kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको बिदाइ

भक्तपुर

भक्तपुरबाट अर्घाखाँची सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई आज एक समारोहबीच बिदाई गरियो ।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई पुष्पगुच्छा र खादा ओढाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो ।

बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी अर्यालको कार्यकाल छोटो भए पनि उपलब्धीपूर्ण रहेको बताउँदै नपाले जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय र सहकार्यमा काम गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित भाजुपोखरीको दक्षिणतर्फको डिल निर्माणमा जिल्ला प्रशासन कार्यालयको स्मरणीय भूमिका रहेको बताउँदै अर्यालले आफ्नो पदीय भूमिका उल्लेखनीय ढंगले निर्वाह गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रजिअ गोपालप्रसाद अर्यालले भक्तपुर नपामा ८ महिनाको कार्यअनुभवबाट भक्तपुरलाई नजिकबाट चिन्ने अवसर मिलेको बताउँदै भक्तपुर नपाको योजनाबद्ध ढंगले काम गर्ने शैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।

उहाँले राष्ट्र र नागरिकको हितमा काम गर्ने मुख्य उद्देश्यले काम गर्दै आएको बताउँदै भाजु पोखरीको डिल र पर्खाल निर्माणमा नपा र भक्तपुर बहुमुखी क्याम्पसबीच समन्वयकारी भूमिका खेलेको स्मरण गर्नुभयो ।

बिदाइ कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले प्रजिअ अर्यालको कार्यकालमा कार्यमूल्यांकन र कार्य सम्पादनको आधारमा भक्तपुर देशकै उत्कृष्ट जिल्ला बन्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रह्यो ।

बिदाइकै क्रममा प्रमुख प्रजापतिले प्रजिअ अर्याललाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.