
भक्तपुर
जनताको व्यापक साथ र समर्थनमा भक्तपुर नगरपालिकामा हामी निर्वाचित भई सपथ ग्रहण गरेको आज ३ वर्ष पूरा भयो । नेपालको संविधान अनुसार भएको स्थानीय तहको दोस्रो निर्वाचनपछि निर्वाचित भएर २०७९ साल जेठ ६ गते आजकै दिन हामीले कार्यभार सम्हालेका थियौं । त्यतिबेला सम्पूर्ण जनता र मतदाताबीच हामीले निर्वाचन घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । आजका दिनसम्म निर्वाचन घोषणापत्रलाई आधार बनाएर हामीले काम गर्दैछौं ।
संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अन्य कार्यहरुको अतिरिक्त हरेक वर्ष एउटा नगरस्तरीय महत्वपूर्ण योजना सम्पन्न गर्ने उद्देश्यअनुरुप हामी अघि बढिरहेका छौं । पहिलो वर्ष ख्वप अस्पतालको नयाँ भवन उद्घाटन र दोस्रो वर्ष ‘भाज्या पुखु’ उद्घाटन सम्पन्न ग¥यौं । गत वर्ष आजकै दिन भनपा वडा नं. १० स्थित टेबुलटेनिस कभर्ड हल र ख्वप तिलगंगा आँखा अस्पतालको उद्घाटन गरेका थियौं । आज बिहान भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पन्न गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ज्यूबाट उद्घाटन सम्पन्न गर्यो ।
भक्तपुर कला र संस्कृतिले भरिएको प्राचीन नगर हो । यहाँका मूर्त र अमूर्त सम्पदाहरु हाम्रा अमूल्य सम्पत्ति हुन् । त्यसको संरक्षण र सम्बद्र्धन गरी भावी पुस्तालाई हस्तान्तरण गर्नु हामीले आफ्नो कर्तव्य र जिम्मेवारी ठानेका छौँ । त्यसको निम्ति हामी कला र संस्कृति संरक्षणमा निरन्तर लागिरहेका छौँ ।नाचगानको राजधानी, सा“स्कृतिक नगर र जीवित संग्रहालयको रुपमा विश्वमा परिचित हुँदै गएको यस भक्तपुर नगरको नेतृत्व गरिरहँदा हामीलाई गर्वको महसुस भएको छ । हाम्रा अग्रजहरुले गर्नुभएको त्याग, परिश्रम र दुःखको परिणामस्वरुप भक्तपुर आजको अवस्थामा आइपुग्न सम्भव भएको हो । पदमा रहेर वा नरहेर पनि समाज परिवर्तनको लागि प्रत्यक्ष र परोक्ष योगदान गर्ने ती तमाम् अग्रज राजनैतिक नेता, कार्यकर्ता र सामाजिक कार्यकर्ताहरु एवं जनतालाई आजको दिन उच्च सम्मान व्यक्त गर्दै ।
राजनीतिक दलका नेताहरु कल्पनाशील, देश र जनतामा समर्पित भए विकास छिटै सम्भव हुन्छ भन्ने एक उदाहरण भक्तपुर बन्दैछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नु भएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक र १५ वर्षभित्र ‘एक घर एक स्नातक’ बनाउने घोषणा भक्तपुरको आर्थिक, साँस्कृतिक र सामाजिक रुपान्तरणको आधार र मार्गनिर्देशन बन्यो । त्यस पुस्तकले भक्तपुरको विकासको लागि कयौं वर्षसम्म मार्गनिर्देश गरिरहने हाम्रो विश्वास छ ।
स्थानीय तह प्रजातन्त्रको जग भएको हुँदा स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मान्यताका साथ हामी अघि बढिरहेका छाँै । नयाँ संविधान कार्यान्वयनमा आएको १० वर्ष बितिसक्दा पनि संघीयता राम्रोस“ग कार्यान्वयनमा आउन सकेको छैन । कर्मचारी भर्नाको अधिकार स्थानीय तहलाई नहुनु, ससाना योजनाहरुसमेत संघ र प्रदेशको बजेटमा समावेश गर्नु, स्थानीय तहलाई दिने समानीकरण बजेट घटाउँदै लानु र स्थानीय तहबाट तलब खाने शिक्षकहरुमाथिको नियन्त्रण संघ सरकारमै कायमै राख्नु संघीयता कार्यान्वयनका चुनौतीहरु हुन् । भक्तपुर नगरपालिका ती सबै चुनौतीहरुबीच आत्मनिर्भरताको कठोर बाटो अवलम्बन गर्दै विकास पथमा अगाडि लम्किरहेको छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नगरलाई सफा बनाउन नगरको ढल व्यवस्थापन र सरसफाइमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको ३ वर्ष कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक नगर र पारदर्शी बनाउने लक्ष्यअनुसार यस नगर अगाडि बढिरहेको बताउँदै शैक्षिक संस्था आसपास सूर्तिजन्य पदार्थ र मदिरा बेचबिखन गर्ने पसलहरु सञ्चालन गर्न दिन नहुने धाराणा व्यक्त गर्नुभयो ।उहाँले उपभोक्ताको हकहितलाई ध्यानमा राखेर समय समयमा बजार अनुगमन गर्नुपर्ने बताउँदै पत्रु खानेकुराले जनताको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुँदा स्वस्थकर खानेकुरा सेवनतर्फ जनतालाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने बताउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा पनि स्वतः राम्रो हुने तर्क राख्नुभयो ।कलेजका शिक्षकहरु विद्यालयहरुमा गई अनुगमन गरी आवश्यक सुझाव दिने प्रावधानले विद्यालय शिक्षाको स्तर अझ माथि उठ्ने बताउँदै उहाँले देशको सन्तुलित विकासतर्फ सरकारले जोड दिनुपर्ने बताउनुभयो ।