kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

ख्वप अस्पतालद्वारा नवजात शिशुको दुर्लभ रोगको निःशुल्क उपचार

 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नवजात शिशुमा भएको दुर्लभ रोगको निःशुल्क उपचार गरेको छ ।

सिन्धुली घर भई हाल जगातीमा डेरा गरी बस्ने अन्दाजी २८ वर्षका मनमाया सार्कीले जुम्ल्याहा बच्चालाई जन्म दिए । जुम्ल्याहामध्ये एक शिशुमा पेटको अंग बाहिर निस्कने (omphalocele) समस्या भएको हुँदा सुत्केरीलाई सिन्धुली जनस्वास्थ्य कार्यालयबाट डेलिभरीको लागि भक्तपुर अस्पतालमा रिफर गरिएको र भक्तपुर अस्पतालले थापाथलीमा रिफर गरिएको थियो । थापाथली अस्पतालमा जुम्ल्याहा शिशुहरुको जन्म भयो । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उपचार गराउन नसकिने भन्दै घरफिर्ता ल्याए । आर्थिक अभावका कारण आफ्नो शिशुलाई उपचारको लागि अस्पताल लान नसकिरहेको अवस्थामा भक्तपुर नगरपालिकाको घरदैलो नर्सिङमा खटिएका नर्सहरुले शिशुको अवस्थाबारे अस्पताललाई जानकारी दियो ।

ख्वप अस्पताल प्रशासनले तुरुन्त अभिभावकलाई बोलाई सम्पूर्ण उपचार निःशल्क हुने गरी व्यवस्था मिलायो । विशेषज्ञ डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरुको सहयोगले शिशुको सफल उपचार गराइयो र त्यस शिशुलाई २३ दिनसम्म अस्पतालमा राखेर निःशुल्क उपचार

गरेको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले बताए । शिशु पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेको डा. मल्लले बताए ।

ख्वप अस्पताल जनताको अस्पताल हो, गरिब जनताको उपचारमा अस्पताल सदा दत्तचित्त भएर लाग्ने बताउँदै डा. मल्लले नवजात शिशुले नया“ जीवन पाएकोमा सिंगो अस्पताल हर्षित भएको बताए ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.