kathmanduonlinemedia.com

सांसद प्रेम सुवालद्वारा भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा उद्घाटन

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभाको आज एक समारोहबीच उद्घाटन भयो ।

कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिनु जरुरी रहेको बताउनुभयो ।

संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको एकाइ जस्तो व्यवहार गर्नु संविधानको भावनाविपरीत रहेको बताउँदै सांसद सुवालले प्रदूषण फैलाउने औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्न नपाले संघ सरकारसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं उपत्यकालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सके देशको विकासमा समेत टेवा पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक घोषणा गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

अस्पताल र औद्योगिक क्षेत्रबाट निस्कने फोहोर स्वास्थ्यको लागि हानिकारक हुने हुँदा ती फोहोरको व्यवस्थापनमा अलग नीति अपनाउनुपर्ने बताउँदै उहाँले विद्यालयहरुमा बालबालिकाको पोषणबारे आवश्यक कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

सांसद सुवालले न्यायालयका न्यायाधीश र मुख्य मुख्य अधिकारीहरु सम्बन्धित क्षेत्रबाट चुनाव गराई नियुक्ति नगरेसम्म जनताले निष्पक्ष रुपमा न्याय पाउन मुश्किल हुने बताउँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयलाई शहरी विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

सांसद सुवालले संसदले सरकारलाई जवाफदेही बनाउनुपर्ने बताउँदै कलेज तथा विद्यालयहरुमा अध्ययन अनुसन्धानको क्षेत्रलाई जोड दिनुपर्छ भन्नुभयो ।

नेमकिपाले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गराउनुपर्ने विषयलाई संसदमा निरन्तर जोड दिँदै आएको बताउँदै कक्षा ९ र १० मा इतिहास, भूगोल, राजनीतिशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, कानुनी शिक्षा, नेपालभाषा आदिका विषय अध्ययन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यसहित सांस्कृतिक नगर घोषणा गर्न यस नगरसभाले पहल गर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने, गुणतरीय शिक्षाको पहुँच, सहज स्वास्थ्य उपचारमा पहुँच, देशकै नमुना नगर बनाउने र सार्वजनिक, पर्ति, सरकारी जग्गा संरक्षणलाई जोड दिने नीति लिएको उहाँले बताउनुभयो ।

नेपालमा संविधानको भावनाबमोजिम संघीयता कार्यान्वयनमा आउन नसकेको बताउँदै प्रमुख प्रजापतिले संघ र प्रदेश सरकारहरुले स्थानीय तहलाई आफ्नो मातहतको एकाइजस्तो व्यवहार गर्नु संविधान र संघीयताको भावनाविपरीत भएको बताउनुभयो ।

बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले नगरसभा पूर्ण सफलताको कामना गर्दै सरकारले आफ्नो नीति तथा कार्यक्रमको उपलब्धीबारे जनतामाझ प्रस्तुत गरी जवाफदेही र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

उहाँले जनताको साथ र सहयोगले प्रस्तुत नीति तथा कार्यक्तम सफल कार्यान्वयन हुने बताउँदै जनसेवक कर्मचारीहरुले जनप्रतिनिधिसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नगरका पोखरी, खुल्ला क्षेत्र, शैक्षिक संस्था तथा सबै कार्यालयहरुमा हरियाली प्रवद्धनमा जोड दिई भक्तपुरलाई सुन्दर नगरको रुपमा परिणत गर्न आवश्यक छ भन्दै उहाँले पुरानो र नयाँ युग झल्काउने राम्रा राम्रा कला संग्रहालय निर्माणतर्फ नपाले जोड दिनुपर्ने बताउनुभयो ।

बागमत प्रदेश सभा सदस्य सृजना सैंजुले नेपाल सरकारको बजेट खोक्रो र परनिर्भर भएको बताउँदै असारे विकास बजेटमा नाममा भ्रष्टाचार र आर्थिक चलखेल हुने गरेको प्रष्ट पार्नुभयो ।

संघीयता लागू भएको ७ वर्ष पूरा भए पनि बजेटको ढाँचामा कुनै भिन्नता नआएको बताउँदै उहाँले भक्तपुर नपाले विकास निर्माणको बेग्लै संस्कृति अपनाएर भक्तपुरको विकास गरिरहेको छ भन्नुभयो ।

भक्तपुर अहिले देशकै लागि आशाको किरण बनिरहेको बताउँदै उहाँले नगरका गल्ली गल्लीमा भुस्याहा कुकुर नियन्त्रण र सडक बत्तीको व्यवस्था गरी नगरलाई पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरसभाले २०८२।८३ को नीति तथा कार्यक्रम तयार गरी आवश्यक बजेट निर्माण गरी अगाडि बढ्ने बताउँदै भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आ.व. २०८१।८२ को महत्वपूर्ण उपलब्धीको रुपमा रहेको बताउनुभयो ।

