नर्सिङ दोश्रो वर्षको नतिजामा ३३ जना विशिष्ट श्रेणीसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको छ|प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले २०८२ मंसिर महिनामा संचालन गरेको प्रमाणपत्र तह नर्सिङ दोश्रो वर्षको परीक्षाको नतिजा मिति २०८२ माघ १५ गते प्रकाशन गरेको छ ।
प्रकाशित नतिजाअनुसार भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका ४० जना विद्यार्थी सम्मिलित भएकोमा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् ।
नतिजामा आयुषा तुकंबन्जारले ९०.३ प्रतिशतसहित उच्चतम अंक ल्याउन सफल भएका छन् । परीक्षामा सम्मिलित ४० जना विद्यार्थीहरुमध्ये १ जना विद्यार्थीले ९० प्रतिशत भन्दा माथि, ३२ जनाले ८० प्रतिशत भन्दा माथि र ७ जनाले ७७.३ प्रतिशत भन्दा माथि अंक ल्याई उत्तीर्ण भएका छन् ।