हामीले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेटमार्फत वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आएका छौँ । चालु आ.व. २०८१।८२ को नीति तथा कार्यक्रम २०८१ असार ७ गते र बजेट असार १० गते प्रस्तुत गरी पारित बजेटको आधारमा हामीले काम गर्दै आएका छौँ । देश र जनताको इमानदारीपूर्वक सेवा नै राजनीति हो भन्ने मान्यतालाई आत्मसात गर्दै जनप्रतिनिधिहरुको क्षमताले भ्याएसम्म भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएका छौँ । आ.ब. २०८१।८२ मा नगरपालिकाले गरेका गतिविधिहरुबारे संक्षेपमा जानकारी गराउन चाहन्छौं|
आयतर्फ
चालु आ.व. २०८१।०८२ मा आन्तरिकतर्फ रु. ६५ करोड ८३ लाख १० हजार र बाह्य स्रोततर्फ रु. १ अर्ब ८० करोड २२ लाख १८ हजार तथा गत वर्षको बा“की मौज्दात रु. २० करोड ३७ लाख ८२ हजार गरी कुल रु. २ अर्ब ६६ करोड ४३ लाख १० हजार स्रोत अनुमान गरिएकोमा चालु आ.व. २०८१।०८२ को १० महिनामा कूल आन्तरिक आय रु. ४४ करोड ९५ लाख ३५ हजार राजस्व सङ्कलन भएको छ । उक्त रकम चालु आ.व.को लक्ष्यको ६८ प्रतिशत हो । गत वर्षको सोही अवधिको तुलनामा आन्तरिक आयमा रु. ४ करोड २ लाख ३५ हजारले वृद्धि भएको छ । यो गत वर्षको तुलनामा १० प्रतिशतले वृद्धि हो । व्यवसाय कर सङ्कलन र दर्ताका लागि कर टोलीको परिचालन, भक्तपुर औद्योगिक क्षेत्रका कर नतिर्ने उद्योगहरूलाई कारबाही गरी करको दायरामा ल्याइएको हुँदा गैर पर्यटनबाट उठ्ने राजस्व वृद्धि भएको हो । त्यसैगरी पर्यटन शुल्कबाट उठ्ने राजस्व पनि गत वर्षको तुलनामा वृद्धि भएको छ ।
नेपाल सरकारबाट राजस्व बा“डफा“डतर्फ चालु आ.व.मा रु. ६ करोड ८९ लाख ६८ हजार त्यसैगरी वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जम्मा ४६ करोड २७ लाख ५१ हजार, मालपोत रजिष्ट्रेशनबाट रु. २ करोड ५८ लाख ९३ हजार प्राप्त भएको छ । बाग्मती प्रदेश सरकारबाट यसै आ.व. मा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी जम्मा रु. १५ करोड ६५ लाख ५५ हजार रुपैया“, सवारी करको राजश्व बा“डफा“डबाट रु. १ करोड ६८ लाख ८२ हजार प्राप्त भएको छ । यसरी आन्तरिक र बाह्य गरी कुल रु. २ अर्ब ६६ करोड ४३ लाख १० हजार आय अनुमान गरिएकोमा २०८२ वैशाख मसान्तसम्म कुल रु. १ अर्ब ६७ करोड २३ लाख ३३ हजार प्राप्त भई अनुमानित आयको ६३ प्रतिशत प्रगति भएको छ ।
व्ययतर्फ
चालु खर्चतर्फ रु. १ अर्ब ५७ करोड ३ लाख ५३ हजार विनियोजित रकममध्ये २०८२ वैशाख मसान्तसम्म रु. ९२ करोड ४६ लाख ७० हजार खर्च भई विनियोजित रकमको ५८।८८ प्रतिशत, पू“जीगत खर्चतर्फ विनियोजित रकम रु. ९९ करोड ४० लाखमध्ये ३५ करोड ७१ लाख ९० हजार खर्च भई ३६ प्रतिशत प्रगति भएको छ । वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजितमध्ये सोही अवधिसम्म रु. ६ करोड २८ लाख ५४ हजार खर्च भई विनियोजित रकमको ६२।८५ प्रतिशत खर्च भएको छ । यसरी चालु, पुँजीगत र वित्तीय व्यवस्थातर्फ कुल विनियोजित रु. २ अर्ब ६६ करोड ४३ लाख ५३ हजारको ५०।४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।
शिक्षा
भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरूमा ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म जनताका छोराछोरीहरूलाई शिक्षा प्रदान गर्दै छ । ख्वप विश्वविद्यालयको स्थापनाको लागि हामीले निरन्तर जोड दिँदैछौं ।
ख्वप इन्जिनियरिङ कलेजमा बि.सं. २०५८ देखि २०८२ सालसम्ममा ७७ जिल्लाबाट ५ हजार २६५ विद्यार्थीहरु कलेजमा भर्ना भएका छन् । भक्तपुर जिल्लाबाट सबैभन्दा धेरै (२ हजार ६३) जना विद्यार्थीहरु भर्ना भएका छन् । छात्राको सहभागिता उल्लेखनीय रुपमा बढेको छ । हाल अध्ययनरत विद्यार्थीमध्ये करिब ३९।५ प्रतिशत छात्रा रहेका छन् ।ख्वप इन्जिनियरिङ कलेजका सबै स्नातक तहका कार्यक्रमहरुलाई नेपाल इन्जिनियरिङ काउन्सिलद्वारा यस वर्ष स्थायी मान्यता प्रदान गरिएको छ । यो उपलब्धि नेपाल इन्जिनियरिङ काउन्सिलले तोकेको मुख्य मूल्यांकन क्षेत्रहरुमा कलेजको उत्कृष्ट प्रदर्शनको परिणामस्वरुप प्राप्त भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तह कम्प्युटर एप्लिकेशन (४८ सिट) र इन्फरमेशन टेक्नोलोजी (४८ सिट) को सञ्चालनको लागि स्वीकृति प्राप्त भइसकेको छ र यसै शैक्षिक सत्रबाट यी विषयहरु सञ्चालनमा आउने छन् । यी विषयहरु सञ्चालनसँगै क्याम्पसको शैक्षिक दायरा थप फराकिलो हुने र प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य हो ।यस कलेजमा स्नातकोतर तह, एम.ई. इन अर्थक्वेक इञ्जिनियरिङ कार्यक्रमकी विद्यार्थी मेधास्मी खतिवडाले ३.८८ सी.जी.पी.ए. सहित आफ्नो अध्ययन पूरा गरेकी छिन् र पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा विश्वविद्यालय स्वर्ण पदक, स्वर्गीय डिल्ली बहादुर अधिकारी स्वर्ण पदक र नारायण प्रसाद कोईराला स्वर्ण पदक गरी तीन प्रतिष्ठित स्वर्ण पदकहरूबाट सम्मानित भएकी छिन् ।
