kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

बुधबार देखि एमाले महाधिबेसन निर्वाचन सुरु

काठमाडौं

नेकपा एमालेको महाधिबेसन मङ्सिर २७ गते भक्तपुर सल्लाघारी खुल्ला चौरबाट उत्घटन सत्र सुरु भएको थियो|नेकापा एमालेको राजनीतिक पृष्ठभूमि जेंजी आन्दोलन पछी जेंजिको निशानामा मुख्य राजनीतिक दलहरुलाई भन्दा उच्च थियो| एमालेको राजनीतिक यो अवस्थामा पुर्याउने मुख्य बिषय भदौ २३ गतेको जेंजी आन्दोलनमा एमालेको अध्यक्ष केपी ओली प्रधानमन्त्री थिए | जेंजी आन्दोलनलाई खासै नजरअन्दाज नगरी समस्याको दिगो समाधान भन्दा पनि दमनकारी नीति स्वयम् प्रधानमन्त्रीले नै लिएको निर्णयले निम्त्याएको पछिल्लो राजनीतिक दलहरुको नेत्रित्वहरुबाट दिएको अभिव्यक्तिहरुले पनि पुष्टि हुदै आएको छ|

नेकपा एमालेको जेंजी आन्दोलन पछी राजनितिक गतिविधि सुन्य नै थियो| जेंजिहरुको आफै भित्रको विभिन्न गुटबन्दी र समुहगत विभाजनको फाइदा उठाउदै एमालेको देशको विभिन्न स्थानमा राजनीतिक गतिविधि चलाएको थियो| त्यसमा पनि जेंजिको अवरोध भने नेकपा एमालेलाई चुनौतिको रुपमा खडा भैइरहेको बेलामा एमालेले महाधिवेशन घोषणा गरि महाधिबेसन सुरु गरेको थियो|

अहिले महाधिबेसनमा नेकपा एमाले दुई धारमा उभिएको छ|

पुर्ब पार्टी अध्यक्षको बिरुद्दमा ईश्वर पोखरेलले आफ्नो समुहको उम्मेदवार खडा गरेर केपी ओली समुहलाई चुनौती दिएको छ| ओली समुहको उम्मेदवार दर्ता प्रक्रियामा भने आफ्नै विश्वास पात्रहरुलाई पनि ओलीले केहि सल्लाहकारहरुको स्वार्थले बाहिरिएको छ|एमालेको आफ्नै पार्टीभित्रको अन्तरिक कलह त समाधान गर्न नसक्ने ओलीले फेरी ४ पटक अध्यक्ष लिन खोज्नु कतिको लोकतान्त्रिक भन्ने कुरा योगेश भट्टराईले संचारकर्मीहरुको प्रश्नको जवाफमा समेत भन्नु भएको छ|मंगलबार बिहान देखि दिनभरी प्राबिधिक समस्यालाई देखाएर निर्वाचन प्रक्रिया अगाडी बढ्नु नदिनु ओलीको आफ्नो समुहको हारको त्रास भन्ने हामीले बन्दसत्र स्थलमा नेता,प्रतिनिधिहरुसंग गरिएको सम्बादमा हामीलाई भन्नु भएको थियो|

बेलुकाको समयमा ओलीको निर्वाचन स्थलमा आगमन भएको थियो| दिनभर देखै नपरेर उहाँ रात छिप्पिएपछि मात्रै आउनुभयो । मतदातालाई लाइन लगाएर वरपरको माहोल नियाल्नुभयो । त्यसपछि नोटिस निकाल्न लगाउनुभयो-भोटिङ्ग मेशिनले पिलिक पिलिक मात्रै गर्यो,खास कामै गरेन ।सोझै जित्ने अवस्थामा त यस्तो नहुनुपर्ने !

आज बुधबार भने निर्वाचन प्रक्रिया अगाडी बढेको छ|

By Kathmandu Online Media

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.