भक्तपुरको गौरवको योजनाअनुसार नगरपालिकाले अरनिको सभाभवन निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै नगरपालिकाको सेवा सुविधालाई चुस्तदुरुस्त बनाउन अनलाइन प्रणालीमार्फत सेवा विस्तार गर्दै लगिने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले १२२ बुँदामा प्रस्तुत भक्तपुर नपाको नीति तथा कार्यक्रमलाई नगरसभाले आवश्यक छलफल गरी अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक भएको बताउँदै स्थानीय सरकार जनताको नजिक र उत्तरदायी संस्था भएको बताउनुभयो ।

सडक दुर्घटना, विपद न्युनीकरण, सुरक्षाका पूर्वाधारमा पनि नपाले विशेष जोड दिनुपर्ने बताउँदै नागरिकले राज्यबाट गर्ने अपेक्षालाई सेवा प्रवाहको क्रममा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।

ख्वप अस्पतालका निम्ति मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरेको अवगत गराउँदै आ.व. २०८२।८३ मा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले नयाँ आर्थिक वर्ष थप जनमुखी र उपलब्धीमूलक बनाउने प्रतिबद्धता जनाउनुभयो ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप इ. र ख्वप कलेज अफ इ. ले कलेज स्थापनादेखि हालसम्म ८ हजारभन्दा बढी विद्यार्थीहरुmलाई इन्जिनियरिङ शिक्षा प्रदान गरिसकेको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापनामा ढिलाइ भए पनि नपाबाट सञ्चालित कलेजहरुले विश्वविद्यालयस्तरको शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।

नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाको १८ औ“ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत भक्तपुर नगरपालिकाको (आ.व. २०८२/८३) को नीति तथा कार्यक्रम) को पूर्ण पाठ
नगर सभासद्हरू,
सर्वप्रथम नेपालको ऐतिहासिक जनआन्दोलनहरूमा सहादत्त प्राप्त गर्नुभएका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र अन्य योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछाँै ।
बि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनपछि भक्तपुर नगरपालिकाको यो चौंथोे नीति तथा कार्यक्रम हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ मा हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरी बजेट पेश गर्नुपर्ने प्रावधान छ । सोही कानुनी प्रावधानअनुसार आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछौँ र बजेटको तयारी गर्दैछौँ ।
नाचगानको राजधानी, सा“स्कृतिक नगर र संसारकै ठूलो जीवित सङ्ग्रहालयको उपमा पाएको भक्तपुर नगरपालिका पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदैछ । नेपाल मजदुर किसान पार्टीले निर्वाचनको बेला जारी गरेको घोषणापत्र नै हामीले जनताबीच गरेको प्रतिबद्धता हो । हाम्रो कार्यकाल ३ वर्ष पूरा भइसकेको छ । यसबीचमा हामीले निर्वाचनको बेला जनतासमक्ष गरेका प्रतिबद्धताहरू एक एक गरी पूरा गर्दै आएका छाँै ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणलगायतका कार्यहरू गर्दैछौँ । राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा हो भने भावनालाई आत्मसात गर्दै सेवाकै भावनाले काम गरिरहेका छौं । नेपालमा संघ, प्रदेश र स्थानीय तहको दुई—दुई पटक निर्वाचन सम्पन्न भइसकेर पनि संविधानको भावनाबमोजिम संघीयता राम्रोसँग कार्यान्वयनमा आउन सकेको छैन । स—साना १–२ लाखको योजना पनि संघ र प्रदेशको बजेटमा समावेश हुनु, जिल्लास्तरीय सरकारी कार्यालयहरू यथावत रहनु, स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार नहुनु, संघ र प्रदेशले स्थानीय तहलाई दिने सामानीकरण अनुदानलाई घटाउँदै लानु र स्थानीय तहबाट तलब खाने शिक्षकहरूमाथिको नियन्त्रण संघ सरकारअन्तर्गत हुनु संघीयता कार्यान्वयनका चुनौतीहरू हुन् । संघ र प्रदेश सरकारहरूले स्थानीय तहलाई आफ्नो मातहतको एकाइजस्तो व्यवहार गर्नु संविधान र संघीयताको भावना विपरीत छ । स्थानीय तह जनताको सबभन्दा नजिकको जनप्रतिनिधि संस्था हो । जनतालाई कुनै समस्या पर्दा सबभन्दा पहिले पुग्ने ठाउँ स्थानीय तह नै हो । यसर्थ स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनुपर्छ भन्नेमा हाम्रो जोड रही आएको छ । संविधान र कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रहेर काम गर्न सबै स्थानीय तहहरू स्वतन्त्र छन् । भक्तपुर नगरपालिकाले पूर्ण स्वायत्तताको अभ्यास गर्ने प्रयास गरिरहेको छ ।
२०७२ सालको भूकम्पले सबभन्दा बढी क्षतिग्रस्त शहरहरूमध्ये भक्तपुर नगरपालिका एक हो । यहाँका हजारौं घरहरूमा पूर्ण र आँशिक क्षति पुगेको थियो भने सयौं सम्पदाहरू ध्वस्त भएका थिए । ती प्रायःजसो सम्पदाहरू विदेशीको सहयोगविना स्थानीय जनताको साथ र सहयोगमा पुनःनिर्माण र जिर्णाेद्घार सम्पन्न गरिसकेका छौं । हाल केही सम्पदाहरू निर्माणाधीन छन् । भक्तपुर नगरपालिका जनताको साथ र सहयोगमा आत्मनिर्भर अर्थतन्त्रको विकासको निम्ति निरन्तर प्रयासरत छ ।
आ.व. २०८२।८३ को नीति तथा कार्यक्रममा निम्न विषयहरूलाई जोड दिएका छाँै ः—
– भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यसहित सा“स्कृतिक नगर घोषणा गर्न पहल गर्ने,
– भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने,
– कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गरी शिक्षा सबैको पहुँच पु¥याउने,
– सबै नगरबासीलाई सहज स्वास्थ्य उपचारमा पहुँच पु¥याउने,
– सम्पदा संरक्षण, खेलकुद र कृषिलगायतको क्षेत्रमा जोड दिने,
– भक्तपुरलाई देशकै नमुना नगर बनाउने,
– हरेक युवाहरूलाई सीपमूलक तालिमहरू दिई आत्मनिर्भर बनाउने,
– क्रमागत योजनाहरू सम्पन्न गर्ने र नयाँ नयाँ योजनाहरू अगाडि बढाउने,
– विकास निर्माणका कार्यहरूमा स्थानीय स्रोत र साधनहरूको अधिकत्तम प्रयोग गर्ने र
– सार्वजनिक, पर्ति र सरकारी जग्गा संरक्षण गर्ने ।
नगर सभासद्हरू,
अब म विषयगत रुपमा अवलम्बन गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ः–