साथै, २०७५ सिभिल समूहका विकास पाण्डे पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा स्नातक तहको सिभिल समूहमा उत्कृष्ट प्रदर्शन गरेबापत डा. राम शोभना पोखरेल स्वर्ण पदकबाट सम्मानित भएका छन् ।ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा दुईवटा राष्ट्रिय सम्मेलनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन् । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा, चौथो राष्ट्रिय भूकम्प इन्जिनियरिङ सम्मेलन २०८१ माघ ५ गते सम्पन्न भयो । त्यस्तैगरी, विश्व सम्पदा दिवसको अवसरमा चौथो राष्ट्रिय सम्मेलन–वास्तुकलाका प्रवृत्ति र सम्पदा २०८२ बैशाख १५ गते सम्पन्न भएको थियो । २०८२ माघ महिनामा भूकम्प इन्जिनियरिङ तथा विपद–पश्चात् पुनःनिर्माण योजना बिषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भइरहेको छ ।
ख्वप कलेज अफ इन्जिनियरिङमा स्थापना कालदेखि हासम्म २७६९ विद्यार्थी भर्ना भई अध्ययन गरेकोमा हालसम्म १५६४ विद्यार्थीहरुले अध्ययन पूरा गरिसकेका छन् । यो वर्ष ख्वप कलेज अफ इन्जिनियरिङ स्नातक तह सिभिलका विद्यार्थी गौरव भुषालले सिभिल बिषयमा त्रिभुवन विश्व विद्यालय प्रथम भइ कलेजको नाम उच्चो बनाएका छन् । ख्वप कलेज अफ इन्जिनियरिङ विश्व विद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गर्ने प्रकृयामा छ ।ख्वप बहुप्राविधिक अध्ययन संस्थान प्रमाणपत्र तह नर्सिड्ड विषयमा शैक्षिक वर्ष २०८१÷८२ सम्म जम्मा ८०० जना विद्यार्थीहरु भर्ना भएकोमा ६७५ जना विद्यार्थीहरु उत्तीर्ण भई आफ्नो कार्य क्षेत्रमा कार्यरत छन् भने ३ समूह अर्थात ११९ जना विद्यार्थीहरु अध्ययनरत छन् ।
यस अध्ययन संस्थानमा नर्सिड्ड तेश्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको २०८१ भाद्र महिनामा सम्पन्न दोस्रो वर्षको परीक्षामा ३९ जना विद्यार्थीहरु समावेश भएकोमा ३६ जना (९२.३१५) विद्यार्थीहरु विशिष्ट श्रेणीमा र ३ जना विद्यार्थीहरु प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तै डिप्लोमा इन सिभिल इन्जिनियरिड्ड विषयमा शैक्षिक वर्ष २०७९÷८० सम्म जम्मा ८७० जना विद्यार्थीहरु भर्ना भएकोमा हालसम्म ५६५ जना विद्यार्थीहरु उत्तीर्ण भैसकेका छन् ।यस अध्ययन संस्थानमा थप प्राविधिक शिक्षा प्रदान गर्न मिति २०७९÷०७÷१५ गते सामान्य चिकित्सा(एच. ए.), फार्मेसी, रेडियोग्राफी र ल्याव टेक्निसियन विषयहरु संचालन गर्न सम्बन्धन स्वीकृतिको लागि प्रस्ताव पेश गरेकोमा मिति २०८१ चैत्र १७ गते प्रथम चरणको स्थलगत निरीक्षण सम्पन्न भई स्वीकृतिको चरणमा रहेको छ ।
ख्वप कलेज अफ ल सञ्चालन प्रारम्भ भएको ३ वर्ष भयो । यस अवधिमा वर्षको ६० जनाको दरले १८० जना विद्यार्थीहरु अध्ययनरत छन् । यो वर्षको परीक्षामा ख्वप कलेज अफ लको विद्यार्थीहरु ९७ प्रतिशत परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् । यस कलेजमा ४२ जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।ख्वप मा.वि.मा कक्षा ११ र १२ गरी हाल ३ हजार ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कलेजबाट विज्ञान, मानविकी, व्यवस्थापन र कानुन गरी हालसम्म २५ हजार ५३३ जना विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् । हरेक वर्ष रु. १ करोड ३० लाख भन्दा बढी रकम छात्रबृत्ति वितरण गरेका छौ ।त्यस्तै २०८२ जेठ ८ र ९ गते ख्वप कलेजको आयोजनामा वातावरण, सुशासन र दिगो विकास बिषयक चौथो राष्ट्रिय सम्मेलन हुँदैछ ।भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार र भौतिक निर्माणको लागि रु ५१ लाख र नेपाल सरकारको सशर्त बजेटअन्तर्गत जम्मा रू.३ करोड ८६ लाख गरी यो वर्ष ४ करोड ३७ लाख रुपैया“ विद्यालयहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
स्वास्थ्य
भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गर्दै आएको छ । त्यसैगरी श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दैछ ।चालू आ.व. २०८१÷८२ को बितेको १० महिनामा ७४ जिल्लाका २ लाख ३३ हजार ६३३ जना बिरामीलाई सेवा प्रदान गरिसकेको छ । हाल ख्वप अस्पतालमा चिकित्सक, नर्स र कर्मचारीहरू गरी कूल २३५ जना जनशक्ति कार्यरत छन् भने विशेषज्ञ चिकित्सक ३५ र मेडिकल अधिकृत १८ जनाले सेवा प्रदान गरिरहेका छन् । चालु आ.व. २०८१।८२ मा ख्वप अस्पतालमा युरोलोजी सेवा (मुत्र थैली), नेफ्रोलोजि सेवा (मृगौला), एन.पि.एल. सेवा (नाक, कान घा“टी को इन्डोस्कोपी), कोल्पोस्कोपी सेवा, ल्याप्रोस्कोपी सेवाहरु थप गरिएका छन् ।
२०८१ जेठ ६ गते, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष श्री नारायणमान बिजुक्छेँबाट उद्घाटन गर्नु भएको ख्वप तिलगंगा आँखा अस्पतालले १० महिनामा २४ हजार ५५४ जना आ“खाका बिरामीहरूको उपचार ग¥यो भने सोही अवधिमा ८८६ वटा आँखाको अपरेसन गरिसकेको छ । यस अवधिमा आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रबाट २ हजार ७६३ जनाले स्वास्थ्य उपचार प्राप्त गरे भने घरदैलो नर्सहरूले २३ हजार ५०६ घरधुरी गरी जम्मा ७० हजार ४७ जना जनतासँग सम्पर्क गरी सामान्य स्वास्थ्य सेवा प्रदान गरेको रेकर्ड छ ।यस अवधिमा नगरपालिकाले नगरबासीहरूलाई ११ हजार ३७७ वटा सिलिन्डर अक्सिजन निःशुल्क वितरण ग¥यो भने नगरबासीहरुलाई निःशुल्क रगत उपलब्ध गरे बापत १५ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको छ । कडा रोग लागेका १८९ जनालाई यस आर्थिक वर्षमा प्रति व्यक्ति रु. १५ हजारका दरले २८ लाख ३५ हजार सहयोग उपलब्ध गराइएको छ ।नगरपालिकाले नगरबासीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर नियमित रुपमा वडा वडामा पाठेघरको मुख परीक्षण (प्याप स्मेयर) तथा स्तन क्यान्सर, नाक कान घाँटी, हाडजोर्नी, नशा रोग तथा आँखा जाँचसम्बन्धी निःशुल्क शिविरहरू सञ्चालन गर्दै आएको छ ।
सम्पदा संरक्षण
सम्पदा संरक्षणलाई नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको छ । चालु आ.व. को १० महिनामा मठ १, मन्दिर जीर्णोद्धार ४, पाटी ४, द्योछेँ पुनःनिर्माण÷मर्मत ३, पोखरी १, इनार १, ढुंगेधारा संरक्षण १ र अन्य निर्माण गरी १६ वटा सम्पदा पुनःनिर्माण र जिर्णोद्घार सम्पन्न भयो भने त्यसको लागि रु.४ करोड ८५ लाख ३३ हजार खर्च भएको छ । त्यसैगरी ढुंगेधारा १, मठ १, मन्दिर जीर्णोद्धार ३, पाटी ९, द्योछेँ पुनःनिर्माण÷मर्मत २, पोखरी ५ र अन्य निर्माण २ गरी संख्या २३ वटा सम्पदाहरु पुनःनिर्माण तथा जिर्णोद्धार हुने क्रममा छ । यसरी चालु तथा सम्पन्न गरी कूल संख्या ३९ सम्पदाको जम्मा कूल खर्च ५ करोड ६१ लाख ९७ हजार खर्च भएको छ ।
पुरानो नगर क्षेत्रभित्र निजी घर र सम्पदा पुनःनिर्माणको लागि माटो जोडाइलाई जोड दिँदैछौं । प्रसिद्ध थन्थु दरबार, भनपा ९ दत्तात्रयस्थित पुजारी मठ, भनपा ६ स्थित छुमा गणेश द्योछेँलगायतका सम्पदाहरू माटो जोडाइबाट निर्माण गर्दैछौं । छुमा गणेश द्योछेँ पुनःनिर्माण सम्पन्न भइसकेको छ भने इखालाछी मठ, हाडाछेँलगायतका सम्पदाहरू यसै वर्ष सम्पन्न हुनेगरी कार्य भइरहेको छ ।गाईजात्राको समयमा प्रस्तुत हुने विभिन्न सांस्कृतिक विधाहरूलाई प्रतियोगितात्मक मूल्यांकन गरी पुरस्कृत गर्दै आएका छौं । टोल टोलमा कार्यरत सांस्कृतिक गुरुहरूको सम्मान गर्ने नीतिअनुसार चालु आ.व.मा वर्षमा २२ जना सांस्कृतिक गुरुहरूलाई सम्मान गरियो ।२०८२ बैशाख १२ र १३ गते भ.न.पा. र पुरातत्व विभागको संयुक्त आयोजनामा २०७२ सालको भूकम्प पश्चात पुनःनिर्माणको एक दशकको पुनरावलोकन कार्यक्रम र अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौं उपत्यका विश्व सम्पदा क्षेत्र) को बैठक भक्तपुरमा सम्पन्न भयो ।
पर्यटन
चालु आ.व.को १० महिनामा गैर सार्कतर्फ १ लाख १८ हजार ७५४ जना तथा सार्क र चिनियाँतर्फ ९३ हजार ३२१ गरी जम्मा २ लाख १२ हजार ७५ जना पर्यटकले भक्तपुरको अवलोकन भ्रमण गरिसकेका छन् । गत आ.व.को श्रावणदेखि बैशाखसम्म १० महिनामा गैर सार्कतर्फ १ लाख ७ हजार १३१ जना र सार्क र चिनियाँतर्फ १ लाख ३ हजार २१ गरी जम्मा २ लाख १० हजार १५२ जना पर्यटकले भक्तपुर अवलोकन भ्रमण गरेका थिए । गत वर्षको तुलनामा सोही अवधिमा यो वर्ष १ हजार ९२३ जना पर्यटक वृद्धि भएको छ ।२०८१ मंसिर २८ देखि पुष २ गतेसम्म भक्तपुर महोत्सव सम्पन्न भयो । विभिन्न ३२ वटा विधाहरु प्रस्तुती रहेको उक्त महोत्सव आन्तरिक र बाह्य गरी लाखौं पर्यटकहरुले अवलोकन गरेका थिए ।२०८१ माघ ५ गते नेपाल भ्रमण वर्ष २०२५ घोषणा तथा चिनियाँ नयाँ वर्ष २०२५ को शुभारम्भ कार्यक्रम भक्तपुरमा भव्यताका साथ सम्पन्न गरियो । यस वर्ष चिनियाँ पर्यटकहरु बृद्धी हुने अपेक्षा छ ।
