Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

Continue reading

विशेष खबर

काठमाण्डौ महानगर र ऊर्जा मन्त्रालय सहकार्य गर्दै

काठमाण्डौ महानगर र ऊर्जा मन्त्रालय सहकार्य गर्दै

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य विस्तार गर्दै शहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनसँग सम्बन्धित विभिन्न कार्यक्रम संयुक्त रूपमा अघि बढाउने प्रस्ताव गर्नुभएको छ । बिहीबार मन्त्रालयमा काठमाडौं महानगरपालिकाकी कामु मेयर सुनिता डंगोलसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले महानगर क्षेत्रमा भूमिगत पानी पुनर्भरण (ग्राउन्ड वाटर रिचार्ज) प्रणाली, सौर्य सडक बत्तीको विस्तार र व्यवस्थापनका साथै सम्पदा क्षेत्रमा सम्पदा मैत्री विद्युतीकरणको नमुना विकास तथा फोहोर व्यवस्थापनसँगै ऊर्जा उत्पादन गर्ने ‘वेस्ट टु इनर्जी’ परियोजनामा सहकार्य गर्न प्रस्ताव गर्नुभएको हो । उहाँले ती कार्यक्रमहरू कार्यान्वयनका लागि ऊर्जा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच संस्थागत समन्वय…
Read More
इप्पानसँग उर्जा मन्त्रीले मन्त्रालयमा बिशेष छलफल

इप्पानसँग उर्जा मन्त्रीले मन्त्रालयमा बिशेष छलफल

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको स्वच्छ, हरित र भरपर्दो (क्लिन, ग्रिन एन्ड रिलायबल) ऊर्जालाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्न विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता आवश्यक बन्दै गएको बताउनुभएको छ । यसका लागि विद्यमान कानुनी व्यवस्थाले पर्याप्त आधार दिन्छ वा नयाँ कानुन आवश्यक पर्छ भन्ने विषयमा सरकारले सकारात्मक रूपमा अध्ययन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री श्रेष्ठले विद्युत उत्पादनमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहे पनि व्यापारको क्षेत्रमा अझै पर्याप्त अवसर खुल्न नसकेको उल्लेख गर्नुभयो । बदलिँदो ऊर्जा बजार र क्षेत्रीय विद्युत व्यापारको सम्भावनालाई…
Read More
ख्वप इन्जिनियरिङ कलेजमा ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी शुभारम्भ

ख्वप इन्जिनियरिङ कलेजमा ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी शुभारम्भ

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा दुईदिने ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी आज एक विशेष समारोहबीच शुभारम्भ भयो । बी.ई. तथा बी.आर्क. अध्ययनरत विद्यार्थीहरू र ख्वप आर्किटेक्चरल स्टुडेन्ट्स एक्टिभिटी सर्कलको नेतृत्वमा आयोजित उक्त प्रदर्शनी श्रावण ७ र ८ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कलेज परिसरमा सञ्चालन गरिएको छ । प्रदर्शनीमा वास्तुकलाका थेसिस, इन्जिनियरिङका अन्तिम वर्षका परियोजनाहरू, डिजाइन स्टुडियोका कार्यहरू, अनुसन्धानमूलक सिर्जनाहरू, नवीन प्रविधिमा आधारित नमूनाहरू तथा विविध प्रदर्शनी स्टलहरू राखिएका छन् । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता तथा व्यावहारिक सीपलाई विद्यार्थी, प्राध्यापक, पेशागत विज्ञ तथा सर्वसाधारणसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका…
Read More
भक्तपुरमा २ लाख २२ हजार विदेशी पर्यटक आगमन

