kathmanduonlinemedia.com

 म्हेंदोमाया कलाकार संघको नया कार्यसमिति चयन

काठमान्डौ

म्हेंदोमाया कलाकार संघको दशौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज काठमाडौँको सामखुसी क्वालिटी क्याफेमा सम्पन्न भएको छ।

Mhendo (म्हेन्दो, Maya (माया) कलाकार संघ नेपालको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्य

१.अध्यक्ष : आरम्भ तामाङ

२.उपध्यक्ष : किर्तिमान तामाङ

३.महा सचिव : शिशिर थोकर

४.सचिव : लक्ष्मी स्याङतान

५.कोषध्यक्ष : मान बहादूर गूरूङ

सदस्य:

६.सिता लामा

७.रितु तामाङ

८.शान्ती माम्बा

९.ममता गुरुङ

१०.सन्जू तामाङ

११.लोकेन्द्र तामाङ

१२.दुर ब्रेभ गुरुङ

१३.प्रकाश वाईबा

१४.सुमन घले

१५.प्रमिला तामाङ

१६.लिलु तामाङ

१७.करिसा तामाङ

कार्यक्रममा म्हेंदोमाया कलाकार संघका विभिन्न कलाकार तथा राजनीतिक दल लगायत समाजसेवामा लागिरहनुभएका तामाङ समुदायका समाजसेवीहरु पनि यस कार्यक्रममा उपस्थित भएको थियो।

नुवाकोट,रसुवा र धादिङका तामाङ समुदायमा धेरै वर्ष पहिलेदेखि गाउँघरमा मेलापात र घासदाउरा गर्ने स्थानमा मात्रै सीमित रहेको म्हेंदोमाया गीतसंगीतलाई पछिल्लो पुस्ताले आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्नको निमित्त विभिन्न माध्यमबाट म्हेंदोमाया गीतलाई दर्शक श्रोतामाझ हरेक क्षेत्रको बिषयबस्तुलाई गीतमा सिर्जना गरेको छ|

यसरी गीतसंगीत कै बिषयलाई केन्द्रित गर्दा धेरै पहिले तामाङ् भाषाको पनि पश्चिम भेगमा मात्र बुझ्न सजिलो हुने शब्दहरुको गित बजारमा ल्याएको थियो! यसको सिर्जना गर्ने कलाकारहरु प्राय जसो धादिंग जिल्लाको सेम्जोंग, चौतार,सत्यदेबी,किम्तंग भेगको कलाकारको मुख्य भूमिका थियो! यसपछिको दिनमा म्हेंदोमाया गीतको बजारमा केहि बिस्तार भए र दर्शक श्रोताको मनमा गित गुन्जन थालेपछि नुवाकोट दङ्सिङ,काप्रे,हुदै धादिंग जिल्लाको पात्ले धुवाकोट भेगमा पनि गीतको प्रभाव बढेको थियो!

म्हेंदोमाया गीतको सर्जक एबम दर्शक श्रोताको मन मस्तिकमा पर्न सफल स्वरको धनि रमला पाख्रिन हुन्!

रमला पाख्रिन,लेख योन्जन,टिका तामाङ् लगायत अन्य थुप्रै कलाकारको योगदान,उहाहरुको सिर्जना र कलाको कदर गर्दै पछिल्लो चरणमा नुवाकोट,धादिंग र रसुवाको थुप्रै तामाङ् कलाकारहरु छन्!

म्हेंदोमाया गीतलाई आफ्नो संस्कृति र संस्कार अनुसार जगेर्ना गर्न पहिलेदेखि नै तामाङ समुदायमा कलाकारको रुपमा अघि सार्दै लेख योन्जन लगायत थुप्रै कलाकारहरुले सङ्घर्ष गर्दै अहिलेको नयाँ पुस्ताका कलाकारहरूले झन् यसलाई निकै नै दुःख गरेर दर्शक तथा श्रोताहरूको माझमा पुर्याउन सफल भएको छ। अहिलेको यो आधुनिक युगमा पनि तामाङ समुदायमा यसरी लोप हुन  लागि रहेको म्हेंदोमाया गीतलाई आजको नव कलाकारहरूले संस्कृतिलाई पनि जगेर्ना गर्न सफल भएको छ भने आफ्नो भाषा रीतिरिवाज र भूगोलमा भएको संस्कृतिको झल्को अझै बढाएको छ।हरेक क्षेत्रमा कलाकारहरूले गरेको योगदान र कलाकारहरूको भूमिकाले आफ्नो संस्कृतिलाई जोगाउन निकै नै मद्दत पुगेको कुरा अग्रज कलाकारहरूले यस कार्यक्रममा आफ्नो मन्तव्य राखेर पनि जानकारी गराएका थिए।

