kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि बागमती प्रदेशभित्र रहेका होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आयुर्वेद चिकित्सा मौलिक चिकित्सा पद्धति र चिकित्सा विज्ञानको जननीको रुपमा रहेको उल्लेख गर्दै नसर्ने रोगको उपचारमा यो पद्धति निकै लाभदायी हुने बताउनुभयो ।

आयुर्वेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको र यो पद्धति अहिले पनि निकै प्रभावकारी भएको बताउँदै उहाँले नेपाल जडीबुटी औषधीमा यथेष्ट सम्भावना भएको देश हो तर प्रचारप्रसार र बजारको अभावले गर्दा औषधी उत्पादनमा कमी देखिएको बताउनुभयो ।

भक्तपुर नपाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी नागरिकहरुलाई निःशुल्क आयुर्वेदिक औषधीहरु वितरण गर्दै आएको बताउ“दै आर्युवेद स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्दै यसको प्रवद्र्धन गरिनु आवश्यक भएको बताउनुभयो ।

सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पतालको सञ्चालन र व्यवस्थापनमा राज्यले ध्यान नदिँदा बन्द हुने अवस्थामा पुगेको बताउँदै प्रमुख प्रजापतिले वैद्यखानाहरुको संरक्षणतर्फ संघ, प्रदेश र स्थानीय सरकारले प्रभावकारी कामहरु गर्नुपर्ने बताउनुभयो ।

आर्युवेदन चिकित्सा स्वास्थ्य पर्यटन प्रवद्र्धनको आधार पनि भएको बताउँदै उहाँले पर्यटन व्यवसायीहरुले स्वस्थ खानपान र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा पर्यटक सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुरको पर्यटन प्रवद्र्धनमा भक्तपुर नपाको गतिविधिबारे प्रष्ट पार्दै पर्यटन क्षेत्रमा आयुर्वेद्ध चिकित्सा कार्यक्रमबाट होटलव्यवसायीमा सकारात्मक सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला आयुर्वेद कार्यालय भक्तपुरका प्रमुख डा. नदन कँडेलले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुभयो भने आर्युवेदन तथा चिकित्सा कार्यालयका मणिकण्ठ गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.