kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

नागरिकको बिचल्ली पारेर देश विकास हुदैन

काठमान्डौ

टोखा नगरपालिकाको वडा न.७ स्थित दाहाल गौडा र बसुन्धरा क्षेत्रमा सरकारी/सार्वजनिक जग्गामा घर,टहरा बनाई भाडा असुली धन्दा भैरहेको भन्ने उजुरी काठमान्डौ उपत्यका बिकास प्राधिकरणले २०८२/०३/१५ सूचना जारि गरि ७ दिन भित्रको समयमा जग्गा खालि गर्ने र नगरेको खण्डमा भाडा असुल्ने र संस्था चलाउने संस्थाको प्रमुखलाई पनि कानुनी दायरामा ल्याउने जानकरी दिएको र समयमा खालि नगरे चल अचल सम्पति समेत रोक्का गर्ने चेतावनी सूचना पत्रमा उल्लेख भएको देखिन्छ|

चैत्र ०९ गते टोखा नगरपालिका प्रहरीलाई प्राप्त पत्रमा भने बिहान ८ बजे देखि त्यहाको संरचना भत्काउने कार्यमा सहयोग मागेको उल्लेख गरेको देखिन्छ|हाम्रो टिमले त्यहाको वडा कार्यालय र टोखा नगरपालिकाको सूचना अधिकारीसंग दाहाल गौडा र बसुन्धरा सरकरी जग्गामा बसोबास गरिरहेको नागरिक समक्ष केहि जानकारी पुगेको छ कि छैन भन्ने प्रश्न उहाँहरुले कुनै सूचना र जानकरी नै नभएको बताए| टोखा नगरपालिका र ७ वडाले किन त्यहाको नागरिकलाई बिचल्ली बनाए भन्ने बिषय बुझ्न वडा अध्यक्षलाई कार्यलयमा भेट्न जादा कार्यलयमा नभएको र फोन सम्पर्कमा पनि जोडिन सकेन| जनप्रतिनिधिको जनता र त्यहाँको वडा भित्रको समुदायसँग सत्य तथ्य सूचना दिन नसक्नु कारण केहि न केहि कमजोरी भएको प्रष्ट देखिन्छ|

काठमान्डौ उपत्यका बिकास प्राधिकरणले पनि भौतिक संरचना भत्काउने र हटाउनु भन्दा पहिला सम्बन्धित वडा कार्यालय र नगरपालिकाले सबै व्यक्तिलाई जानकरी प्राप्त गरेको छ कि छैन प्रष्ट नभई काम कार्बाही अगाडी बढाएको प्रष्ट देखिन्छ|  सरकारी स्तरको निकाय र जनप्रतिनिधिले नै कानुनी र समन्वय भने पटक्कै गरेको देखिनन्|

आर्थिक स्तर देखि बिबिध समस्याको कारण सुकुम्बासी बस्तीमा बसोबास नागरिकलाई घर न घाट बनाउने सरकारी यो कदम जनताको सेवा सुबिधा दिने भन्दा पनि जनतालाई अन्याय गरेको खुल्ला रुपमा देखिन्छ|

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.