क) शिक्षा
१) भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेका २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरूमा हाल ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् । नगरपालिकाले शिशुस्याहार केन्द्रदेखि स्नातकोत्तर तहसम्म जनताका छोराछोरीहरूलाई शिक्षा प्रदान गर्दै आएको छ । हामीले भक्तपुरका जनताको चाहनालाई ध्यानमा राखी ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर पहल गरिरहेका छौँ ।
२) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्डको संयुक्त आयोजनामा आगामी वर्ष ‘भूकम्प इन्जिनियरिड्ड’, सम्पदा, सूचना प्रविधिलगायतका विषयमा राष्ट्रिय सम्मेलन र त्यसैगरी ‘चौंथो भूकम्प इन्जिनियरिड्ड तथा विपद्पछिको पुनःनिर्माण’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गरिनेछ ।
३) ख्वप कलेजमा विज्ञान विषयका विभिन्न प्रयोगशालाहरू सञ्चालनमा रहेकोमा ‘ख्वप अनुसन्धान केन्द्र’ स्थापना गरी सञ्चालनमा ल्याइनेछ । त्यसैगरी ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिड्ड मा पनि अनुसन्धान केन्द्र स्थापना र सञ्चालन गरिनेछ । त्यसको लागि भक्तपुर नगरपालिकाबाट आवश्यक अनुदानको व्यवस्था गरिनेछ ।
४) भक्तपुरको कला, संस्कृति, इतिहास, वातावरण, पर्यटनलगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने भक्तपुर नगरबासीहरूलाई अनुसन्धानवृत्तिको व्यवस्था गरिनेछ ।
५) भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा विद्यार्थीहरूको माग र समयअनुसार स्नातक र स्नातकोत्तर तहमा नयाँ नयाँ विषयहरू थप गर्दै लगिनेछ । आगामी शैक्षिक वर्षबाट ख्वप इन्जिनियरिड्ड कलेजमा स्नातक तहमा थप दुईवटा शैक्षिक कार्यक्रमहरू बी.सी.ए. र बी.आई.टी. का कक्षाहरू सञ्चालन गरिनेछ । सीटीईभीटीबाट सम्बन्धन प्राप्त ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा सामान्य चिकित्सा (एच.ए), फार्मेसी, रेडियोग्राफी र ल्याब टेक्निसियन विषयहरू सञ्चालन गर्न स्वीकृतिको लागि प्रस्ताव गरेकोमा स्थलगत अनुगमन समेत भइसकेको हुँदा ती विषयहरूमा सम्बन्धन प्राप्त भएमा कक्षाहरू सञ्चालन गरिनेछ ।
६) नगरपालिकाले हाल ६ वटा वडाहरूमा शिशु स्याहार तथा बालविकास केन्द्र स्थापना र सञ्चालन गर्दै आएकोमा भ.न.पा. वडा नं. १० कमलविनायकमा आवश्यक पूर्वाधारको निर्माण गरी थप शिशुस्याहार केन्द्र सञ्चालन गरिनेछ साथै शिशु स्याहार केन्द्र विस्तारलाई निरन्तरता दिइनेछ ।
७) सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न आवश्यक शिक्षक तालिम, पूर्वाधारहरूको निर्माण तथा विद्यार्थी सङ्ख्याको आधारमा सहज पठनपाठनको व्यवस्थाको लागि आवश्यकताअनुसार अनुदानको व्यवस्था गरिनेछ । भौतिक पूर्वाधार निर्माणको लागि बजेटको व्यवस्था गरिनेछ ।
८) विद्यालय तथा कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई सीपयुक्त बनाउन चित्रकला, धातुकला, पौभा लेखन, मूर्तिकला, काष्ठकला, मृत्तिकाकला, मौलिक प्रविधिमा आधारित निर्माण विधिसम्बन्धी तालिमलगायतका प्रशिक्षणहरूको व्यवस्था मिलाइने छ ।
९) स्थानीय पाठ्यक्रम समयानुकूल परिमार्जन गरी आवश्यक सन्दर्भ सामग्रीहरू प्रकाशन गरी पठनपाठनमा सहज व्यवस्थापन गरिनेछ ।
१०) स—साना विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित गर्न वडाका विभिन्न स्थानहरूमा आवश्यकताअनुसार गृहकार्य कक्षहरू सञ्चालनको व्यवस्था गरिनेछ ।
११) विद्यालय र कलेज नजिक निश्चित दुरीमा मदिराजन्य तथा सूर्तिजन्य पदार्थ बिक्री वितरण निषेध गर्ने नीति लिइनेछ ।
१२) आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्ने उद्देश्यले शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा हालसम्म ७५० जनाभन्दा बढी विद्यार्थीहरूलाई रु. ५ लाखसम्म ऋण स्वीकृत गरी अध्ययनको अवसर दिइआएकोमा त्यसलाई निरन्तरता दिइनेछ ।
१३) इतिहास, भूगोल, राजनीति शास्त्र, संस्कृति, नेपाल भाषा, दर्शन शास्त्र जस्ता बिषयहरू लिएर पढ्ने नगरबासी विद्यार्थीहरूका लागि विद्यावारिधिसम्म पूर्ण छात्रबृति दिएर अध्ययनको अवसर प्रदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइनेछ ।
१४) विद्यार्थीहरूमा स्वयम्सेवी तथा सदाचारी भावनाको विकास गर्न विद्यालयहरूमा नैतिक शिक्षाको अध्ययन अध्यापनको साथै शील स्वभावजन्य व्यवहार सिकाउने शिक्षाको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
