kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

जेसिस सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ

भक्तपुर । जेसिस सेकेन्डरी स्कुलले एसईई २०८२ ब्याचका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ।कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले शिक्षामार्फत समाज रूपान्तरण गर्ने उद्देश्यले शैक्षिक संस्था सञ्चालन भइरहेको बताउनुभयाे। उहाले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षा अध्ययनका अवसर उपलब्ध गराउन भक्तपुर नगरपालिकाले कलेज सञ्चालन गरिरहेको र देशभरबाट विद्यार्थीहरू अध्ययनका लागि आउने गरेको जानकारी दिनुभयाे ।

नगरप्रमुख प्रजापतिले सरकारले शिक्षा निःशुल्क भने पनि शिक्षामा कर लगाएर अभिभावकमाथि थप भार थोपरेको टिप्पणी गनुभयाे ।

जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा विशेषज्ञ बन्नुपर्नेमा जोड दिँदै देश निर्माणका लागि सबै विषयको समान महत्व रहेको उहाले बताउनुभयाे । आफूले आर्जन गरेको शिक्षा बहुसंख्यक जनताको हितमा प्रयोग गर्नुपर्ने, विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा फर्किएर सेवा गर्नुपर्ने तथा शिक्षक र अभिभावकले विद्यार्थीहरूलाई सधैं उत्साहित गरिरहनुपर्ने उहाको भनाइ थियो। विद्यार्थीको क्षमता र रुचिअनुसार उनीहरूको विकासमा जोड दिनुपर्नेमा पनि उहाले जोड दिनुभयाे।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै एसईईपछिको शैक्षिक यात्रा अझ चुनौतीपूर्ण हुने बताउनुभयाे। उहाले स्पष्ट लक्ष्य निर्धारण गरी अगाडि बढ्न आग्रह गर्दै शिक्षक र अभिभावकको सहयोगकै कारण विद्यार्थीहरूले आजको सफलता हासिल गर्न सकेको उल्लेख गनुभयाे।

विशेष अतिथि दिलरेमण कोजूले आफूले पनि यही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको स्मरण गर्दै सही मार्गदर्शन पाए विद्यार्थीहरू सही बाटोमा अघि बढ्ने बताउनुभयाे । ४७ वर्षअघि स्थापना भएको यस विद्यालयले विद्यार्थीहरूको भविष्य निर्माण तथा समाज रूपान्तरणमा उल्लेखनीय भूमिका खेलेको उहाको भनाइ थियो।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका अध्यक्ष जे.यस. पौडेलले नेपालको संविधानअनुसार सामुदायिक र संस्थागत विद्यालय सञ्चालनमा रहेको उल्लेख गर्दै जसिस सेवा भावनाका साथ सञ्चालित सार्वजनिक गुठीअन्तर्गतको विद्यालय भएको बताउनुभयाे ।

विद्यार्थी प्रतिनिधि पृथुजा गोर्खालीले जेसिसमा अध्ययन गर्दाको आफ्नो शैक्षिक अनुभव सुनाउँदै विद्यालयले आफूहरूलाई ज्ञान, अनुशासन र आत्मविश्वास प्रदान गरेको बताइन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद अवालले जेसिस विद्यालयको स्थापना र विकास यात्राबारे प्रकाश पार्दै विद्यालय स्थापनाको प्रारम्भिक चरणमा समुदायको उल्लेखनीय योगदान रहेको बताउनुभयाे। उहाले शिक्षा क्षेत्रको विकासका लागि विद्यालयले निरन्तर प्रयास गर्दै आएको उल्लेख गर्दै हाल विद्यालयमा ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो।

सो अवसरमा नगरप्रमुख प्रजापतिले एसईई परीक्षार्थीहरूलाई मायाको चिनो वितरण गर्नुभएको थियो|

साथै राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बनेकी विद्यार्थी सिल्भी नागालाई सम्मान गरिएको थियो।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.