भक्तपुरमा २ लाख २२ हजार विदेशी पर्यटक आगमन

भक्तपुर विश्व सम्पदामा सूचीकृत ऐतिहासिक नगर भक्तपुर आफ्नो मौलिक कला, संस्कृति, परम्परा र जीवन्त सम्पदाका कारण स्वदेशी तथा विदेशी पर्यटकहरूको प्रमुख गन्तव्यका रूपमा परिचित छ । यहांको दरबार क्षेत्र, प्राचीन मन्दिर, बहा–बही, पोखरी, संँघुरा गल्ली, नेवारी वास्तुकला, जात्रा–पर्व तथा मौलिक परिकारहरूले वर्षभरि हजारौं पर्यटकलाई आकर्षित गरिरहेका छन् । भक्तपुर भ्रमणमा आउने पर्यटकहरूले पांचतले मन्दिर, पचपन्न झ्याले दरबार, वत्सला मन्दिर, दत्तात्रय क्षेत्र, चँंगुनारायण मन्दिरलगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुका साथै जुजु धौ, बारा, योमरी जस्ता स्थानीय परिकारको स्वाद लिन रुचाउंछन् । माटोका भा“डा बनाउने परम्परागत कुम्हाले टोल, काठ र धातुमा आधारित हस्तकला तथा स्थानीय जीवनशैली पनि पर्यटकका लागि विशेष आकर्षण बनेका छन्…
Read More
विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरु बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई सपथ ग्रहण गराएका हुन् । विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।  ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए । उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए ।  आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।  आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए । मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युतको राष्ट्रिय खपत…
Read More

 दुवै हात गुमाएको बालकको प्राधिकरणले सहयोग १५ लाख ७१ हजार २५० स्वीकृत

काठमाडौं नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो ।  प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२, घुसेरीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका क्रममा बालकले नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा सो दुर्घटना भएको थियो । स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।…
Read More
RCOD प्रणालीद्वारा  वर्गीकृत हाइड्रोपावर आयोजनाहरुसँग माननीय मन्त्रीले सहकार्य गर्ने  

RCOD प्रणालीद्वारा वर्गीकृत हाइड्रोपावर आयोजनाहरुसँग माननीय मन्त्रीले सहकार्य गर्ने  

काठमाडौं नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेर निर्माणका विभिन्न चरणमा रहेका तर निर्धारित समयमा व्यावसायिक उत्पादनमा आउन नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति (आरसीओडी) थप्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि प्राधिकरणले आयोजनाहरूलाई पहिलो पटक स्पष्ट मापदण्डका आधारमा चार समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। असार ३२ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले आयोजनाको भौतिक प्रगति, पीपीएअन्तर्गतका दायित्वको कार्यान्वयन तथा आरसीओडीको अवस्थालाई आधार मानी आयोजनालाई क, ख, ग र घ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पहिलो चरणमा समूह ‘क’ र ‘ख’ मा परेका आयोजनाको आरसीओडी थप्ने…
Read More
 काठमान्डौ शहरमा अब सडकमा तारहरु व्यवस्थित हुने संकेत

 काठमान्डौ शहरमा अब सडकमा तारहरु व्यवस्थित हुने संकेत

काठमाडौं काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा इन्टरनेटलगायतका तार व्यवस्थापनलाई अब निश्चित समय सीमाभित्र टुंग्याउने गरी सरकार सक्रिय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा बुधबार ऊर्जा मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले सम्बन्धित सबै निकायलाई समय सीमाभित्र अव्यवस्थित तार हटाउने कार्य सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल तथा इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था (आईस्पान) का प्रतिनिधिहरू सहभागी थिए । छलफलले कार्यक्षेत्र विभाजन, समय सीमा र संयुक्त कार्ययोजनासहित अव्यवस्थित तार व्यवस्थापन अभियानलाई तीव्रता दिने…
Read More
सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने

सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने

काठमाडौं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, उत्पादन, कृषि सेवा र बजारी करणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो । छलफलका क्रममा मन्त्री श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारमा ठूलो लगानी गरिरहेको उल्लेख गर्दै त्यसपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरण समेत प्रभावकारी हुन सके…
Read More
भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष लिँदै आएको छात्रवृत्ति छनौट परीक्षा शनिबार सम्पन्न भयो ।भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि एसईई परीक्षाको नतिजा प्रकाशनपछि पालिकाले परीक्षा सञ्चालन गरी छात्रवृत्तिको लागि सिफारिस गर्ने गरिन्छ । ८ सय १ जना परीक्षार्थीहरुमध्ये ७ सय १५ जना सहभागी भएको परीक्षामा विज्ञान विषयमा ४ सय ४४ जना व्यवस्थापन विषयमा २ सय ३९ मानविकी विषयमा ८ जना कानुन विषयमा १७ जना र शिक्षा विषयमा ७ जनाले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विभिन्न विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि परीक्षा दिएका हुन् । ख्वप कलेज देकोचा केन्द्रमा सञ्चालन भएको छनौट परीक्षाको निरीक्षण…
Read More