१५) नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई पढाईसँगै दक्ष बनाउन नगरपालिका, वडा कार्यालय तथा नगरपालिकाअन्तर्गतका विभिन्न कार्यालयहरूमा इन्टर्नसिपको व्यवस्था मिलाइनेछ ।
१६) विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय तह, प्रदेश र संघको निर्वाचन प्रणाली र संसदीयको गतिविधिबारे जानकारी दिने उद्देश्यले निर्वाचन प्रक्रिया र संसदीय नमुना अभ्यासहरू गराउने व्यवस्था मिलाइनेछ ।
१७) विभिन्न परीक्षामा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूको आधारमा विषयगत शिक्षकहरूलाई निश्चित मापदण्ड बनाई प्रोत्साहनस्वरुप सम्मान कार्यक्रम गरिनेछ ।
१८) कानुनी ज्ञानको अभावमा धेरै नागरिकहरू विभिन्न अपराधजन्य कसुरमा फस्ने गरेको पाइएको हुँदा विद्यालय तहदेखि नै कानुनी शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालयहरूमा समय समयमा कानुनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालनको व्यवस्था गरिनेछ ।
१९) बढ्दो विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकहरूको अभावको कारण उचित पठनपाठन हुन नसकेको गुनासोलाई ध्यानमा राखेर त्यस्ता विद्यालयहरूमा क्रमशः स्वयम्सेवक शिक्षकको व्यवस्था गर्दै लाने नीति लिइनेछ ।
२०) मा.वि. तहका सबै विद्यालयमा विज्ञान तथा गणित प्रयोगशाला स्थापना गर्ने नीतिअनुसार क्रमशः त्यसको विस्तार गर्दै लगिनेछ र विद्यालय अनुगमनलाई थप प्रभावकारी बनाइनेछ ।
२१) सम्पदा संरक्षणलाई विद्यालय तहदेखि नै सचेत पार्न ‘एक विद्यालय एक सम्पदा सरसफाई’ नीतिलाई निरन्तरता दिइनेछ ।
२२) विद्यालयहरूमा स्वयम्सेवक दल (स्काउट ट्रुप) हरू बनाउँदै लगिनेछ र स्काउट शिक्षकहरूलाई स्वयम्सेवी भावना विकास गराइ विद्यालयहरूमा प्रिलिमिनरी ट्रेनिङ कोर्स (पी.टी.सी.) र बेसिक ट्रेनिङ कोर्स (बी.टी.सी.) तालिम प्रदान गर्ने व्यवस्था गरिनेछ ।
२३) महिलाहरूलाई निरन्तर शिक्षा सञ्चालनको व्यवस्था गरिनेछ ।
२४) जनज्योति पुस्तकालयलाई स्तरीकरण गर्दै लगिनेछ । युवा विद्यार्थीहरूमा पठन संस्कृतिको विकासको लागि नगरका अन्य पुस्तकालय तथा वाचनालयहरूलाई व्यवस्थित सञ्चालन गर्न आवश्यक सहयोग गर्ने नीति लिइने छ ।
ख) स्वास्थ्य
२५) भक्तपुर नगरपालिकाले १०० शैय्याको ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गर्दै आएको छ । ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपिडी सेवा प्रदान गर्दै आएको छ । चालु वर्षको साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा ७४ जिल्लाका २ लाख ५९ हजार ७६८ जना बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरिसकेको छ । त्यसैगरी श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आगामी आ.व.देखि ख्वप अस्पतालमा सीटी स्क्यान सेवा सुरु गरिनेछ साथै मृगौलास“ग सम्बन्धित विरामीहरूलाई सहजता प्रदान गर्न डायलासिसको व्यवस्थाको लागि पनि आवश्यक प्रकृया अगाडि बढाइने छ । ख्वप अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रमलाई प्रभावकारी ढड्डले अगाडि बढाइनेछ ।
२६) भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगत प्रदान गर्दै आएकोमा त्यसलाई निरन्तरता दिइने छ । गम्भीर रोग लागेका बिरामीहरूलाई दिइ“दै आएको आर्थिक सहयोगलाई निरन्तरता दिइनेछ ।
२७) वडा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा थप स्वास्थ्य उपकरणको व्यवस्था गर्दै स्तरीकरण गर्दै लगिनेछ र नियमित स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिइनेछ । ७ नं. वडाको स्वास्थ्य केन्द्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
२८) आयुर्वेदिक तथा वैकल्पिक उपचार सेवालाई प्रभावकारी बनाउँदै लगिनेछ ।
२९) विद्यालयहरूमा बालबालिकाहरूका लागि दन्त, आँखा साथै नाक, कान, घाँटीलगायतको स्वास्थ्य परीक्षण शिविर सञ्चालनको व्यवस्था मिलाइनेछ ।
३०) ख्वप तिलगंगा आँखा अस्पतालबाट प्रदान गरिने सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै लगिनेछ ।
३१) वडा नर्स र स्वास्थ्य स्वयम्सेविकामार्फत सुत्केरी महिला स्याहार तथा सुत्केरी भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ ।
३२) घरदैलो नर्सिङ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
