Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

राष्ट्र बैंक गभर्नरले आफ्नो व्यक्तिगत सम्पत्ती बुझाए 

नेपाल राष्ट्र बैंकमा धेरै समयसम्म नियुक्ति प्रक्रियामा गठबन्धन सरकारले दिलाई गरेको थियो| विभिन्न आरोप प्रत्यारोप पछी कांग्रेसको कोटामा परेको गभर्नर पद विश्व पौडेलले पाएको थियो|

गभर्नर डा. विश्वनाथ पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। गभर्नर पौडेलको सम्पत्तिमा सेयर लगानी उच्च प्राथमिकतामा देखिन्छ।

घरजग्गा:

ललितपुर, भैसेपाटी: पत्नीको नाममा ५ आना २ दाम जग्गा र २७९५ वर्गफिटको घर (मूल्य: १.५५ करोड)।

गैंडाकोट, नवलपरासी: ६० लाख मूल्यको घरजग्गा।

सुन/हिरा:

४५ तोला सुन (पैतृक)।

१५ लाख मूल्यको हिरा (स्वआर्जित)।

बैंक बचत:

तीन बैंकमा कुल २०.६८ लाख रुपैयाँ।

डलर खाता: पत्नीको खातामा ४४४६ USD (झन्डै ६.२२ लाख रुपैयाँ), आफ्नै खातामा ६६ USD।

गाडी:

पत्नीको नाममा ४४ लाखको सुजुकी कार (किनिएको: २०७७ भदौ)।

सेयर लगानी:

आफू र पत्नीको नाममा १४ करोडभन्दा बढीको सेयर।

सानिमा बैंकमा प्रवर्धक सेयर: २,४४,१७६ कित्ता (मूल्य: २.४४ करोड)।

जलविद्युत् र लगानी कम्पनीहरूमा पनि सेयर रहेको भने पुरा बिवरण देखेको छैन|

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.