kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

 निलकण्ठ नगरपालिकाको मेयर कमजोरी छैन भन्नेको कमजोरीको चाङ् बन्दै

 

भीम ढुङ्गानाको नगरपालिका संघका अध्यक्ष एवम् नीलकण्ठका मेयर भीम प्रसाद ढुङ्गानाले प्रायजसो सार्वजनिक मञ्चमा भन्ने एउटै शब्द हुन्छ मैले केहि कमजोरी गरेको छैन गरेको भए भन्नु होला । बाहिर आलोचना गर्ने गरेपनि पार्टीका गुरु वुर्लाकोटी, नगर दिवसमा आएका अन्य दलका नेताहरुले पनि मुक्त कण्ठले प्रशंष गरेपछि उत्साहित बनेका ढुङ्गानाले फेरिभने मैले कमजोरी गरेको भए भन्नु होला ।

सार्बजनिक कार्यक्रमहरुमा आफ्नो मन्तब्य ब्यक्त गरेको भए पनि जिल्लामा केहि कमजोरी भने भेटिएको छ |

१. प्राकृतिक सुन्दरता विगारेर भीम ढुङ्गानाले लगानी गरेको करोडौंको भ्यू टावरको उपयोगिता खैं ?

२. तिर्खा मुक्त नगर नारा मै सिमित, खानेपानीको हाहाकार जस्ताको तस्तै

३. बीचबजारमा निजी जग्गा भाडामा लिएर बनाईएका टहराको किन काम,न काजको भैरहेको छ अझ भाडा समेत नतिरेको समाचार त हामीले सुन्दै आएका छौं ।

४. आफ्नै पार्टी कांग्रेसमा भीम ढुङ्गाना किन अल्पमतमा ? कार्यकर्ता र शुभ चिन्तकको साथ लिन खोज्ने तर आफू एकाध आफ्नो गुटको भन्दा अन्यलाई गन्दै नगन्ने स्वभावले त एक्लिदै जानु भएको हैन ?

५. बजारमा जडित सिसि क्यामरा कुन हालतमा छन् ?

६. यति सडक बनाएँ, उति पिच गरें भन्नु हुन्छ सदरमुकामका आसपासका सडकको अवस्था त्यो गतिमा छ भने अलि ग्रामिण बस्ती तिर के होला ?

७. फोहोर व्यवस्थापनको लागि डम्पिङ्साईडको कुराले दिक्क बनाएको छैन ?

८. मुखमा हाल्ने माड छैन कुनि के जात्ति भने जस्तो जनताका आधारभू्रत समस्या जस्ता तस्तै छ भीम ढुङ्गानाको ध्यान भ्यू टावर मठ मन्दिर भवन टहरा निमार्ण तर्फ छ भन्दा अनुपयुक्त होला र ?

९. तपाई महिनामा कति दिन कार्यालयमा भेटिनु हुन्छ भन्दा नि महिनामा कति देश घुम्नुहुन्छ ?

१०. नीलकण्ठ २ को भवन निमार्ण भयो मुद्धा पर्यो नगरपालिकाले वकिललाई ५ लाख भुक्तानि गर्यो जे होस् भीम ढुङ्गानाले जित्नु भयो ।

११. धादिङबेसीमा यातायातका व्यवस्थापनको लागि बस पार्क बनाउछु त पहिलो कार्यकाल मै भन्नु भएको थियो हैन र ?

१२. जिल्लाको पहिचानको रुपमा हेरिने नीलकण्ठमा अन्तरष्ट्रिय रुपमा समेत छाप छोडी सकेको क्रिकेट खेलको विकासका लागि वार्षिक वजेट कति छुट्याउने गर्नु भएको छ ।

बहुसंख्यक जनता कृषि पेसामा छन् यस आर्थिक वर्षमा कृषिमा किन बजेट शून्य भयो होला।

स्थानीयवासीले जनप्रतिनिधिको केहि गुनासोलाई बाहिर बिस्तारै ल्याउदै छ |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.