ग) सम्पदा, संस्कृति
३३) स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार भक्तपुरलाई साँस्कृतिक नगर घोषणा गर्न बागमती प्रदेश सरकारमा पहल गरिनेछ ।
३४) ऐतिहासिक र धार्मिक महŒव रहेका विभिन्न स्थानका घाटहरू सुधारको नीतिलाई गुरुयोजना बनाई व्यवस्थित रुपमा अगाडि बढाइनेछ ।
३५) परम्परागत बाजाको बोल लिपिबद्ध गरी क्रमशः प्रकाशित गरिनेछ र दाफा भजनका थ्या साफूहरू आवश्यकताअनुसार पुनःलेखन गर्न मद्दत गरिनेछ ।
३६) विश्व सम्पदा सूचीमा सुचिकृत भक्तपुर दरबार क्षेत्रमा अवस्थित ९९ चोकको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाइनेछ ।
३७) सम्पदा र संस्कृति प्रवद्र्धन गर्न नगरका मुख्य मुख्य सम्पदाहरूको संक्षिप्त परिचय, छोटो भिडियोहरू, मोबाइल एप र क्यूआरकोड, फोटोसहित पुस्तक प्रकाशनलगायतको व्यवस्था गरिनेछ ।
३८) स्थानीय कला र संस्कृतिबारे विद्यार्थीहरूलाई शिक्षित गर्न र परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको क्रमशः व्यवस्था गर्दै लगिनेछ ।
३९) भक्तपुरको ऐतिहासिक र पुरातात्विक महŒव बोकेको जगन्नाथ क्षेत्रको अध्ययन अनुसन्धानलाई जोड दिइनेछ र उक्त क्षेत्र वरिपरिको वातावरण सुधार गरी संरक्षण गरिनेछ ।
४०) वडा वडामा रहेका निजी घरहरू धराप भई विभिन्न कारणले बनाउन नसकेको अवस्थामा नगरपालिकाले घरधनीबाट पछि लागत असुल गर्नेगरी घर निर्माण गर्ने नीति लिइनेछ ।
४१) वडा वडामा रहेका केही महŒवपूर्ण सम्पदाहरू वडास्तरबाटै स्थानीय जनताको सहयोगमा पुनःनिर्माण र जीर्णोद्धार गर्न वडास्तरीय सम्पदा संरक्षणका लागि छुट्टै बजेटको व्यवस्था गरिनेछ ।
घ) कृषि
४२) नगरपालिकाभित्र कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषि पकेट क्षेत्रमा कार्यरत नगरबासी किसानहरूलाई प्रोत्साहनका गतिविधिलाई अगाडि बढाइने छ ।
४३) नगरको उपयुक्त स्थानमा आधुनिक पशु वधशालाको निर्माण गरिनेछ ।
४४) किसानहरूबाट उत्पादित वस्तुहरू उपभोक्तासम्म सहज रुपमा पु¥याउन भनपा ५ मा सञ्चालित कृषि बजारलाई थप व्यवस्थित गर्दै लगिनेछ ।
४५) किसानहरूसँग जग्गा जमिन घट्दो क्रमलाई ध्यानमा राखेर कृषि उत्पादन वृद्धि गर्न सघन कृषि तालिम तथा कौसी खेतीका तालिमहरू सञ्चालन गरिनेछ ।
४६) कृषि उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ प्रयोग गर्न तरकारी र फलफूललगायत संकलन र भण्डारण गर्न भनपा वडा नं ८ मा निर्माणाधीन चिस्यान केन्द्र सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।
४७) सूचिकृत किसानहरूलाई परिचयपत्र वितरण गरी आवश्यक कार्यविधि बनाई कृषक ऋणको व्यवस्था गरिनेछ ।
४८) किसानहरूलाई जैविक मल तथा जैविक विषादी प्रयोगबारे अभिमुखीकरण गरी जनताको स्वास्थ्यमा नकारात्मक असर पार्ने रासायनिक मल तथा विषादी प्रयोगलाई न्यूनीकरण गर्दै लगिनेछ ।
४९) नगरभित्र रहेका भुस्याहा कुकुरहरूलाई नियन्त्रण र व्यवस्थापन गरिनेछ । रेविजविरुद्धको खोप तथा बन्ध्याकरण कार्यलाई निरन्तरता दिइनेछ ।
५०) रैथाने बाली, बिऊको संरक्षण कार्यमा जोड दिइनेछ ।
५१) माटोको उर्वरशक्ति बढाउन भक्तपुर नगरपालिकाबाट उत्पादित कम्पोष्ट मल प्रयोग विधिबारे किसानहरूलाई आवश्यक तालिम दिएर कम्पोष्ट मल प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।
ङ) पर्यटन
५२) भक्तपुरको आन्तरिक र बाह्य पर्यटन विकासमा टेवा पु¥याउन समय समयमा विभिन्न उत्सवहरू, सन्ध्याकालीन पदयात्रा तथा साँस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ ।
५३) स्थानीय उत्पादन तथा हस्तकलाहरूलाई पर्यटन लक्षित गरी उपहारको व्यवस्था गर्ने र उत्पादित वस्तुहरू बिक्री वितरणका लागि उपयुक्त स्थानमा कोसेली घर सञ्चालनमा ल्याइनेछ ।
५४) आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धिलाई ध्यानमा राखी आवश्यकताअनुसार व्यवस्थित शौचालयहरू निर्माण गरिनेछ ।
५५) आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहज रूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारीसाधनको व्यवस्था गरिनेछ ।
५६) आवश्यकताअनुसार नगरका थप नाकाहरूमा पनि पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ ।
५७) आन्तरिक र बाह्य पर्यटकहरूलाई लक्षित गरी परम्परागत साँस्कृतिक प्रदर्शनीका लागि उपयुक्त स्थानमा नियमित साँस्कृतिक गतिविधि गर्ने व्यवस्था मिलाइनेछ ।
