kathmanduonlinemedia.com

श्रम गरेर देशको आर्थिक बिकास गर्ने समय: सडक,न्यायलय,विदेशिने,हिरासत राजनीतिक कार्यक्रममा

नेपाल प्रहरीले वकिल दिनेश त्रिपाठीलाई हातपात गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी नेपाल प्रहरीको अधिकारिक फेसबुक पेजमा विभिन्न चरणमा सर्बाजनिक गरेको बिषयहरु निम्न अनुसार सार्बजनिक गरेको छ|

मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरुको भिड रहेको अबस्थामा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी अदालतको दक्षिण गेट अगाडीको सडक खण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखि आक्रमण गर्ने व्यक्तिहरु मध्ये जिल्ला दोलखा तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार के.सी.लाई नियन्त्रणमा लिई ज्यान मार्ने उधोग कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको ।

साथै उक्त वारदातमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको ।

क)पक्राउ परेको व्यक्ति:-
१. जिल्ला दोलखा तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर         महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार के.सी.

२.जिल्ला हुम्ला अदानचुली गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौ सुर्यदर्शन हाईट बस्ने बर्ष ३२ को महानन्द जैसी भन्ने महेन्द्र पाण्डे ।

३.जिल्ला झापा बुद्ध शान्ती गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला काठमाडौं का.म.न.पा वडा नं ३२ शान्तीनगर बस्ने बर्ष ५५ कि शितल राई भन्ने सिता देबी राई ।

नेपालि समाजमा आम समुदाय र  सम्बन्धित सरकारी निकायले जनताको मन मस्तिकमा सहि र दुरदर्शिताको समस्या समाधानको बिकल्पमा नजानुको काराण मुख्य कारक बन्दै जानुको र नेपाली जनतामा विभिन्न दल,राजनीतिक संगठनमा अबद्दा भएर अमुल्य समयको बर्बादी र भावी पुस्तालाई अध्यारो दिशामा धकेलिरहेको छ|

हरेक सरकारी निकाय देखि राजनीतिक दलले देशमा जनताको लागि जनतामुखी कार्यसम्पादन गरेको भए आजको जनताहरु यो सडक,परदेश अनि हरेक दिन न्यायालय धाउने समय देशमा श्रम गरेर देशको आर्थिक सम्ब्रीद्दी दिशा लाग्ने निश्चित छ |

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.