kathmanduonlinemedia.com

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने घोषणा

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने बुधबार घोषणा गरेको छ । यो सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदैछ ।

सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तह/अन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने श्रम मन्त्रालयले जनाएको छ । सरकारले यसअघि २०५४, ०६१, ०६९ र ७६ मा यो सम्मेलन गरेको थियो ।
‘अहिले नेपालको श्रम तथा रोजगार क्षेत्रमा संकुचन आएको छ । सरकारले रोजगारी सिर्जना गर्ने क्षेत्रहरुलाई नियमनमात्रै हैन, प्रवर्द्धनकारी भूमिकासमेत निर्वाह गर्नुपर्ने अवस्था देखिएको छ,’ श्रम मन्त्रालयद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा श्रम प्रवक्ता डण्डुराज घिमिरेले भन्नुभयो,‘उद्योग र प्रतिष्ठानहरुको भूमिका र यसको लागि सम्पूर्ण आपूर्ति श्रृंखलामा समेत रोजगारीको विषयलाई हामीले छलफल गर्नुपर्ने देखिएको छ ।’

सम्मेलनमा आन्तरिक रोजगार प्रवर्द्धनका लागि उत्पादन र उत्पादकत्व प्रणालीमा रुपान्तरण र नेपालमा आप्रवासन प्रक्रिया र आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धनमा तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रमा उपयोग लगायतका विषयमा छलफल हुनेछ । कान्तिपुर अनलाइनका अनुसार सम्मेलनका लागि श्रम सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति बनाइएको छ

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.