खेलकुद
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भयो । नगरपालिकाले फुटबल, भलिबल, बक्सिङ, जिम्नाष्टिक, करा“ते र टेबुलटेनिसको नियमित प्रशिक्षणलाई निरन्तरता दिंदै आएको छ । साथै पूर्णकालीन खेलकुद प्रशिक्षकको व्यवस्था गरी नगरक्षेत्रका विद्यालयहरूमा नियमित खेलकुद प्रशिक्षण र टोल टोलमा शारीरिक व्यायाम प्रशिक्षण पनि गर्दै आएको आएको छ ।
नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गतेसम्म तीनदिने अन्तर नगर जिम्नाष्टिक प्रतियागिता सम्पन्न भयो । यसै वर्ष राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता पनि गरेका थियौं । ती प्रतियोगिताहरुमा भक्तपुर नपाले जित हासिल गर्यो । भक्तपुर नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आधारभूत प्रशिक्षण तालिम सञ्चालन गर्दै आएका छौं ।नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १५ गतेसम्म भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खोखो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नाष्टिक, कसिमला पाँय् र बाघचाल खेल प्रतियोगिता सम्पन्न भयो ।भक्तपुर नपाले टोल—टोलमा खुला व्यायामशालाहरूको व्यवस्था गर्दै आएको छ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरूमा पदक जित्ने खेलाडीहरूको मनोबल बढाउन यसै वर्ष २०८२ जेठ १५ गते खेलाडी सम्मान गर्ने कार्यक्रम छ ।
वातावरण र सरसफाइ
नगरका महत्वपूर्ण सम्पदा स्थल, खुल्ला क्षेत्र, खोला, पोखरीलगायतका सार्वजनिक स्थलहरुमा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी र स्थानीय जनताको सहभागितामा हरेक महिनाको १ र १५ गते सर—सफाई कार्यलाई निरन्तरता दिंदै आएका छौं । घर घरबाट निस्कने फोहरलाई कुहिने र नकुहिने फोहरमा वर्गीकरण गरी अलग अलग संकलन गर्न बाल्टिन वितरण तथा घर दैलोमा फोहर संकलन गर्न ट्राइसाइकलको व्यवस्था गरिएको छ ।
कृषि
कृषि चुन ५० प्रतिशत अनुदानमा तथा नगरपालिकाद्वारा उत्पादित २० के.जीको १ बोरा कम्पोष्ट मल सहुलियत दरमा वितरण गर्दै आएका छौं । किसानहरूले उत्पादन गरेको तरकारी सहज बिक्री वितरणका लागि भक्तपुर नपा ५ भेलुखेलमा तरकारी बजारको व्यवस्था र कृषि उत्पादनहरू भण्डारण गर्न भनपा ८ लिबालीमा चिस्यान केन्द्र निर्माण भइरहेको छ । किसान सूचिकरण कार्यक्रमअन्तर्गत हालसम्म ४ हजार २२५ कृषक घरधुरी किसान सूचिकरण प्रणालीमा सूचिकृत गरिएको छ ।
चालु आ.व. मा २ हजार ७६६ वटा कुकुरलाई रेबिज खोप, कुकुर बन्ध्याकरण ५१३ वटा, घर पालुवा र सामुदायिक कुकुर रेबिज खोप १ हजार ३१४ र अन्य पशुपंक्षीलाई उपचार सेवा प्रदान गरेको छ ।
युवा र आत्मनिर्भरता
स्थानीय युवाहरूलाई सीप सिकाई आत्मनिर्भर बनाउन सिलाइ मेसिन मर्मत तालिम, ग्यास चुल्हो मर्मत तालिम, हेयर कटिङ तालिम, आधारभूत र एडभान्स पाक शिक्षा तालिम, आधारभूत र एडभान्स सिलाई तालिममा यस आ.व.मा ५१६ जना भन्दा बढी नगरवासीहरुले तालिम प्राप्त गरेका छन् ।
भाषा तालिमलाई पनि निरन्तरता दिँदै जापानी भाषा र चिनियाँ भाषाका कक्षा सञ्चालन गरिरहेका छौँ । चालू वर्षमा जम्मा १७ जना विद्यार्थीहरूले जापानी भाषा र ३० जना विद्यार्थीले चिनियाँ भाषा अध्ययनरत छन् ।भक्तपुर नगरपालिकाले युवाहरूलाई स्वरोजगार बनाउन रु. ५ लाखसम्म युवा उद्यमशीलता ऋणको व्यवस्था गरेको छ । गरिवी निवारणको लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालित बेकरी, मखमली जुत्ता बनाउने र पेपर रिसाइक्लिङ तालिम प्रदान गरेका छौ।लघु उद्यम विकास कार्यक्रमअन्तर्गत नगरभित्रका १० वटै वडाका बेरोजगार युवाहरूलाई ११ दिने उद्यमशीलता विकास तालिम सम्पन्न भयो भने आधारभूत छालाको जुत्ता बनाउने, ब्याग÷झोला बनाउने, मोवाइल मर्मत र मोटरसाइकल मर्मतसम्बन्धी सीप विकास तालिम संचालन भइरहेको छ । साथै लघु उद्यमीहरूको स्तरोन्नतिको लागि एडभान्स बेकरी, मखमली जुत्ता, र सिकर्मी (काष्ठकला) सम्बन्धी सीप विकास तालिम सञ्चालन भइरहेको छ ।
सहकारी
