
हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन सम्पन्न भएको छ |
मिति २०८२/०३/२४ गते दिनको १०:३० बजे काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वर, पुरानोबसपार्क एवम् घट्टेकुलो अन्तर्गतका कुल ६० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल १८१ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ।
श्रोत : रानीपोखरी भ्याली प्रहरी कार्यलय