kathmanduonlinemedia.com

विज्ञापनको लागि +9779801032843

डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन

सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित कमाण्ड एण्ड स्टाफ कोर्स सि.सं.३२ का तालिमरत १ सय ७ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको सोमबार अवलोकन भ्रमण सम्पन्न भएको छ । अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो ।

सो क्रममा सहभागी अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलिग्राफ सेक्सन, डाटा सेन्टर र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो ।

अवलोकन पश्चात आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर जबराले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र, प्रदेश समायोजन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

श्रोत : नेपाल प्रहरी

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.