24
Sep
भक्तपुर भक्तपुर नगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा नगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरूले वर्षभरि सञ्चालन गरेका गतिविधि तथा हासिल गरेका प्रगति प्रस्तुत गरेका थिए। कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य संस्थाहरूले प्रस्तुत गरेको प्रगति तथा गतिविधिको प्रशंसा गर्दै भक्तपुरलाई स्वास्थ्य सेवाको हबका रूपमा विकास गर्न नगरभित्रका स्वास्थ्य संस्थाहरूले गुणस्तरीय र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो। उहाँले प्राणघातक रोगहरूको उपचारसमेत भक्तपुरमै उपलब्ध हुनु सकारात्मक रहेको उल्लेख गर्दै भक्तपुर क्यान्सर अस्पताल सरकारी स्वामित्वमा आएपछि सर्वसाधारणलाई उपचारमा थप सहज भएको बताउनुभयो। अस्पताललाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नगरपालिकाले आफ्नो तर्फबाट भूमिका खेलिरहेको उहाँले जानकारी…