23
Jul
भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा दुईदिने ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी आज एक विशेष समारोहबीच शुभारम्भ भयो । बी.ई. तथा बी.आर्क. अध्ययनरत विद्यार्थीहरू र ख्वप आर्किटेक्चरल स्टुडेन्ट्स एक्टिभिटी सर्कलको नेतृत्वमा आयोजित उक्त प्रदर्शनी श्रावण ७ र ८ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कलेज परिसरमा सञ्चालन गरिएको छ । प्रदर्शनीमा वास्तुकलाका थेसिस, इन्जिनियरिङका अन्तिम वर्षका परियोजनाहरू, डिजाइन स्टुडियोका कार्यहरू, अनुसन्धानमूलक सिर्जनाहरू, नवीन प्रविधिमा आधारित नमूनाहरू तथा विविध प्रदर्शनी स्टलहरू राखिएका छन् । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता तथा व्यावहारिक सीपलाई विद्यार्थी, प्राध्यापक, पेशागत विज्ञ तथा सर्वसाधारणसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका…