भक्तपुर
ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ ल मा कार्यरत शिक्षक तथा कर्मचारीबिच ‘ख्वपको शैक्षिक यात्रा’ विषयक परिचर्चा कार्यक्रम शुक्रबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ले एउटै पाठ्यक्रम सबै विश्वविद्यालयमा अध्यापन गराउने भए फरक फरक विश्वविद्यालयको आवश्यकता नरहने चर्चा गर्दै ख्वप विश्वविद्यालयले दिने शिक्षा उत्पादन श्रमस“ग जोडिने छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाको अगुवाइमा सञ्चालन हुने ख्वप विश्वविद्यालयले नेपाल सरकारबाट कुनै आर्थिक अनुदान अपेच्छा गरेको छैन, ख्वप विश्वविद्यालयमा आधुनिक चिकित्सकीय शिक्षालगायत कृत्रिम बौद्धिकता, आयुर्वेद, जडीबुटी, वैकल्पिक चिकित्सा शिक्षालाई जोड दिनेछ, उहा“ले भन्नुभयो ।
प्राचीन ग्रीस र रोमन नगरले विश्वविद्यालय सञ्चालन गरेको उदाहरण दि“दै अध्यक्ष बिजुक्छे“ले ख्वप विश्वविद्यालय पनि त्यही अवधारणाअनुसार अघि बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूको स्थापनाले भक्तपुरको शिक्षामा परिवर्तन हुनुका साथै देशकै शिक्षा क्षेत्रमा महŒवपूर्ण योगदान गरेको अध्यक्ष बिजुक्छे“ले बताउनुभयो ।
सुसंस्कृत समाज निर्माणको लागि विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था जरूरी भएको उल्लेख गर्दै उहा“ले शिक्षाको मुख्य उद्देश्य देशलाई आवश्यक जनशक्ति तयार गर्ने हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “विश्वविद्यालयलाई समाज बुद्धिजीवीकरण अभियानको अगुवाइ गराउने नीति बनाउनु उपयुक्त हुनेछ । नेपालको वन, खनिज, जलस्रोतको अध्ययन र अनुसन्धान तथा रैथाने ज्ञानको संरक्षणको काम विश्वविद्यालयलाई गराउनु देश विकासका निम्ति उपयुक्त पाइला साबित हुनेछ ।”
समाजवादी व्यवस्थाले मात्र २१ औ“ शताब्दीको समस्या समाधान गर्न सकिने स्पष्ट पार्दै विश्वमा अशान्ति कायम रहनुमा साम्राज्यवाद र पु“जीवाद मुख्य रूपमा दोषी रहेको अध्यक्ष बिजुक्छे“ले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक विकासमा धेरै चुनौतीको सामना गर्नुपरेको स्मरण गर्दै भक्तपुरका नेतृत्वकर्ताहरूले यहा“को विकासमा धेरै सुधारका प्रयास गरेको बताउनुभयो ।
भक्तपुरलाई ‘एक घर एक स्नातक’ र ‘पर्यटकीय गन्तव्यस्थल’ बनाउने दीर्घकालीन उद्देश्यकै कारण आज भक्तपुर शैक्षिक गुणस्तरमा प्रतिस्पर्धा गर्ने थलोको रूपमा विकास भइरहेको र आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यस्थल बन्न सफल भएको उहा“ले बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू नगरपालिकाले सञ्चालन गरे पनि देशव्यापी रूपमै सेवा भइरहेको र नपाबाट सञ्चालित सबै कलेजमा विद्यार्थीहरूको भर्ना सङ्ख्या उत्साहजनक रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप शैक्षिक संस्थाहरू पनि विश्वविद्यालयकै एक महŒवपूर्ण अ· भएको र ख्वप कलेजहरू जस्ता शैक्षिक संस्थाहरू देशैभरि स्थापना हुनु जरूरी भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुरको शैक्षिक तथा सामाजिक परिवर्तनबारे र ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले भक्तपुरको शैक्षिक इतिहास र भनपाद्वारा सञ्चालित विद्यालय÷कलेजहरूको सञ्चालनको उद्देश्य र योगदानबारे बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षक गोकर्ण दुलालले पनि बोल्नुभएको थियो ।