Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

भक्तपुर नगरपालिकाले स्वागत एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरुलाई

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन भक्तपुर आउनुभएका पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरुलाई भक्तपुर नगरपालिकामा स्वागत गर्नुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको तर्फबाट एनपीएल क्रिकेट प्रतियोगितामा सहभागी हुन आएका पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरुलाई स्वागत गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले क्रिकेट पछिल्लो समय युवामाझ लोकप्रिय खेलका रुपमा विकास हुँदै गएको बताउँदै नेपालमा एनपीएल क्रिकेट प्रतियोगिता आयोजना हुनु सकारात्मक र महत्वपूर्ण विषय भएको उल्लेख गर्नुभयो ।

खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई राजनीति र कुटनीतिसँग पनि जोडिएको क्षेत्र भएको उहाँले बताउनुभयो । खेलकुले देशहरुबीचको सम्बन्ध विस्तार गर्न तथा आपसी सद्भाव र समझदारी अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै खेलकुद क्षेत्रको विकासले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान बढाउनुका साथै आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने उहाँको भनाई थियो ।

खेलाडीहरु प्रतियोगितामा सहभागी हुँदा आफ्नो व्यक्तिगत प्रदर्शनका लागि मात्र नभई देशको प्रतिनिधित्व गरेर जाने भएकाले उनीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

भक्तपुर क्षेत्रफलका हिसाबले सानो नगरपालिका भए पनि ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण नगर भएको उल्लेख गर्दै उहाँले भक्तपुरको मौलिक कला, संस्कृति र सम्पदाबारे पनि जानकारी गराउनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा पोखरा एभेन्जर्सका जनरल म्यानेजर अमित लोहनीले टोलीलाई न्यानो स्वागत गर्नुभएकोमा भक्तपुर नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसैगरी भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले स्वागत मन्तव्य राख्दै खेलकुदले आपसी सद्भाव, अनुशासन, सहकार्य र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

नगरप्रमुख सुनिल प्रजापतिले पोखरा एभेन्जर्सका खेलाडी तथा अफिसियलहरूको टोलीलाई भक्तपुर नगरपालिकाद्वारा प्रकाशित पुस्तकहरू मायाको चिनोस्वरूप प्रदान गर्नुभयो।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.