भक्तपुर नगरपालिकाद्वारा महिलाहरुसँग बजेटसम्बन्धी राय सुझाव संकलन

राय सुझाव संकलन भक्तपुर भक्तपुर नगरपालिकाले आगामी आ.व. २०८३।८४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने क्रममा महिलाहरुबाट राय सुझाव संकलन ग¥यो । कार्यक्रममा सहभागी महिलाहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, उद्यम विकास, सामाजिक सुरक्षा र महिलाहरुको समस्या आदिबारे विभिन्न सुझावहरु प्रस्तुत भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नगरपालिकाले हरेक वर्ष जनतासँग प्रत्यक्ष रुपमा सुझाव संकलन गर्दै आएको बताउनुभयो । वडास्तरबाट, नगरपालिकामा आयोजना गरिने भेला र अनलाइन माध्यमबाट समेत नगरबासीहरुबाट सुझाव संकलन गर्ने गरिएको जानकारी दिँदै उहाँले जनप्रतिनिधि र नागरिकबीचको सहभागितामूलक सम्बन्धलाई थप सुदृढ बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आगामी बजेट तथा…
Read More
जेसिस सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ

जेसिस सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ

भक्तपुर । जेसिस सेकेन्डरी स्कुलले एसईई २०८२ ब्याचका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले शिक्षामार्फत समाज रूपान्तरण गर्ने उद्देश्यले शैक्षिक संस्था सञ्चालन भइरहेको बताउनुभयाे। उहाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा अध्ययनका अवसर उपलब्ध गराउन भक्तपुर नगरपालिकाले कलेज सञ्चालन गरिरहेको र देशभरबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेको जानकारी दिनुभयाे । नगरप्रमुख प्रजापतिले सरकारले शिक्षा निःशुल्क भने पनि शिक्षामा कर लगाएर अभिभावकमाथि थप भार थोपरेको टिप्पणी गनुभयाे । जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा विशेषज्ञ बन्नुपर्नेमा जोड दिँदै देश निर्माणका लागि सबै विषयको समान महत्व रहेको उहाले बताउनुभयाे । आफूले आर्जन…
Read More
गुठी संस्थाको निर्णय र पत्राचार किसानविरोधी

गुठी संस्थाको निर्णय र पत्राचार किसानविरोधी

भक्तपुर  नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिको आयोजनामा फागुन १२ गते गुठी सञ्चालक समितिले गरेको निर्णयले आवास योजनामा परेको गुठी जग्गा गर्ने मोही किसानको हक बेदखल गरेको सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले विगतमा नेपाल क्रान्तिकारी किसान सङ्घको आन्दोलनले नेपाली किसानहरूले जग्गाको स्वामित्वमा आधा हक पाएको चर्चा गर्दै उक्त हक कायम गराउन क्रान्तिकारी किसान सङ्घका कार्यकर्ताले धेरै दुःख गरेको बताउनुभयो । खेतका खलियानमा गएर जमिनदारहरूसँग भिडन्त गरेको स्मरण गर्दै उहाँले किसानहरूको लामो सङ्घर्ष र बलिदानले मात्र मोहीयानी हक आधा पाएको बताउनुभयो । कुनै पनि आवास योजना व्यवस्थित बसोबासको लागि…
Read More
अध्यक्ष बिजुक्छेँद्वारा हाडा छेँ उद्घाटन

अध्यक्ष बिजुक्छेँद्वारा हाडा छेँ उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको मूल ढोकाको रिबन काटेर आज उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो समयदेखि जीर्ण अवस्थामा रहेको हाडा छेँ पुनःनिर्माण सम्पन्न हुनु आफैमा गौरवको विषय भएको बताउनुभयो । यस्ता संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले यस्ता मौलिक घरहरुलाई आगामी दिनहरुमा पनि म्हास्न नदिई सम्पदा संरक्षणको रुपमा प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले ‘भक्तपुरको मौलिक संस्कृति, सम्पदा र परम्परालाई जोगाउनु हाम्रो दायित्व हो’ भन्दै भक्तपुरका ऐतिहासिक संरचना, कला, संस्कृति र मौलिक वास्तुकलाकै कारण भक्तपुरका…
Read More
भारतले मध्य पूर्व संकटबाट प्रभावित व्यवसायहरूका लागि सहायता

