भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जिल्ला र स्थानीय तहहरुको अध्ययन भ्रमणका क्रममा आज महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीसँग भेट गर्नुभयो । प्रमुख क्षेत्रीले प्रमुख प्रजापतिसहितको टोलीलाई बर्दिबास नपामा खादा ओढाएर स्वागत गर्नुभयो । उक्त भेटघाटमा उहाँहरुबीच दुई नगरपालिकाका विभिन्न पक्ष र देशको समसामयिक राजनीतिक विषयमा छलफल भयो ।
प्रमुख प्रजापतिले भक्तपुर नेपालको सबैभन्दा सानो सहर हुनुका साथै धेरै जनसंख्या भएको सहर भएको बताउँदै भक्तपुर नेपालको सबैभन्दा धेरै घुम्न जाने पर्यटकीय गन्तव्य हो भन्नुभयो ।
नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेका उदाहरणीय कामहरुबारे अवगत गराई नपाले सातवटा कलेजहरु सञ्चालन गर्नुका साथै गरिब तथा जेहेनदार विद्यार्थीहरुmलाई छात्रवृत्ति र आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाई शैक्षिक ऋणको पनि व्यवस्था गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले देशको वर्तमान राजनीतिक अवस्थाले देशलाई अराजकतातर्फ लाने सम्भावना भएको बताउँदै देशलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने बताउनुभयो ।
बर्दिबास नपाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्थानीय सरकार आएपछि बर्दिबास नपामा धेरै विकासका गतिविधिहरु अगाडि बढेको स्मरण गर्दै स्थानीय सरकारलाई स्वायत्त रुपमा काम गर्न धेर्र कठिनाइहरु रहेको उल्लेख गर्नुभयो ।
जेनजी आन्दोलनले देशैभरिका सरकारी कार्यालयहरुमा भएको आगजनी र तोडफोडले देशलाई थप आर्थिक भार परेको बताउँदै उहाँले देश पुनः पहिलेको अवस्थामा आउन अझ धेरै समय लाग्ने बताउनुभयो
भेटमा बर्दिबास नपाका उपप्रमुख तारादेवी महत्तोले बर्दिबास नपाले गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा र सबै नगरबासीहरुको लागि निःशुल्क रगतको व्यवस्था गर्दै आएको बताउनुयभो ।
बर्दिबास नपाभित्र ५२ वटा विद्यालयहरु रहेको र ती विद्यालयमा पठनपाठनको लागि शिक्षकको अभाव रहेको औंल्याउँदै उपप्रमुख महत्तोले बर्दिबास नपामा विभिन्न जातजाति, भाषाभाषीका जनताहरुको बसोबास रहेको बताउनुभयो ।
बर्दिबास नपाभित्र मुसहर बस्ती पनि रहेको उल्लेख गर्दै उहाँले नपाभित्र उत्पादित कृषिजन्य वस्तुहरु काठमाडौं उपत्यकामा निर्यात पनि हुँदै आएको बताउनुभयो ।
उक्त भेटघाटमा भक्तपुर नपाको तर्फबाट वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवाल पनि हुनुहुन्थ्यो । त्यस्तै बर्दिबास नपाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, कार्यपालिका सदस्य, न्यायिक समितिमा कर्मचारीलगायतको पनि उपस्थिति थियो । भेटपश्चात नगर प्रमुख प्रजापतिले प्रमुख क्षेत्रीलाई नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो |
the best adult generator adult fantasy ai chat create erotic videos, images, and virtual characters. flexible settings, high quality, instant results, and easy operation right in your browser. the best features for porn generation.
личный сервис рассылок рассылка писем через сервис
melbet gratuit pour android melbet telecharger
site web 1win gratuit 1win apk
жк цены на квартиры жк светский лес сочи застройщик
химчистка и реставрация обуви химчистка обуви в москве