kathmanduonlinemedia.com

मधेश प्रदेशमा खानेपानी संकटमा कमि हुने

बर्षातको समयमा पनि नेपालको अन्नको भण्डार भनेर चिनिने तराईका केहि जिल्लामा पानीको जटिल समस्याले ग्रस्त छन! त्यहाँको स्थानीयले खेतीपाती गर्ने समयमा यो समस्या आउदा प्रभावित जिल्लाको जनताको सुझाब समेत राज्यको अभिभावकको भूमिकामा रहेको सम्मानीय प्रधानमन्त्रीबाट पनि बिशेष चासो नदेखिएको जिल्लाबासीले संचारकर्मीसंग गुनासो गरेको थियो!

खानेपानी मन्त्रि प्रदिप यादवले विशेष चासोको साथ अघि बढाएको थियो! यसै क्रममा केहि समय पछी समाधान हुने जानकारी दिएको छ!

मधेश प्रदेशमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि आज सिंहदरबारमा भारत सरकारका विज्ञ टोलीहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

मेरो विशेष निमन्त्रणामा उपस्थित भारतीय विज्ञ टोलीसँग मधेश प्रदेशमा देखा परेको खानेपानी संकट र यसको दीर्घकालीन समाधानका विषयमा गहन छलफल भएको छ।

उक्त टोली भोलि मंगलबारदेखि तराई–मधेसका संकटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ।

खानेपानीको संकट सबैभन्दा तीव्र रूपमा वीरगंज महानगरपालिकामा देखिएको छ भने बारा र अन्य जिल्लाका विभिन्न वडाहरूमा पनि पानी अभावले गम्भीर चुनौतीहरू निम्त्याइरहेका छन्। नेपाल सरकार मधेश प्रदेशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन प्रतिबद्ध छ।

भारत सरकार जलशक्ति मन्त्रालयसँग केही महिना अघि हस्ताक्षर भएको समझदारी पत्र (MOU) को फलस्वरूप आजको सहकार्य सम्भव भएको हो। यसले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दछु।

 

मिति : २०८२ साल श्रावण २६ गते, सोमबार

स्थान : सिंहदरबार, काठमाडौँ

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.