भारतले मध्य पूर्व संकटबाट प्रभावित व्यवसायहरूका लागि सहायता

नयाँ दिल्लीले चलिरहेको द्वन्द्वबाट प्रभावित उड्डयन लगायतका क्षेत्रहरूका लागि २ अर्ब डलरको क्रेडिट ग्यारेन्टी पहललाई अनुमोदन गरेको छ। भारतले मध्य पूर्व द्वन्द्वबाट प्रभावित व्यवसायहरूलाई सहयोग गर्न क्रेडिट ग्यारेन्टी पहल सुरु गरेको छ। संघीय सरकारले मंगलबार २ अर्ब डलरको पूँजी विनियोजन योजना, आपतकालीन क्रेडिट लाइन ग्यारेन्टी योजना (ECLGS) ५.० घोषणा गरेको छ। कोभिड-१९ महामारीबाट प्रभावित व्यवसायहरूलाई सहयोग गर्न ECLGS सुविधा पहिलो पटक मे २०२० मा सुरु गरिएको थियो। यो योजनाले ३.५ अर्ब डलरको थप क्रेडिट प्रवाह सक्षम पार्ने अपेक्षा गरिएको छ। यात्रु एयरलाइन कम्पनीहरूको लागि ऋण सीमा १६० मिलियन डलर तोकिएको छ। "पश्चिम एसियाली द्वन्द्वका कारण MSME र एयरलाइन क्षेत्रहरूमा परेको…
Read More
चक्रपथ सडकमा लामो दुरीको गाडीहरु हटाउने तयारी

चक्रपथ सडकमा लामो दुरीको गाडीहरु हटाउने तयारी

काठमाडौँ महानगरपालिकाले सडकमा जथाभाबी पार्किङ गर्ने र यात्रु चढाउने/ओराल्ने सार्वजनिक सवारी साधनलाई नयाँ बसपार्कभित्रैबाट सञ्चालन गर्न तीन दिनको अन्तिम समयसीमा दिएको छ। काठमाण्डौ जिल्लाको बिभिन्न स्थानमा यसरि बसहरु जथाभवी पार्किङ गर्दा स्थानीयलाई सहज नभएको गुनासो पनि धेरै देखिन्छ| ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम का'रवा'ही गरिने महानगरले चे'ताव'नी दिएको छ । हाल काठमाडौंबाट बाहिरिने करिब ७०० सवारीमध्ये ५० प्रतिशत अझै पनि बसपार्क बाहिरै रोकिने गरेकाले सहरी व्यवस्थापन र ट्राफिक व्यवस्थापनमा समस्या थपिएको छ। धादिङतर्फ चल्ने कम्पनीहरूले सूचनाको बेवास्ता गरेपछि महानगर प्रहरीलाई नेपाल प्रहरीसँग समन्वय गरी तत्काल फिल्डमा उत्रन निर्देशन दिइएको छ।
Read More
नागरिकको बिचल्ली पारेर देश विकास हुदैन

नागरिकको बिचल्ली पारेर देश विकास हुदैन

काठमान्डौ टोखा नगरपालिकाको वडा न.७ स्थित दाहाल गौडा र बसुन्धरा क्षेत्रमा सरकारी/सार्वजनिक जग्गामा घर,टहरा बनाई भाडा असुली धन्दा भैरहेको भन्ने उजुरी काठमान्डौ उपत्यका बिकास प्राधिकरणले २०८२/०३/१५ सूचना जारि गरि ७ दिन भित्रको समयमा जग्गा खालि गर्ने र नगरेको खण्डमा भाडा असुल्ने र संस्था चलाउने संस्थाको प्रमुखलाई पनि कानुनी दायरामा ल्याउने जानकरी दिएको र समयमा खालि नगरे चल अचल सम्पति समेत रोक्का गर्ने चेतावनी सूचना पत्रमा उल्लेख भएको देखिन्छ| चैत्र ०९ गते टोखा नगरपालिका प्रहरीलाई प्राप्त पत्रमा भने बिहान ८ बजे देखि त्यहाको संरचना भत्काउने कार्यमा सहयोग मागेको उल्लेख गरेको देखिन्छ|हाम्रो टिमले त्यहाको वडा कार्यालय र टोखा नगरपालिकाको सूचना अधिकारीसंग दाहाल…
Read More
श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न

