kathmanduonlinemedia.com

वाइसियल जिल्ला अध्यक्षमा-सुभेच्छा श्रेष्ठ

काठमाडौं

नेकापा माओबादी केन्द्रको वडा,पालिका,जिल्ला,प्रदेश हुदै केन्द्र सम्मको सम्मेलन यात्रा निरन्तर चालिरहेको बेलामा काठमाडौं जिल्ला सम्मेलनले भने एक नयाँ कार्य थालनी गरेको जस्तो देखिन्छ |

नेतृत्व तह पुरुषबाद लाद्दै आएको बेलामा काठमाडौंमा महिला नेतृत्व देखिनु भनेको इतिहास पल्टाउदा माओबादी जनुयुद्दा पुरुषले मात्र लडेर पार्टी निर्माण भएको होइन भन्ने समग्र पार्टीलाई चुनौती दिन महिला नेतृत्व अघि सारेको छ भन्ने प्रष्ट देखिन्छ |

Y.C.L नेपाललाई मुठभेडमा प्रयोग गर्ने युवा दस्ताको रुपमा नभए बौद्धिक क्रान्ति गर्ने क्षमतावान युवाहरुको दस्ताको रुपमा स्थापित गर्नुपर्छ भन्ने उधेश्यले

काठमाडौं महानगर समिती वाइसियल नेपालको पहिलो ऐतिहासिक भेला

पार्टी केन्द्रिय सदस्य ,पुर्व वातावरण मन्त्री तथा काठमाडौ महानगर ईन्चार्ज क सुनिल कुमार मानन्धर ज्यु को प्रमुख आतिथ्यमा नयाँ बानेश्वरमा सु-सम्पन्न गरिएको थियो ।

सम्मेलनबाट निर्वाचित सम्पुर्ण कमरेडहरुलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना

अध्यक्ष – डा. शुभेच्छा श्रेष्ठ

उपाध्यक्ष – विकास प्रजा , युगीन शर्मा , अनिल दवाडी

सचिव – कमल सुवेदी

सह – सचिव – प्रवीण शर्मा ,कुमार कुँवर

कोषाध्यक्ष – विप्लव ताम्राकार

सङ्घीय राजधानी काठमाडौं जिल्लामा महिला नेतृत्व पार्टी जिम्मेवारीमा हुनु पार्टीले एक तरिकाको फड्को मार्ने र काठमान्डू जिल्लामा नेवारी बाहुल्यता भएको जिल्लामा नेवारी समुदायमा त्यहि समुदायको नेतृत्व आउनु भनेको वाइसियल नेपालमा अन्तरिक बहस र निष्कर्ष सहित आएको हो या  सिंगो जिल्लाको समुदायमा भ्रम छर्न लागेको त्यो भनेको अबको पार्टीको गतिबिधिले संकेत गर्ने  छ |

जिल्ला अध्यक्ष श्रेष्ठले पनि पार्टीमा खुल्ला बिचार र नेतृत्वले सहि नेतृत्व चयन गरेको हो या होइन श्रेष्ठले जिल्लामा पार्टीको सर्कुलर र नेतृत्वको भूमिकामा देखिने कार्य सम्पादनले संकेत गर्नेछ |

पछिल्लो चरणम माओबादी जनतामा दुरी बढेको र जनबर्गीय संगठनहरु पनि त्यति सक्रियता देखिएको छैन | माओबादी केंन्द्रले हरेको मोर्चाहरु सक्रिय बनाउदै जाने हो भने र नेतृत्व सहि चयन गर्न सक्यो भने जनतामुखी पार्टी बन्ने माओबादी समर्थक एक काठमान्डू बासि माओबादी कार्यकर्ताले हामीलाई बताउनु भयो |

जिल्ला सम्मेलन सुरुवाती चरण राम्रै देखिए पनि फेरी माओबादी केन्द्रले बिगतमा जस्तै प्रदेश र केन्द्रको सम्मेलानमा भने पहिले जस्तै पार्टीमा राम्रो छबी नभएको र पार्टीलाई  पटक पटक निर्वाचनमा घात गर्नेलाई नेतृत्व सुम्पन सक्ने वाइसियल कै एक कार्यकर्ताले समेत सकेतिक रुपमा नेतृत्वको अझै पूर्ण बिस्वास गर्ने नसक्ने हाम्रो टिमलाइ बताएको छ |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.