kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

Continue reading

ललितपुर

पुल्चोक दाउरा थकालीमा आगलागी

पुल्चोक दाउरा थकालीमा आगलागी

ललितपुर कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ । मंगलबार दिउँसो पौने ४ बजेतिर आगलागी सुरु भएको थियो ।फागुन १९ गते पुल्चोकस्थित दाउरा थकाली पाँचो तल्लामा लागेको आगो नेपाली सेनाबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायसँगको सहकार्यमा नियन्त्रणमा लिएको छ । ललितपुर महानगरपालिका दमकलहरु पुगेर आगलागी नियन्त्रणमा लिइसकेका छन् । थकालीका मेनेजर भुवन आचार्यको अनुसार छतमा बनाएको रुफटप थकालीको संरचना जलेर नष्ट भएको जानकारी दिनु भएको छ|घटनामा मानवीय क्षति भएको छैन|विद्युत सर्ट भएर आगलागी भएको थियो।आगलागीको पूर्ण नियन्त्रण लिन नेपाल आर्मीको ठुलो भूमिका देखिन्छ|
Read More
ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान

ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान

    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.