श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न

भक्तपुर भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र ख्वप अस्पतालको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिका ९ नं. वडा कार्यायलयको आयोजनामा आइतबार श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न भयो । विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा क्षयरोगमुक्त समाज निर्माण गर्ने अभियान अन्तर्गत उक्त शिविर भएको आयोजकले बताएको छ । ए.आई प्रविधिको अत्याधुनिक एक्स रे मेसिन र विशेषज्ञ डाक्टरको उपस्थितिमा सम्पन्न उक्त शिविरमा ३२२ जना नागरिकहरुको परीक्षण गरिएको जानकारी दिइएको छ । शिविर शुरु हुनुपूर्व भएको औपचारिक कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले वायु प्रदुषण तथा धुम्रपानको कारण फोक्सो सम्बन्धि विभिन्न रोगहरुबाट पीडितहरुको संख्या बढिरहेको चर्चा गर्दै समयमै फोक्सो जाँच गराउन सबैमा अनुरोध…
Read More
पुल्चोक दाउरा थकालीमा आगलागी

पुल्चोक दाउरा थकालीमा आगलागी

ललितपुर कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो ।फागुन १९ गते पुल्चोकस्थित दाउरा थकाली पाँचो तल्लामा लागेको आगो नेपाली सेनाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायसँगको सहकार्यमा नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् । थकालीका मेनेजर भुवन आचार्यको अनुसार छतमा बनाएको रुफटप थकालीको संरचना जलेर नष्ट भएको जानकारी दिनु भएको छ|घटनामा मानवीय क्षति भएको छैन|विद्युत सर्ट भएर आगलागी भएको थियो।आगलागीको पूर्ण नियन्त्रण लिन नेपाल आर्मीको ठुलो भूमिका देखिन्छ|
Read More
आगोलागी नियन्त्रण तथा fire Extinguisher तालिम कार्यक्रम

आगोलागी नियन्त्रण तथा fire Extinguisher तालिम कार्यक्रम

भक्तपुर भक्तपुर जिल्लाको सुरक्षा निकायको सुरक्षामा उच्च सतर्कता अपनाउने र विपतको कारण हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरणको लागि भक्तपुर जिल्ला मातहतको सुरक्षा क्षेत्र र स्थानीयहरुको पनि तदरुकता देखाएको छ| मिति २०८२साल पौष २५ गते समुदाय प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरी वृत्त जगाती भक्तपुरको आयोजना र RNA-16 भक्तपुरका संस्थापक अरुण सैँजु ज्युको सहकार्यमा भक्तपुर जिल्ला सु.न.पा.०८ स्थित प्रहरी वृत्त जगाती भक्तपुरमा आगोलागि नियन्त्रण सम्बन्धी यस प्रहरी वृत्त जगाती तथा प्रहरी वृत्त जगाती मातहतमा कार्यरत जम्मा ५३ जना प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान कार्यक्रम गरिएको साथै smokehood थान - १ समेत यस प्रहरी वृत्तलाई हस्तान्तरण गर्नु भएको ।
Read More
भक्तपुर नगरपालिकाको १९ औं नगरसभा सुरु

भक्तपुर नगरपालिकाको १९ औं नगरसभा सुरु

भक्तपुर नगरपालिकाका प्रमुख एवम् उन्नाइसौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नपाको उन्नाइसौं नगरसभाको पहिलो बैठक पुस २४ गते बस्यो । बैठकले नगरसभाको उद्घाटन सफलतापूर्वक सम्पन्न भएकोमा अवसरमा धन्यवादज्ञापन प्रस्ताव सर्वसम्मतिले पारित गर्यो । बैठक सुरु गर्दै सभाध्यक्ष प्रजापतिले विभिन्न देशबाट सञ्चालित आइएनजीओ र एनजीओको पैसाले राजनीतिक परिवर्तन ल्याउन सक्नेतर्फ सचेत हुनुपर्छ भन्नुभयो । अमेरिकाले भेनेजुयलामाथि गरेको आक्रमण जस्तै नेपालमा पनि कुनै विदेशी शक्तिले आक्रमण गर्न सक्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो । बैठकमा उहाँले नगरसभाको अर्को बैठक २०८२ पुस २५ गते बिहान ९ बजे बस्ने सभाअध्यक्ष एवं प्रमुख श्री सुनिल प्रजापतिको मन्तव्य सभासद् मित्रहरु, आजबाट भक्तपुर नगरपालिकाको १९ औं नगरसभा…
Read More
नवप्रवेशी शाखा अधिकृतहरुको टोलीद्वारा भक्तपुरका सांस्कृतिक सम्पदाहरु अवलोकन