सहकारी सञ्चालकहरू जनताको बचत रकम लिएर भाग्ने क्रम बढेको हुँदा नगरभित्रका सहकारीहरूमा त्यस्तो समस्या नआओस् भनी समय समयमा सूचना प्रवाह, भेलाहरू बोलाइ सचेत पार्दैछौं । समस्या हुने सम्भावना देखिएका सहकारीहरूमा अनुगमन गरी सुधार्ने प्रयास गर्दैछौं । कतिपय सहकारीका सञ्चालकहरूको सम्पत्ति रोक्का गरी जनताको बचत फिर्ता गर्न सक्दो प्रयास गर्दैछौं ।
देको मिवा इतापाके आवास योजना
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजना १६५४ रोपनी जग्गामा सञ्चालन भइरहेको छ । कूल कित्ता संख्या २५०२ मध्ये हालसम्म १०४३ वटा पूर्जा वितरण भइसकेको छ । आयोजनामा पूर्वाधार निर्माणका कामहरू पनि भइरहेका छन् । खोलाको बाटोलगायत मुख्य मुख्य बाटो पिच गर्ने कार्य सम्पन्न हुने क्रममा छ । जग्गाधनीको केही गुनासाहरुबारे समन्वय गरी समाधानका प्रयासहरु भइरहेका छन् । गुठी जग्गा र खोलाको मापदण्डको समस्या समाधानको लागि प्रयासरत छौं ।
विकास निर्माण
भक्तपुर नपा वडा नं. ६ देकोचामा नगरको गौरवको योजना अरनिको सभा भवनको दोश्रो चरणको निर्माण कार्य भइरहेको छ भने भनपा वडा नं. ७ ख“चामा स्वास्थ्य चौकी निर्माण, ख्वप टेलिभिजन स्टुडियो निर्माण कार्य तथा फोहोरमैला प्रशोधन केन्द्र निर्माणको कार्य भइरहेको छ ।रु. ३ करोड २३ लाखको बजेटमा शित भण्डारण गृह भवन निर्माण, रु. ८० लाख बजेटमा बाराही पुल परिसरमा एप्रोच रोड तथा रिटेनिड्ड वाल निर्माण र रु. ५० लाख बजेटमा भनपा ८ पुरानो जागाति पुल निर्माण कार्य भइरहेको छ ।नगरस्तरीय १२ वटा योजनाहरुको कुर्ल १२५६ मि ढुड्डा छपाइ .र भनपा वडा नं. २ को देकोमिवा इतापाके जग्गा एकीकरण आयोजनामा ४ कि.मि पीच कार्य सम्पन्न भइसकेको छ । भ.न.पा.को तारा लाँ, लिबाली, कमलविनायक, देकोचा र चम्पकेश्वर गरी करिब २ कि.मि. बाटोमा पीच कार्य भइरहेको छ । वडास्तरीय योजनाहरुको लागि कुल रु. ६ करोड बजेट विनियोजन भएकोमध्ये हालसम्म रु. ३ करोड २० लाख खर्च भइसकेको छ ।
बजार अनुगमन
उपभोक्ताहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न खाद्य र उपभोग्य सामग्रीहरूको बिक्री वितरणलाई नियमन गर्न भक्तपुर नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । जनताको स्वास्थ्यस“ग प्रत्यक्ष सरोकार राख्ने औषधी पसलहरू, मासु पसल, मिठाइ पसल, किराना पसललगायतका विभिन्न व्यापार व्यवसायको नियमित रुपमा अनुगमन हुँदै आएको छ । अनुगमनको क्रममा भेटिएका म्याद नाघेका र सडे गलेका बस्तुहरू नष्ट गर्ने र मापदण्ड पूरा नगरी व्यवसाय संचालन गरेका व्यवसायीहरुलाई कानूनअनुसार कारवाही गरेका छौं । त्यसैगरी नगरको विकास निर्माणको कामको पनि नियमित अनुगमन भइरहेको छ ।
नक्सापास
आर्थिक वर्ष ०८१।८२ को १० महिनामा कूल ४१९ वटा नक्सा दर्ता भएकोमा सो अवधिमा ३८३ वटा नक्सापास भयो । तीमध्ये ११३ जनाले निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्राप्त गरिसकेका छन् ।
मुद्दा फछ्र्यौट
आर्थिक वर्ष ०८१।८२ को १० महिनामा अनियमित निर्माणलगायतका विषयमा ४३२ वटा मुद्दा फछ्र्यौट भयो । सो अवधिमा नगरपालिकामा कूल ३७७ वटा मुद्दा दर्ता भएको थियो ।
पुस्तकालय
भक्तपुर नगरपालिकाद्वरा सञ्चालित जनज्योति पुस्तकालयमा जम्मा १५९७ जना सदस्य छन् । देशका विभिन्न तहका जनप्रतिनिधिहरु तथा विभिन्न क्षेत्रसँग सम्बन्धित लेखकहरु र अनुसन्धानकर्ताहरु पुस्तकालयको सेवा लिन आउने गरेका छन् । साथै पुस्तकालयको बारेमा जानकारी लिनको लागि सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थीहरु पनि अवलोकन भ्रमण गर्न आइरहेका छन् । यस वर्ष पुस्तकालय प्रयोगकर्ता तथा पाठकहरुको संख्या १८,१७९ रहेका छन् । पुस्तकालयमा ई—लाइबे्ररी प्रयोगकर्ताको संख्या पनि क्रमशः वृद्धि हुदैछ ।
सञ्चार माध्यम
नगरपालिकाको सम्पूर्ण गतिविधि र निर्णयहरू मासिक ‘भक्तपुर’, पाक्षिक ‘ख्वप पौ’, ‘भक्तपुर खबर डट कम’ (अनलाइन) पत्रिका, फेसबुक पेज, वेभ साइटमार्फत सार्वजनिक गर्दै आएका छौं । यो वर्ष भक्तपुर महोत्सव स्मारिका, फोटो पुस्तक, सहकारी आवाज, खेलकुद स्मारिका र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२ गरी ५ वटा पुस्तकहरु प्रकाशित गरिसकेका छौं ।
खानेपानी
नगरबासीहरुको घर—घरमा खानेपानी पु¥याउन हामीले निरन्तर प्रयास गरिरहेका छौं । मेलम्चीको पानी वितरण भएपछि नगरबासीहरुले केही राहतको महसुस गरेका छन् । सम्पूर्ण नगरबासीहरुलाई पानीको सहज पहुँचका लागि पानीका विभिन्न श्रोतहरुको संरक्षणमा पनि हामीले जोड दिइरहेका छौं।
विविध
