kathmanduonlinemedia.com

विज्ञापनको लागि +9779801032843

विवाह गर्ने सपना अधुरै-एक्लो छोरोको जीवन बिदेशमै अन्त्य  

यूएईमा इरानले गरेको ड्रोन ह’मलामा परी गोरखाका २९ वर्षिया दिवस श्रेष्ठको ज्या’न गएको खबरले गाउँ नै शो’कमा डुबेको छ। परदेशमा पसिना बगाएर परिवारको भविष्य सजाउने सपना बोकेका दिवस अब कहिल्यै घर नफर्किने भएका छन्। गोरखा जिल्लाका श्रेष्ठ घरका एक्ला छोरा थिए। तीन वर्षअघि रोजगारीका लागि यूएई गएका उनी एक वर्षअघि मात्रै दसैं मनाउन घर आएका थिए। त्यो बेला परिवारसँग खुसी साटासाट गर्दै उनले “अर्को पटक आउँदा बिहे गर्छु” भनेर वाचा गरेका थिए। तर नियतिले साथ दिएन । विवाहको सपना अधुरै रह्यो।

‘समाचार देखेर ड’र लागिरहेको छ’ लेखेका दिवस आफै समाचार बने, यूएईमा ड्रोन हम’लामा परि बुबा आमाका बुढेसकालका साहारा एक्लो छोरा, विवाह गर्ने सपना अधुरै भयो।

हमलाको एक दिनअघि मात्रै उनले फेसबुकमा लेखेका थिए, “मलाई समाचार हेरेर ड’र लागिरहेको छ।” सायद त्यो डर उनको अन्तिम संकेत थियो। मिसाइल आक्रमण अमेरिका र इजरायलले गर्दा  खाडी क्षेत्रको अवस्थाले उनी असुरक्षित महसुस गरिरहेका थिए, तर रोजीरोटीको बाध्यताले परदेशमै बस्नुपरेको थियो। सरस्वती माविबाट माध्यमिक तहको अध्ययन पूरा गरेपछि उनी चार वर्षदेखि यूएई नेपाल आवतजावत गर्दै आएका थिए। पछिल्लो समय उनी यूएईस्थित एक मिडल इस्ट कम्पनीमार्फत् सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। परिवारका अनुसार यसपटक छुट्टीमा घर फर्किएपछि विवाह गर्ने सबै तयारीसमेत गर्ने योजना बनाइएको थियो।

जिल्ला प्रशासन कार्यालय गोरखाले वडामार्फत् घटनाको जानकारी गराएपछि स्थानीय बासिन्दा श्रेष्ठको घरमा भेला भएका छन्। घरमा बुबा र हजुरआमा मात्र रहेका थिए भने आमा काठमाडौंमा छोरी भेट्न गएकी थिइन्। एक्लो छोराको निधनको खबरले परिवारमाथि बज्रपात परेको छ। खाडी क्षेत्रमा बढ्दो द्वन्द्वबीच भएको यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। नेपाल सरकारले यूएईस्थित नेपाली नागरिकलाई सतर्क रहन आग्रह गर्दै आवश्यक समन्वय जारी राखेको जनाएको छ। परदेशमा पसिना बगाएर उज्यालो भविष्यको सपना देखेका दिवस अब सम्झनामा मात्रै सीमित भएका छन्। उनका अधुरा सपना, अधुरा वाचा र परिवारको आँखाभरि आँसु । यही नै उनको आजको तितो यथार्थ बनेको छ।अबको नेपालीहरुको पर्देशी यात्रामा झन दुखद देखिने लक्षण पर्सियन गल्फको द्वन्दले नेपालीहरुको मनमा दुख चपेटा खेप्नुपर्ने प्रष्ट देखिन्छ|

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.