नवप्रवेशी शाखा अधिकृतहरुको टोलीद्वारा भक्तपुरका सांस्कृतिक सम्पदाहरु अवलोकन

भक्तपुर नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारको निजामति सेवामा प्रवेश गरेका नवप्रवेशी शाखा अधिकृतहरुको ६ महिना अवधिको ‘आधारभूत प्रशासन प्रशिक्षण’ का प्रशिक्षार्थी अधिकृतहरुको टोलीले आज भक्तपुर नगरपालिकाका पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गर्यो । सोही क्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थी अधिकृतहरुलाई मार्गनिर्देश गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी शैक्षिक संस्थाहरु सञ्चालन गरेकै कारण आज भक्तपुर ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले नपाबाट सञ्चालित उक्त कलेजहरुमा देशका विभिन्न ७७ जिल्लाबाट विद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै २०५६ सालमा ख्वप मावि स्थापनासँगै हाल ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अवस्थामा नगरपालिका पुगेको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान…
Read More

युक्रेनीहरूले आफ्नो ज्यान जोखिममा राख्दै

अमेरिकी प्रसारकका अनुसार पुरुषहरूले देशबाट भाग्न उजाडस्थान हुँदै खतरनाक यात्रा गरिरहेका छन्। युक्रेनी पुरुषहरूले लामो समयदेखि जनशक्ति अभावसँग संघर्ष गरिरहेका बेला परिचालनबाट बच्न घातक सीमा पार गर्ने जोखिम लिइरहेका छन्, मिडियाले रिपोर्ट गरेको छ, रोमानिया भागेका ड्राफ्ट-डजर्ससँगको अन्तर्वार्तालाई उद्धृत गर्दै। अमेरिकी प्रसारकले यस हप्ताको सुरुमा लेखेको थियो कि फेब्रुअरी २०२२ मा रूस-युक्रेन द्वन्द्व बढेदेखि ३०,००० भन्दा बढी मानिसहरू रोमानियामा मात्र प्रवेश गरेका छन्, २५,००० भन्दा बढीलाई युक्रेनी सीमा गार्डहरूले समातेका छन्। "धेरै जना मोल्डोभा, हंगेरी, बेलारुस र अन्य देशहरूमा भाग्छन्," उच्च युद्धभूमि क्षति, ठूलो मात्रामा ड्राफ्ट डजिङ र पलायनको बीचमा कीभले मस्कोसँगको द्वन्द्वको अवधिभर दीर्घकालीन जनशक्ति अभावको सामना गरिरहेको छ।…
Read More
पाठेघरको मुखको क्यान्सर र स्तन परिक्षण सम्बन्धी स्वास्थ्य शिविर

पाठेघरको मुखको क्यान्सर र स्तन परिक्षण सम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर नगरपालिका १ वडा कार्यालयको आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन परिक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्द्घाटन समारोहका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले सम्पुर्ण नगरबासीलाई आफ्नो स्वस्थ्य प्रति सचेत रहन आग्रह गर्दै भावी पुस्तालाई अनुशासित जीवन जिउन प्रेरित गर्नु पर्ने कुरा बताउनु भयो । शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रहरुमा सरकारले निशुल्क सेवाको ब्यबस्था गर्नु पर्ने कुरामा जोड दिदै भक्तपुर नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर समय समयमा स्वास्थ्य शिविर तथा घरदैलो नर्सिङ सेवा लगायत विभिन्न कार्यक्रम मार्फत जनचेतनामूलक अभियान चलाउदै आएको कुरा बटाउनु भयो। भनपा १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले नगरपालिकाले गर्दै आएका…
Read More
प्रवीणता प्रमाणपत्र तहदेखि एमफिल–विद्यावारिधीसम्म उत्तीर्ण विद्यार्थीहरुलाई बधाई

