26
Oct
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन भक्तपुर आउनुभएका पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरुलाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो । प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको तर्फबाट एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन आएका पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले क्रिकेट पछिल्लो समय युवामाझ लोकप्रिय खेलका रुपमा विकास हुँदै गएको बताउँदै नेपालमा एनपीएल क्रिकेट प्रतियोगिता आयोजना हुनु सकारात्मक र महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो । खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई राजनीति र कुटनीतिसँग पनि जोडिएको क्षेत्र भएको उहाँले बताउनुभयो । खेलकुले देशहरुबीचको सम्बन्ध विस्तार गर्न तथा आपसी सद्भाव र समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण…