखिममा नभएको अवस्थामा पनि गो’ली च’लाएका र यसलाई HRW ले अस्वभाविक, असंगत र गैरकानूनी मानिएको ठहर गरेको छ।

१. ह्यूमन राइट्स वाच (HRW) ले भदौ २३ को जेनजी प्रदर्शनका क्रममा प्रहरीले अस्वभाविक र अनुचित बल प्रयोग गरेको निष्कर्ष निकालेको छ।

२. प्रतिवेदन अनुसार प्रहरी र सुरक्षाकर्मीहरूले करिब a३ घण्टासम्म लगातार धेरैपटक गो’ली चलाएका थिए।

३. गो’ली प्रहारलाई HRW ले अ’न्धाधुन्ध र नियन्त्रणविहीन भन्दै, आवश्यकभन्दा धेरै बल प्रयोग भएको दाबी गरेको छ।

४. उसले पुष्टि गरेको अनुसार त्यही दिन १७ जनाको मृ’त्यु भएको र पछि कुल मृ’तक संख्या २२ पुगेको छ।

५. संसद भवन वरिपरि जम्मा भएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले टाउको, छाती र पेटतर्फ लक्षित प्रा’णघा’तक गो’ली च’लाएको प्रतिवेदनमा उल्लेख छ।

६. सुरक्षाकर्मीहरू जीवन-मरणको जोखिममा नभएकै अवस्थामा प्रा’णघा’तक ह’तिया’र प्रयोग गरिएको HRW को ठहर छ।

७. संयुक्त राष्ट्रसंघ र नेपाली कानुनअनुसार पहिले चेतावनी दिएर मात्र प्रा’णघा’तक बल प्रयोग गर्न पाइने भए पनि यो प्रक्रिया नपालिएको HRW ले बताएको छ।

८. प्रतिवेदनमा भनिएको छ-स्थिति शान्तिपूर्ण रहँदा पनि केही स्थानमा प्रहरीले ब’ल प्रयोग गरेको तथ्य भेटियो।

९. HRW ले भदौ २४ मा देखिएको देशव्यापी आ’गज’नी र लु’टपा’टमा जेनजी प्रदर्शनका सहभागी बाहेक अन्य व्यक्तिहरू पनि संलग्न भएको देखिएको जनाएको छ।

१०. संसद, राष्ट्रपति भवन, सर्वोच्च अदालत, सिंहदरबार, निजी घर, कार्यालय र सवारीसाधनमा भएको तो’डफो’ड र आ’गज’नीलाई HRW ले अत्यन्त गम्भीर मानेको छ।

११. नेताहरू कु’टिए’का, तत्कालीन प्रधानमन्त्रीलाई हेलिकप्टरमार्फत उद्धार गर्नुपरेको तथा हजारौँ कैदी भा’गेको घटनालाई पनि प्रतिवेदनमा समावेश गरिएको छ।

१२. HRW ले भदौ २३-२४ का घटनालाई “गम्भीर मानव अधिकार उल्लंघनले भरिएको हिं’सा” भनेर व्याख्या गरेको छ।

१३. हिं’साको छानबिनका लागि बनेको न्यायिक आयोग पारदर्शी, स्वतन्त्र र प्रभावकारी हुनुपर्ने र दोषी जोसुकै भए पनि कारबाहीमा ल्याउन सक्ने क्षमता हुनु आवश्यक रहेको HRW को सुझाव छ।

१४. आयोगले पहिलो र दोस्रो दिनका घटनामा सुरक्षा बल, राजनीतिक व्यक्तित्व वा तेस्रो पक्ष-जसले कानून तोडे, सबैको भूमिका स्पष्ट पार्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

१५. HRW की एसिया उपनिर्देशक मीनाक्षी गंगुलीका अनुसार, “कानून तोड्ने कसैलाई पनि अनुचित रूपमा जोगाउन नहुने”, र राज्यलाई जवाफदेही र पारदर्शी बनाउने जिम्मेवारी सरकारकै हातमा छ।

अबको नेपालको राजिनिती र जनतामा कस्तो अवस्था आउने हो भन्ने बिषयमा फाल्गुन २१ निर्वाचान राजनीतिक दल र जनताको प्रतिक्षामा छन् |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.