09
Apr
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त र कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट पद तथा गोपनीयताको शपथ लिएका डा. नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले आज अदालतको ढोका ढक्ढक्याउने भएका छन् । संविधान २०७२ को धारा १२९ उपधारा ५ ले अधिवक्ता भई निरन्तर १५ वर्ष वकालत गरेको व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको ठानेको छ ।संविधानमा सर्वोच्चका न्यायाधीश र महान्यायाधिवक्ताको योग्यता,उमेरहद समान तोकिएको छ । संविधानकै धारा १५७ (३) मा महान्यायाधिवक्ता हुनका लागि सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै अधिवक्ताको प्रमाणपत्र कायम रहन नेपालको नागरिकता कायम रहेको हुनुपर्ने, नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५०…