सावित्रा भण्डारीले आफ्नो समर्थकलाई आभारी गर्दै आफ्नो उपचार अगाडी बढ्ने साहस मिलेको जानकारी दिनुभएको छ|
जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी ‘साम्बा’—अस्पतालको बेडबाट क्युआर कोड (QR Code) देखाउँदै उपचारको सहयोग माग्छिन्, तब बुझ्नुहोस्: नेपाली फुटबल
आज के के म’र्यो?
विश्वास म’र्यो : एउटा खेलाडीले राज्यमाथि गर्ने भरोसा आज सदाका लागि समाप्त भयो।
नैतिकता म’र्यो : नेताको उपचारमा करोडौँ खर्च गर्ने सरकार र विलासितामा डुबेको एन्फाले ५ लाख दिएर आफ्नो लाचारी प्रदर्शन गर्यो।
भविष्य म’र्यो : अब मैदानमा साम्बा होइन, एउटा डर खेल्नेछ—कि कतै म पनि घाइते भएँ भने मेरो परिवार सडकमा त आउँदैन?
यो साम्बाको व्यक्तिगत हार होइन, यो हाम्रो खेलकुद प्रणालीको सबैभन्दा कुरूप अनुहार हो। जब देशको जर्सी लगाउनु गर्व होइन, ‘अविश्राप’ बन्न पुग्छ, तब कुन आमाबाबुले आफ्ना छोराछोरीलाई मैदानमा पठाउने हिम्मत गर्लान्? कुन नयाँ प्रतिभाले देशको लागि र *गत बगाउने सपना देख्ला ?
जुन देशमा राष्ट्रिय टोलीको कप्तानले उपचारका लागि फ्यानसँग हात फैलाउनुपर्छ, त्यो देशले ‘खेलकुदको विकास’ भन्नु केवल जोक मात्र हो। साम्बाले त उपचार पाउलिन्, तर नेपाली खेलकुदले आज जुन चोट पायो, त्यसको शल्यक्रिया कतै सम्भव छैन।
आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ । पछिल्लो २४ घण्टामा मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन । आर्थिक रुपमा त यहाँहरुले मेरो उपचारका लागि लाग्ने खर्च जुटाइदिनु भयो नै, मैले पाएको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ । यहि उर्जाले म आफ्नो शल्यक्रिया र पुनर्स्थापनामा शत प्रतिशत मिहिनेत गर्नेछु ।
खेलाडीका रूपमा मैले आजसम्म कमाएको सबैभन्दा ठूलो सम्पत्ति पैसा र उपाधि होइन, यो माया, भरोसा र समर्थन भन्ने मैले फेरी एकपटक ह्रदयदेखि बुझेको छु । यही नै मेरो वास्तविक कमाइ हो ।
मेरो उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भएको छ । मलाई प्रायोजन गर्नुहुने संस्था र अन्य नेपालका धेरै संघ-संस्थाले पनि नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ । यसले मेरो उपचार खर्च मात्र नभएर, कतारमा उपचारका दौरान लाग्ने आवास र यातायात पनि पुग्ने देखिन्छ । कतारमा रहनुहुने विभिन्न व्यक्तित्व र संस्थाले पनि सहयोगको वाचा गर्नुभएको छ । त्यसैले म आजबाट नै दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु ।
म आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि विमा रकम निकासा गरी त्यसमा थप सहयोग गरेर उपचारमा सहजीकरण गरिरहेको छ । चाडैं नै शल्यक्रिया मिति पाएर प्रक्रिया अघि बढ्नेमा विश्वस्त छु ।
यो चोटले मलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकाएको थियो। तर तपाईंहरूको साथले मलाई फेरि उठ्ने साहस दिएको छ। म एक्लो छैन भन्ने विश्वास दिएको छ ।
म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु । अझ मजबुत भएर फर्कनेछु । पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु । देशको लागि, तपाईंहरूको लागि, र त्यो विश्वासको लागि जसले मलाई अघि बढाएको छ ।
मेरो तर्फबाट “धन्यवाद” मात्र पर्याप्त हुँदैन । तपाईंहरूको यो माया र समर्थनको साँचो धन्यवाद भनेको मेरो पुनरागमन हुनेछ । फेरि नेपालको जर्सी लगाएर देशको लागि जित्ने मेरो प्रतिवद्धता हुनेछ ।
चाँडै मैदानमा भेटौंला ।

नेपाली खेल जगतमा योगदान गर्ने खेलाडीको राज्यले निभाउनु पर्ने जिम्मेवारी कहिले कार्यान्यवन हुन्छ|