प्रवीणता प्रमाणपत्र तहदेखि एमफिल–विद्यावारिधीसम्म उत्तीर्ण विद्यार्थीहरुलाई बधाई

भक्तपुर ‘नयाँ पुस्ताले सबैभन्दा पहिला आप्mनो देशलाई चिन्ने, अनि संसारका घट्नाक्रमको विश्लेषण गर्ने र त्यसपछि देशको विकास र प्रगतिका लागि निःस्वार्थपूर्वक काम गर्ने । यसलाई मन्त्र जस्तै मानेर अध्ययन र राजनैतिक–सामाजिक गतिविधिमा सक्रियतापूर्वक लाग्नुपर्छ ।’ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव का. प्रेम सुवालले शनिबार आयोजित एक समारोहमा नयाँ पुस्तालाई उत्साहित गर्दै उपर्युक्त भनाइ राख्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका ९ नं. वडा समितिको आयोजनामा सम्पन्न प्रवीणता प्रमाणपत्र तहदेखि एमफिल–विद्यावारिधीसम्म उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ ज्ञापन तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुवालले देश र जनताको निम्ति गरिने राजनीति सजिलो नभएको बताउनुभयो । शासक दलहरुले राजनीतिको नाममा भ्रष्टाचार, नातावाद,…
Read More
नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न

नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालन समितिका अध्यक्ष श्री सुनिल प्रजापतिले ख्वप कलेज अफ इन्जिनियरिङमा नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई एक समारोहबीच नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ। नवनियुक्त शिक्षक तथा कर्मचारीहरूलाई कलेज परिवारमा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरू देशकै उदाहरणीय शैक्षिक संस्थाका रूपमा विकास हुँदै गएको बताउनुभयो। कलेज स्थापनाकालमा विभिन्न संघर्षहरू गर्नुपरे पनि शिक्षक, कर्मचारी, जनप्रतिनिधि तथा स्थानीय समुदायको अथक प्रयासका कारण आज कलेज नमूना संस्थाका रूपमा स्थापित भएको उहाँको भनाइ थियो। शिक्षक इमान्दार, असल र मेहनती भए विद्यार्थी पनि अनुशासित हुने उल्लेख गर्दै उहाँले सबैलाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो। विगतमा कलेजलाई कमजोर पार्ने…
Read More
चीनले विदेशी ड्रोनहरूमा अमेरिकी प्रतिबन्धको आलोचना

चीनले विदेशी ड्रोनहरूमा अमेरिकी प्रतिबन्धको आलोचना

बेइजिङले वासिङ्टनलाई चिनियाँ UAV निर्माताहरूलाई पछ्याउन राष्ट्रिय सुरक्षाको बहानामा प्रयोग गरेको आरोप लगाएको छ। नयाँ विदेशी ड्रोनहरूको आयातमा अमेरिकी प्रतिबन्धले चिनियाँ कम्पनीहरूलाई भेदभाव गर्छ र यसलाई हटाउनुपर्छ, बेइजिङले भनेको छ। विश्वको सबैभन्दा ठूलो शेन्जेनमा आधारित UAV निर्माता DJI ले हाल अमेरिकामा सञ्चालित सबै व्यावसायिक ड्रोनहरूको आधाभन्दा बढी बेच्छ। सोमबार, अमेरिकी संघीय सञ्चार आयोग (FCC) ले "राष्ट्रिय सुरक्षामा अस्वीकार्य जोखिमहरू" उल्लेख गर्दै विदेशी निर्मित ड्रोन र महत्वपूर्ण कम्पोनेन्टहरूको सबै नयाँ मोडेलहरूको आयातमा प्रतिबन्ध लगाएको छ। FCC को 'कभर गरिएको सूची' थप्नुको अर्थ चीन र अन्य देशका कम्पनीहरूले देशमा आफ्ना आगामी UAV मोडेलहरू वितरण गर्न स्वीकृति प्राप्त गर्न सक्ने छैनन्। चिनियाँ विदेश…
Read More
अर्को वर्ष ‘अझ खराब हुनेछ’ -मेलोनी