५८) भक्तपुरमा रहेका मठ, मन्दिर, देवालय, शिवालय, पोखरी, ढुड्डेधारा, पाटी, सत्तलहरूको तथ्यांकहरू संकलन गरी व्यवस्थित अभिलेख तयार गरिनेछ ।
५९) गाईजात्रामा प्रस्तुत हुने साँस्कृतिक विधाहरूको प्रतिस्पर्धा, साँस्कृतिक बाजा प्रतियोगिता, साँस्कृतिक गुरु सम्मान, साँस्कृतिक प्रशिक्षण तथा तालिमलाई निरन्तरता दिइनेछ ।
६०) सम्पदा क्षेत्र र सडकहरूमा रात्रीकालीन बत्तीको व्यवस्था गरिनेछ ।
च) विकास निर्माण
६१) नगरको गौरवको योजनाको रुपमा रहेको अरनिको सभाभवन निर्माणलाई निरन्तरता दिइनेछ र त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ । त्यसैगरी तरकारी बजार पूर्वाधार निर्माण, प्राङ्गारिक मल प्रशोधन केन्द्र, भनपा वडा नं ५ भेलुखेलमा निर्माणाधीन पार्किङ स्थल र भनपा १० स्थित स्वास्थ्य केन्द्र भवनको बाँकी निर्माण कार्य सम्पन्न गरिनेछ । भनपा वडा नं १ मा बहुउद्देश्यीय भवन निर्माण कार्य शुरु गरिनेछ । त्यसको लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
६२) सम्पदातर्फ इन्द्रायणी द्यो छेँ पुनःनिर्माण, इखालाछी मठ पुनःनिर्माण, थंथु दरबार पुनःनिर्माण, दरबार क्षेत्रस्थित पाहाँ छें पुनःनिर्माण र स“ला गणेश पोखरी पुनःनिर्माण कार्यलाई निरन्तरता दिइनेछ । छुमा गणेश द्यो छेँ पुनःनिर्माण र हाडा छेँ पुनःनिर्माण कार्य सम्पन्न गरिनेछ । खोला किनारका घाटहरू पुनःनिर्माण कार्यलाई योजनाबद्ध ढंगले अगाडि बढाइनेछ । त्यसको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
६३) लिबाली आवास योजना र तुमचो दुगुरे आवास योजनाका सडकहरू क्रमशः कालोपत्रे गर्दै लगिनेछ । ख्वप कलेज, बंको हुँदै छालिङ गुडीसम्म खोला छेऊमा सडक (करिडोर) निर्माण कार्य अगाडि बढाइनेछ ।
छ) युवा तथा खेलकुद
६४) हरेक वर्ष नियमित रुपमा आयोजना गर्दै आएको अन्तर नगर खेलकुद प्रतियोगिता र अन्तर विद्यालय खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ । नियमित खेलकुद प्रशिक्षणलाई निरन्तरता दिंदै थप खेलहरूको पनि प्रशिक्षणको व्यवस्था मिलाइनेछ ।
६५) उपयुक्त पोखरीलाई बालबालिकाहरूका लागि पौडी प्रशिक्षण पोखरीको रुपमा पूर्वाधार तयारी गरी सञ्चालनमा ल्याइनेछ ।
६६) विद्यालयहरूमा क्रमशः खेलकुद प्रशिक्षकको बन्दोबस्त गरी विद्यालय तहमा नै विभिन्न खेलहरूको नियमित प्रशिक्षणको व्यवस्था मिलाइनेछ । साथै विद्यालयहरूमा आत्मरक्षाको तालिम सञ्चालन गरिनेछ ।
६७) नगरभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय तथा कलेजहरूमा नगरपालिकाको सिफारिसमा छात्रवृत्तिको व्यवस्था गरिनेछ । खेलाडी तथा प्रशिक्षक सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
६८) खेलकुद प्रशिक्षक र प्रशिक्षार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य बीमाको व्यवस्था गरिनेछ ।
६९) खेलमैदानको आवश्यकतालाई ध्यानमा राखी भनपा वडा नं. २ स्थित शहीद स्मृति खेलमैदान र भनपा वडा नं. ७ स्थित महेश्वरी खेलमैदानलाई व्यवस्थित बनाउने प्रक्रियालाई अगाडि बढाइनेछ । नगरका उपयुक्त स्थानमा फुटसलको व्यवस्था गरिनेछ ।
७०) वडा खेलकुद समितिहरूलाई सक्रिय बनाइ अन्तर वडा खेलकुद प्रतियोगिताहरूको आयोजना गर्न प्रोत्साहित गरिनेछ । त्यसको लागि आर्थिक सहयोगको व्यवस्था गरिनेछ ।
७१) वडा वडामा रहेका खुला व्यायामशालाहरू थप व्यवस्थित गर्दै आवश्यकताअनुसार व्यायामशालाहरू निर्माण गर्दै लगिनेछ ।
७२) नगरका विभिन्न स्थानमा रहेका टीम क्लबहरू परिचालन गरी वडास्तरमा पनि खेलकुद प्रशिक्षणलाई विस्तार गरिनेछ ।
७३) वडा वडामा नियमित प्रशिक्षण दिइरहेको छिकोङ शारीरिक व्यायाम प्रशिक्षणलाई विद्यालय स्तरमा विस्तार गरिनेछ ।
ज) सहकारी
७४) सहकारी संस्थामार्फत नगरबासीहरूलाई वित्तीय साक्षरता तथा सामाजिक, साँस्कृतिक एवं आर्थिक स्तर विकासका लागि कक्षा सञ्चालन गरिनेछ ।
७५) सहकारी संस्थाहरूलाई प्रविधिमैत्री बनाउन डिजिटल अभिलेखीकरणको व्यवस्था गरिनेछ ।
७६) सहकारीमा रहेका रकम समाजसेवाको निम्ति पनि खर्च गर्न आदर निकेतन, शिशु स्याहार केन्द्र, स्वास्थ्य केन्द्र, उपभोक्ता पसलजस्ता सेवामूलक संस्था खोल्न प्रेरित गरिनेछ । यस्ता कार्यहरू नगरपालिकाले कार्यविधि बनाई साझेदारीमा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइनेछ ।
७७) सहकारीहरूलाई उद्योग तथा अन्य उत्पादनमूलक गतिविधिमा आकर्षित गर्न सरोकारवालाहरूसित छलफल र अन्तरक्रियाहरू गरी विभिन्न कार्यक्रमहरू तय गरिनेछ ।