२०८१ असोज १ गते, भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री माननीय बलराम अधिकारी र २०८१ असोज ६ गते प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मर बहादुर थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले भनपा १ स्थित १०८ रोपनी जग्गा र नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु र ख्वप अस्पतालको अवलोकन भ्रमण गर्नुभयो ।
२०८१ पुस १६ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको निरीक्षण गर्नुभयो ।
तीन वर्षको अवधिमा चितवन जिल्ला राप्ती नगरपालिकाका प्रमुख शम्सेर लामा, मेलम्ची नगरपालिकाको उपप्रमुख उमा प्रधान, गोर्खा जिल्लाको भिमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारालगायत ९० वटाभन्दा बढी स्थानीय तहका प्रमुख, उप प्रमुख र जनप्रतिनिधि तथा विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाको अध्ययन÷अवलोकन भ्रमण गरेको रेकर्ड छ ।
साथै चिनियाँ जनप्रतिनिधिसभाका उपाध्यक्ष सियाओ चिए, चिनियाँ राष्ट्रिय जनजाति मामिला आयोगका माननीय मन्त्री फान युए, क्युवाका कार्यवाहक राजदुत अबेल अबाले डिस्पेन्च, जापानको गुनमा प्रान्तस्थित ओइजुमी नगरका नगर प्रमुख मुरायामा तोसिआकीलगायत विभिन्न देशका उच्च पदस्थ पदाधिकारीहरुले पनि भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गर्नु भएको छ ।
सबै वडाहरुमार्फत स्थानीय गरिब, असहाय तथा विपन्न नागरिकहरुलाई निःशुल्क विद्युतीय चुल्हो वितरण गरियो ।
२०८१ मंसिर १८ गते, ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता अनुसार अपांता सहायक सामग्री वितरण गरियो । समितिले ख्वप अस्पताललाई अपांगता भएकाहरुको लागि फिजियोथेरापी मेसिन, पूर्ण अपांगता भएकाहरुलाई थर्मस र सर्वोत्तम पिठो वितरण गरियो ।
२०८१ फागुन १ देखि भक्तपुर नगरपालिकाबाट राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ ।
भनपा क्षेत्रभित्रका आमाबुबा दुबै नभएका बालबालिकाहरुलाई मासिक रु. २ हजारका दरले रकम वितरण गर्दै आएका छौँ ।
अन्त्यमा, आ.ब. २०८२।८३ का लागि नयाँ योजनाहरु तयारी गर्ने कार्य भइरहेको छ । विगतमा जस्तै यस वर्ष पनि यहाँहरुले नगर र नगरबासीहरुको हितमा अमूल्य सुझावहरु दिएर जनप्रतिनिधिहरुलाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौं ।
सुनिल प्रजापति
प्रमुख, भक्तपुर नगरपालिका
Тяговые аккумуляторные https://ab-resurs.ru батареи для складской техники: погрузчики, ричтраки, электротележки, штабелеры. Новые АКБ с гарантией, помощь в подборе, совместимость с популярными моделями, доставка и сервисное сопровождение.
Продажа тяговых АКБ https://faamru.com для складской техники любого типа: вилочные погрузчики, ричтраки, электрические тележки и штабелеры. Качественные аккумуляторные батареи, долгий срок службы, гарантия и профессиональный подбор.
дивитись безкоштовно серіали турецькі серіали українською мовою
Экспертный ресурс https://accounts-shop-gg.com рад приветствовать вебмастеров в нашем ассортименте расходников для Фейсбука. Когда вы планируете купить аккаунт Facebook для рекламы, чаще всего важен не «одном логине», а в трасте и лимитах: отсутствие вылетов на селфи, зеленые плашки в кабинете и прогретые FanPage. Мы подготовили понятную навигацию, чтобы вы без лишних вопросов понимали какой тип аккаунта брать перед покупкой.Навигация по теме: типы БМов и лимиты. Ключевая идея: аккаунт — это инструмент. Дальше решает схема залива: какой прокси используется, как шерите пиксели без триггеров, как реагируете на полиси и как масштабируете адсеты. Особенность этого шопа — это наличие приватной библиотеки арбитражника, в которой выложены практичные гайды по разбану кабинетов. Тут можно найти акки Facebook под любые цели: от аккаунтов под привязку и заканчивая мощными Кингами с документами. Оформляя у нас, клиент получает не только аккаунт, а также оперативную консультацию, прозрачные правила чека, страховку на момент покупки и максимально низкие цены среди селлеров. Важно: используйте активы законно и всегда с учетом правил Meta.
