kathmanduonlinemedia.com

पाठेघरको मुखको क्यान्सर र स्तन परिक्षण सम्बन्धी स्वास्थ्य शिविर

भक्तपुर नगरपालिका १ वडा कार्यालयको आयोजनामा पाठेघरको मुखको क्यान्सर र स्तन परिक्षण सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्द्घाटन समारोहका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले सम्पुर्ण नगरबासीलाई आफ्नो स्वस्थ्य प्रति सचेत रहन आग्रह गर्दै भावी पुस्तालाई अनुशासित जीवन जिउन प्रेरित गर्नु पर्ने कुरा बताउनु भयो । शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रहरुमा सरकारले निशुल्क सेवाको ब्यबस्था गर्नु पर्ने कुरामा जोड दिदै भक्तपुर नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यलाई मध्यनजर गरेर समय समयमा स्वास्थ्य शिविर तथा घरदैलो नर्सिङ सेवा लगायत विभिन्न कार्यक्रम मार्फत जनचेतनामूलक अभियान चलाउदै आएको कुरा बटाउनु भयो।

भनपा १ का वडाध्यक्ष श्याम कृष्ण खत्रीले नगरपालिकाले गर्दै आएका विभिन्न कार्यक्रमहरुमा सहभागी भएर लाभ उठाउन अनुरोध गर्दै वडामा हुँदै आएका विकास निर्माणका कार्यहरु बारे जानकारी दिनु भयो।

स्थानीय समाजसेवि कृष्ण बहादुर दुगुजुले नेपाल मजदुर किसान पार्टिको चुनावी घोषणापत्र बमोजिम यहाँका जनप्रतिनिधिहरुले निस्वार्थ भावले काम गरेको कारण शिक्षा,स्वास्थ्य र सस्कृती लगायतका क्षेत्रमा भक्तपुर नगरपालिका अब्बल रहेको कुरा औल्याउँनु भयो।

ख्वप अस्पतालका स्वास्थ्य नर्स रचना सुवालले महिलाहरु दिदिबहिनीहरुमा हुने पाठेघरको क्यान्सर बारे समयमै सचेत हुन सके यसको सम्भावित क्षति न्यूनीकरण गर्न सकिने कुरा बताउनु भयो। कार्यक्रममा १ वडाका जनप्रतिनिधिहरु कल्पना शिल्पकार, गङ्गा लक्ष्मी बमनु र सुर्य प्रसाद श्रेष्ठले पनि बोल्नु भएको थियो । प्रमुख अतिथी उपप्रमुख रजनी जोशीले स्वास्थ सामग्री हस्तान्तरण गर्नुभई सुरु भएको शिविरमा जम्मा १५१ जना महिला दिदिबहिनीहरुले सहभागी भई स्वास्थ्य परिक्षण गराउनुभएको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.