अर्को वर्ष ‘अझ खराब हुनेछ’ -मेलोनी

प्रधानमन्त्रीले आफ्ना कार्यालयका कर्मचारीहरूलाई क्रिसमस बिदाहरूमा “राम्रोसँग आराम” गर्न आग्रह गरेकी छिन्। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले २०२६ को लागि एउटा भयानक पूर्वानुमान गरेकी छिन्, आफ्ना कार्यालयका कर्मचारीहरूलाई क्रिसमसको शुभकामना दिँदै आगामी चुनौतीपूर्ण वर्षको लागि तयार रहन चेतावनी दिएकी छिन्। "गत वर्ष हामी सबैका लागि कठिन रह्यो तर चिन्ता नगर किनभने अर्को वर्ष अझ खराब हुनेछ," उनले ठट्टा गरिन्। मंगलबार पलाज्जो चिगीको आँगनमा रहेको आफ्नो आधिकारिक रोम निवासमा बोल्दै, मेलोनीले आफ्नो टोलीलाई आफू उनीहरूलाई माया गर्ने बताइन्, उनीहरू "वर्षभरि सँगै लड्ने परिवार थिए" र उनीहरूलाई "यी बिदाहरूमा राम्ररी आराम गर्न सल्लाह दिइन् किनभने हामीले यो असाधारण राष्ट्रलाई प्रतिक्रिया दिन जारी राख्नु…
Read More
जर्मन कम्युनिष्टहरूको बैंक खाताहरू समाप्त

जर्मन कम्युनिष्टहरूको बैंक खाताहरू समाप्त

GLS बैंकको निर्णय हालैका वर्षहरूमा जर्मनीमा वामपन्थी र दक्षिणपन्थी राजनीतिक समूहहरूलाई लक्षित गर्ने समान उपायहरूको ढाँचामा मिल्छ। जर्मनीमा असहमत आवाजहरू विरुद्ध "बढ्दो दमनको अभियान" चलिरहेको छ, स्थानीय कम्युनिष्टहरूले दाबी गरेपछि एक बैंकले पार्टीलाई आफ्नो बैंक खाताहरू चाँडै बन्द हुने सूचना दिए। यस महिनाको सुरुमा, GLS बैंकले जर्मन कम्युनिष्ट पार्टी (DKP) लाई डिसेम्बर ३१ देखि लागू हुने गरी आफ्ना सबै खाताहरू बन्द गरिने जानकारी गराएको थियो। DKP का अनुसार, GLS बैंकले आफ्नो निर्णयको कुनै कारण प्रदान गरेको थिएन तर पहिले क्युबाको लागि पार्टीको कोष सङ्कलन अभियानको बारेमा जानकारी अनुरोध गरेको थियो। प्रेसलाई दिएको टिप्पणीमा, GLS बैंकका प्रवक्ताले भने कि पार्टीको खाताहरू…
Read More

ट्रम्पको विदेश नीति परिवर्तनबाट असन्तुष्ट अमेरिकी सहयोगीहरू

पोलिटिकोका अनुसार जर्मनी, फ्रान्स र क्यानडाका उत्तरदाताहरूले वाशिंगटनको विश्वव्यापी भूमिकाको बारेमा अत्यधिक नकारात्मक दृष्टिकोण राख्छन्। पोलिटिकोले प्रकाशित गरेको नयाँ सर्वेक्षण अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चलिरहेको विदेश नीति परिमार्जनको बीचमा वाशिंगटनसँग नजिकका सहयोगी देशहरूमा सार्वजनिक राय देशको विरुद्धमा तीव्र रूपमा परिवर्तन भएको छ। पब्लिक फर्स्ट सर्वेक्षण यस महिनाको सुरुमा अमेरिका, क्यानडा, बेलायत, फ्रान्स र जर्मनीका १०,५१० वयस्कहरूमा गरिएको थियो, जसमा प्रत्येक देशमा कम्तिमा २,००० उत्तरदाताहरू थिए। यसले पत्ता लगायो कि बहुमत क्यानेडियनहरू र जर्मनी र फ्रान्सका बहुमतले अमेरिकालाई विश्वमा "नकारात्मक शक्ति" मान्छन्। तीन देशका लगभग बहुमतले यो पनि भने कि वाशिंगटनले समाधान गर्नु भन्दा अन्य देशहरूको लागि बढी समस्याहरू सिर्जना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.