Качественный проект https://accounts-shop-gg.com открывает доступ заказать аккаунты для бизнеса. Когда вы планируете купить аккаунты Facebook, чаще всего важен не «просто доступе», а в трасте и лимитах: уверенный спенд, зеленые плашки в Ads Manager и прогретые FanPage. Мы собрали понятную навигацию, чтобы вы сразу понимали что подойдет под ваши офферы перед покупкой.Что внутри: типы БМов и лимиты. Ключевая идея: покупка — это только вход. Дальше решает подход к запуску: какой прокси используется, как шерите пиксели аккуратно, как реагируете на полиси и как масштабируете адсеты. Главная фишка данной площадки — это наличие масштабной вики-энциклопедии FB, где выложены рабочие мануалы по фарму аккаунтов. Тут вы найдете акки Facebook для разных сетапов: начиная с аккаунтов под привязку до мощными Кингами с пройденными запретами. Переходите к нам, изучайте полезные материалы по FB, упрощайте работу с Meta и в итоге улучшайте конверт на базе наших расходников уже сегодня. Важно: действуйте в рамках закона и с учетом правил Meta.
Оптовый поставщик по ссылке рад видеть маркетологов в своем каталоге рекламных активов. Если вам нужно купить аккаунт Facebook для рекламы, обычно задача не в «одном логине», а в контроле и порядке: ровная работа, понятные роли между участниками и ясные доступы. Мы подготовили короткую карту выбора, чтобы вы без лишних вопросов понимали куда кликать перед заказом.Быстрый ориентир: откройте родительских категорий Facebook, а если нужен перформанс — переходите сразу в разделы под рекламу: Facebook под рекламу. Важно: покупка — стартовая точка. Дальше решает порядок: кто имеет доступ, как вы меняете настройки без хаоса, как документируете действия и как разделяете тестовые и стабильные процессы. Ключевое преимущество нашего сервиса — это наличии огромной вики-энциклопедии, в которой выложены практичные чек-листы по перформанс-подходу. Здесь вы найдете страницы FB, Insta, TG, Discord для разных сценариев: начиная с простых комплектов до масштабируемыми конфигурациями с прозрачными доступами. Покупая здесь, клиент получает не просто состав, но и всестороннюю помощь саппорта, понятные условия, гарантию на валид плюс самые конкурентные прайсы на рынке. Важно: действуйте в рамках закона и всегда с учетом правил сервисов.
Проверенный маркет маркетплейс FB аккаунтов рад приветствовать маркетологов в своем ассортименте цифровых товаров для FB. Если вам нужно купить аккаунт Facebook для рекламы, обычно задача не в «просто доступе», а в проходимости чеков: уверенный спенд, наличие пройденного ЗРД в кабинете и прогретые FanPage. Мы собрали практичный чек-лист, чтобы вы сразу понимали что подойдет под ваши офферы до оплаты.Коротко: с чего начать: начните с категории Автореги, а для масштабирования — идите сразу в профильные позиции: Безлимитные БМ. Важно: аккаунт — это инструмент. Дальше решает подход к запуску: какой прокси используется, как вы передаете лички аккуратно, как проходите чеки и как масштабируете адсеты. Гордость данной площадки — это наличие приватной образовательной секции, где собраны рабочие гайды по разбану кабинетов. Команда сориентируем, каким образом аккуратно расшарить доступы, чтобы вы спокойно отливали бюджет и продлили жизнь аккаунтам . Вступайте в сообщество, смотрите практичные разборы банов, упрощайте работу с Meta и улучшайте конверт на базе наших расходников уже сегодня. Важно: используйте активы законно и всегда в соответствии с правилами Facebook.
Выгодный магазин https://accounts-ad.com дает доступ подобрать учетки для бизнеса. Когда вы планируете купить Facebook-аккаунты, чаще всего важен не «одном логине», а в контроле и порядке: предсказуемая операционка, разделение задач между участниками и аккуратные изменения. Мы подготовили понятную навигацию, чтобы вы без лишних вопросов понимали что сравнивать перед заказом.Коротко: с чего начать: начните с родительских категорий TikTok, а для рекламной задачи — идите сразу в профильные разделы: Facebook под рекламу. Важно: покупка — это только вход. Дальше решает порядок: кто имеет доступ, как вы меняете настройки аккуратно, как фиксируете изменения и как разделяете тестовые и стабильные процессы. Ключевое преимущество этого шопа — заключается в наличие эксклюзивной базы знаний, где опубликованы практичные инструкции по работе с доступами. Мы сориентируем, как аккуратно выстроить процесс, чтобы вы масштабирование шло спокойнее и соблюдались правила . Заказывая у нас, клиент получает не только состав, но и всестороннюю помощь саппорта, понятные условия, страховку на валид и самые конкурентные цены на рынке. Дисклеймер: используйте активы законно и всегда в соответствии с правилами платформ.
Топовый сервис https://buyaccountstore.today встречает арбитражников в нашем каталоге аккаунтов Facebook. Когда вы планируете купить аккаунт Facebook для рекламы, обычно задача не в «просто доступе», а в качестве фарма: отсутствие вылетов на селфи, наличие пройденного ЗРД в кабинете и правильно созданные ФП. Мы собрали понятную навигацию, чтобы вы сразу понимали какой лимит выбрать до оплаты.Навигация по теме: типы аккаунтов (Мамки, Автореги, Логи). Важно: аккаунт — это инструмент. Дальше решает схема залива: как вяжется карта, как вы передаете лички аккуратно, как реагируете на полиси и как масштабируете адсеты. Гордость этого шопа — заключается в наличие масштабной образовательной секции, в которой собраны рабочие рекомендации по запуску рекламы. Команда подскажем, каким образом аккуратно привязать карту, чтобы вы спокойно отливали бюджет и продлили жизнь аккаунтам . Вступайте в наше комьюнити, изучайте обучающие разборы банов, наводите порядок и в итоге масштабируйтесь на базе наших расходников прямо сейчас. Дисклеймер: используйте активы законно и в соответствии с правилами Facebook.
Мультимедийный интегратор айтек интеграция мультимедийных систем под ключ для офисов и объектов. Проектирование, поставка, монтаж и настройка аудио-видео, видеостен, LED, переговорных и конференц-залов. Гарантия и сервис.