kathmanduonlinemedia.com

मदिरा तस्करी प्रहरीको गोलीबाट लालु यादवको ज्यान गए

सप्तरीको राजगढ गाउँपालिका–२ मा प्रहरी र स्थानीयबीच रातिको समयमा भएको झडपले ज्यान लिएको छ। भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि ढुंगामुढा भएपछि जवाफी कारबाहीमा प्रहरीको गोली लागेर स्थानीय लालु यादव घाइते भएका थिए।

उनीलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो। मृतकको उमेर करिब ३७ वर्ष रहेको बताइएको छ। घटनापछि राजविराजको जिल्ला प्रहरी कार्यालय अगाडि आक्रोशित स्थानीय र मृतकका आफन्तले टायर बालेर प्रदर्शन सुरु गरेका छन्।

प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरिरहेका छन्। हाल राजविराजमा सुरक्षा अवस्था कडा पारिएको छ ।

source : Nepal police

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.