प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई भक्तपुरमा स्वागत

भक्तपुर नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई स्वागत कार्यक्रम ग¥यो । नगर प्रमुख सुनिल प्रजापतिले प्रजिअ पाण्डेलाई पुष्पगुच्छा र खादाले सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुरको लागि अनुभवी प्रमुख जिल्ला अधिकारी पाएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले…

Read More

भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको बिदाइ

भक्तपुर भक्तपुरबाट अर्घाखाँची सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई आज एक समारोहबीच बिदाई गरियो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई पुष्पगुच्छा र खादा ओढाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो । बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी अर्यालको कार्यकाल छोटो…

Read More

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा उद्घाटन

भक्तपुर नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभाको आज एक समारोहबीच उद्घाटन भयो । कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिनु जरुरी रहेको बताउनुभयो । संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको एकाइ जस्तो…

Read More

मौलिक शैलीका घरलाई अनुदान

भक्तपुर नगरभित्र नगरपालिकाको मापदण्ड अनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका घरधनीहरुलाई हिजो एक कार्यक्रमबीच अनुदान प्रदान गरेको थियो । जसन्तर्गत अनुदान लिनेमा वडा नं ५ का कृष्णदेवी सिबन्जारलाई रु। ३ लाख, वडा नं। ४ का लक्ष्मीप्रसाद मधिकर्मी र उत्तमप्रसाद मधिकर्मीलाई रु। ३ लाख, वडा नं। ५ का मनिषा साखलाई रु। १…

Read More

वडा नं. २ मा पाठेघर र स्तन क्यान्सर सम्बन्धि शिविर सम्पन्न

भक्तपुर वडा नं. २ मा पाठेघर र स्तन क्यान्सर सम्बन्धि शिविर सम्पन्न, १४८ जना लाभान्वित भएका छन् | भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा पाठेघर र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भयो । शिविरमा प्रमुख अतिथि भक्तपुर नपाका उप-प्रमुख रजनी जोशीले शिक्षा सँगसँगै स्वस्थ जीवन जीउन समय अनुसार स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेको वताउनु…

Read More

होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेदसम्बन्धी अभिमुखीकरण कार्यक्रम

भक्तपुर आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरको आयोजनामा स्वास्थ्य पर्यटन प्रवद्र्धनका लागि बागमती प्रदेशभित्र रहेका होटल, होमस्टे सञ्चालकहरुलाई आयुर्वेसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आयुर्वेद चिकित्सा मौलिक चिकित्सा पद्धति र चिकित्सा विज्ञानको जननीको रुपमा रहेको उल्लेख गर्दै नसर्ने रोगको उपचारमा…

Read More

१३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रवचन कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुरहरु एक हुनु जरुरी रहेको बताउनुभयो । समाजवाद स्थापनाको निम्ति नागरिक भावनामा परिवर्तन…

Read More

कुथु सुब्या दुगुद्योको मन्दिर पुन:निर्माण सम्पन्न

आज मिति २०८२ बैशाख आईतबार भक्तपुर नगरपालिका वडा न. ५ स्थित कुथु सुब्या दुगुद्योको मन्दिर पुन:निर्माण सम्पन्न गरी गजुर प्रतिस्थापन कार्य सम्पन्न गरिएको छ | भक्तपुर जिल्लामा नेवारी समुदायले आफ्नो सास्कृतिलाई जोगाउन निक्कै अग्रसर छन् | भक्तपुर जिल्लामा भएको धेरै जसो मठमन्दिरहरु मर्मत सम्भार गर्ने र पुननिर्माण गर्ने काम पछिल्लो चरणमा त्यहाको स्थानीय सरकार नगरपालिका…

Read More

इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समिति पुनः गठन

  भक्तपुर इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समितिको शनिबार पुनः गठन भयो । भक्तपुरमा सम्पन्न इन्जिनियरहरूको भेलाले नयाँ कार्यसमिति गठन तथा ७ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका साथै बैठकले प्रदेशहरूमा समाजको सङ्गठन विस्तारको लागि प्रदेश समन्वयको जिम्मेवारी पनि तोकेको छ । उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले इन्जिनियरिङ सेवामा…

Read More

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक

भक्तपुर २०८१ चैत्र १४ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले २०८१।८२ को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न…

Read More
Back To Top