गितसंगीत सिर्जना र श्रोताको माग बढ्दै गएको बेलामा नुवाकोट जिल्लामा सागर एस वाइबाले पनि ठेट स्थानीय भाषालाई गीतमा उतारेर नयाँ शैलीमा म्हेंदोमाया गीतको स्थान स्थापित गर्न सफल भए!

अहिलेको पश्चिम भेगीय तामाङ् समुदायको सस्कार,सस्कृति जोगाउने र चिनाउने काम कर्तब्य कलाकारको मात्रै होइन भन्ने कुरा सिंगो तामाङ् समुदायले बुझ्न जरुरि छ! आफ्नो स्थानीय सास्कृति,सस्कार जगेर्ना गर्ने जिम्मेवारी हरेक नागरिक स्तर देखि विभिन्न समाजसेवी,संघसस्था,राज्यको निकाय र देशको राजनीतिक पार्टीहरुको दायित्व भित्र पर्दछ|

नेपालमा हरेक जात धर्म विशेषको आफ्नै मौलिकता भएको देश हो।मौलिकता हुँदाहुँदै पनि हाम्रो तामाङ समुदायमा अझ पूर्वी भेगमा तामाङ सेलो निक्कै नै चल्छ भने अहिले यो पश्चिम भेगमा म्हेंदोमाया गीतको पनि चर्चा अघि बढिरहेको पछिल्लो दिनहरूको आधुनिक तामाङ कलाकारहरूको उपस्थितिले पनि संकेत गरिसकेको छ|

बागमती प्रदेशमा विशेषगरी तामाङ समुदायकै बहुल्यता छ। बागमती प्रदेशमा रामेछाप,दोलखा,सिन्धुपाल्चोक,सिन्धुली चितवन,मकवानपुर,नुवाकोट,धादिङ,रसुवा र काभ्रेपलाञ्चोक लगायत थुप्रै जिल्लाहरूमा यसरी तामाङ समुदायको बसोबास र बहुल्यता बढी नै छ!

देशको गहना देशको सम्पत्ति संस्कृति पनि हो। देशमा भएको आफ्नो भेषभूषा कला संस्कृतिलाई जगेर्ना गर्नु संरक्षण गर्नु राज्यको दायित्व भित्र पर्छ राज्यले यसरी देशभित्र रहेको विविध किसिमको संस्कृति र कलालाई जोगाउनु सकियो भने देशमा भएको कलाकारहरु देखि लिएर विभिन्न पेशा व्यवसायमा लागेको व्यवसायीहरुलाई पनि एउटा व्यावसायिक मार्ग हुनसक्छ।

विश्वको यस्तो देशहरू हुन्छन् जहाँ आफ्नो संस्कृति कला र संस्कारलाई विश्वसामु चिनाउन सफल हुन्छ र यसै सफलता सँगसँगै त्यहाँका स्थानीय बासिन्दा त्यहाँका जीविको चलाउने व्यवसायीहरु पनि त्यहाँ रोजगारको सिर्जना गर्न सकिन्छ। यसरी कलाकारहरूले संस्कृतिलाई जोगाउन सक्यो भने र राष्ट्रमा जिम्मेवार निकायमा रहने जिम्मेवार संस्थाले पनि आफ्नो संस्कृति र कलालाई संरक्षण गर्न सक्यो भने देशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणहरु विश्वको कैयौं देशहरुमा देख्न सकिन्छ|

 

यहि बिषयमा तामाङ् समुदायबाट प्रतिनित्व गर्ने राजनितिक दलको नेता,समाजसेवीहरु समुदायको सास्कृति-हाम्रो गहना हो| हाम्रो पहिचान हो भन्ने मुल मन्त्रका साथ अघि बढेमा म्हेंदोमाया गीतसंगीतको पनि लोप हुनबाट जोगाउन सकिने म्हेंदोमाया कलाकार संघको केहि सदस्यहरुले काठमान्डौ अनलाइन टिमलाई जानकारी दिनुभएको छ!

 

 

 

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.