17
Mar
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज नगर प्रहरी, वडा निरीक्षक र बजार व्यवस्थापकहरुसँग बैठक बस्यो ।बैठकमा नगरको फोहोर, ढल, सडक, पार्किङ, तरकारी बजार व्यवस्थापन, अनियमित निर्माण, सामुदायिक पशुपंक्षी नियन्त्रण, निर्माण सामाग्री व्यवस्थापन, मर्मत सम्भार, उच्छृङखल गतिविधि, पर्ति र सार्वजनिक जग्गा संरक्षण तथा हकर्स नियन्त्रण आदि विषयमा छलफल भयो । बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर भएको बताउँदै भक्तपुर नगरपालिकाले यहाँका मूर्त र अमूर्त कला र संस्कृति तथा सम्पदाहरुलाई जीवन्तता दिने काम गरिरहेको बताउनुभयो । नगरपालिकाको नीति, योजना र कार्यक्रम जनतासमक्ष लैजाने काम कर्मचारीहरुबाट हुने बताउँदै उहाँले कर्मचारीहरु ज्ञान, सीप र…