७८) नगर क्षेत्रभित्रका सहकारी संस्थाहरूको नियमित अनुगमनलाई निरन्तरता दिँदै समयानुकूल तालिमको व्यवस्था गरिनेछ ।
७९) गरिबीको कारण कुनै पनि विद्यार्थी उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नदिन सहकारी सदस्यहरूलाई शैक्षिक ऋणको व्यवस्था गर्न उत्साहित गरिनेछ ।
८०) बचत तथा ऋण सहकारी संस्थाहरूलाई पर्यटन उद्योग लक्षित होम स्टे, फेमिली स्टे सञ्चालनमा प्रोत्साहित गरिनेछ ।
८१) उत्कृष्ट सहकारी संस्थालाई मापदण्ड बनाई पुरस्कृत गरिनेछ ।
८२) ‘एक सहकारी एक क्षेत्र सरसफाई’ कार्यक्रम तथा साँस्कृतिक प्रशिक्षणलाई निरन्तरता दिंदै थप प्रभावकारी बनाउँदै लगिनेछ ।
झ) वातावरण
८३) नगरभित्रका खोलाहरू नापी नक्साअनुसार पर्खाल उठाई सुधार कार्यलाई निरन्तरता दिइने र खोलाका किनाराहरूमा रुख–बिरुवा रोपी हरियाली प्रबद्र्धन गरिनेछ ।
८४) भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा हरियालीसहित उपयुक्त क्षेत्रहरूमा आकर्षक पार्कहरूको निर्माण गरिनेछ ।
८५) नगर क्षेत्रमा प्लाष्टिकको विकल्प तयार गरी प्लाष्टिकको प्रयोग न्युनीकरण गर्दै लगिनेछ । घरदैलोबाटै प्लाष्टिकजन्य, कागजजन्य र अन्य पुनःप्रयोग गर्न मिल्ने फोहरहरू सङ्कलनको आवश्यक व्यवस्था गरिनेछ ।
८६) नगरका पोखरीलाई सौन्दर्यकरण गर्नुका साथै आयस्रोतको रूपमा विकास गर्दै लगिनेछ ।
८७) पुरानो नगर क्षेत्रमा क्रमशः सवारीसाधन निषेध गर्दै लगिनेछ । भविष्यमा नगरभित्र सवारीसाधन निषेध गर्न आवश्यक योजनाहरू तयार गरिनेछ ।
८८) पार्किङको समस्या दिनानुदिन भइरहेको कुरालाई ध्यानमा राखी मापदण्ड बनाई घरले चर्चेको क्षेत्रफलको आधारमा घरधनीहरूलाई नक्सापाससँगै सवारीसाधनको ग्यारेजको व्यवस्था आफैले बनाउनुपर्ने नीति लिइनेछ ।
ञ) खानेपानी
८९) खानेपानीको प्राचीन स्रोतहरू इनार, ढुँगेधारा, पोखरीलगायतलाई परम्परागत शैलीमै संरक्षण गरिनेछ ।
९०) नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन भइरहेको पहललाई निरन्तरता दिइनेछ र उक्त क्षेत्रको संरक्षणका लागि आवश्यक व्यवस्था गरिनेछ ।
९१) आकाशे पानी सड्ढकलन कार्यका लागि नगरबासीहरूलाई प्रोत्साहित गरिनेछ । जल पुर्नभरणका लागि जोड दिइनेछ ।
९२) नगरभरि सबै क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई मेलम्चीको पानी घर घरसम्म पु¥याइ खानेपानीको समस्या समाधान गर्न आवश्यक व्यवस्था गरिनेछ ।
ट) आत्मनिर्भरता
९३) नगरबासी युवाहरूलाई आत्मनिर्भर बनाउन सहुलियत ब्याजदरमा युवा उद्यमशीलता ऋणको व्यवस्था गर्दै आएकोमा सो कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
९४) भक्तपुर नगरपालिकाले युवाहरूलाई सीपमूलक तालिमहरू सिकर्मी, डकर्मी, कम्प्युटर, बेकरी, सिलाई, कुक, हेयर कटिङ, जुत्ता बनाउने, जग्गा नापजाँच, बुटिक, प्लम्बर, विद्युतलगायतका तालिमहरू सञ्चालन गरिआएकोमा थप व्यापक बनाउँदै लगिनेछ । फ्रिज, वासिङ मेसिन, पानी तान्ने पम्प मर्मतलगायतका तालिमहरू सञ्चालनमा जोड दिइनेछ । होम स्टे र फेमिली स्टेको तालिमलाई अगाडि बढाइनेछ ।
ठ) विपद् व्यवस्थापन
९५) प्राकृतिक, स्वास्थ्यजन्य तथा मानवीय गतिविधिका कारण आउन सक्ने सम्भावित विपद् न्यूनीकरणका उपायहरूबारे सचेतना अभियान सञ्चालन गरिनेछ । युवाहरूलाई विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिनेछ ।
९६) विपद् प्रतिकार्यका आवश्यक सामग्रीहरू नगरपालिका र अन्तर्गतका शाखा तथा वडा कार्यालयहरूमा आकस्मिक प्रयोगका लागि व्यवस्था गरिनेछ ।
ड) सुशासन
९७) कर्मचारी प्रशासनलाई चुस्त तथा सेवाग्राहीमैत्री बनाइनेछ ।
९८) कर्मचारीको मनोबल उच्च बनाउन कार्यसम्पादनमा आधारित दण्ड पुरस्कारको व्यवस्था गरिनेछ ।
९९) नगरपालिकाको संगठन तथा व्यवस्थापन (ओ. एण्ड. एम.) सर्वेक्षण सञ्चालन गरिनेछ ।
१००) समय समयमा कर्मचारीहरूको क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिनेछ ।
ढ) विविध
१०१) भक्तपुरका मुख्य मुख्य पर्यटकीय स्थलहरूमा क्रमशः फ्रि वाइफाइको व्यवस्था गर्दै लगिनेछ ।
१०२) नगरपालिकाको आवश्यक विवरणहरू समावेश गरी नगर प्रोफाइल निर्माण गरिनेछ ।
१०३) नयाँ पुस्तामा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न आवश्यक नीति बनाइनेछ ।
१०४) भक्तपुर नगरको पूर्वी क्षेत्रमा बढिरहेको यातायातको चापलाई ध्यानमा राखी यातायात व्यवस्थापनमा सहजता प्रदान गर्न भनपा वडा. नं. ८ स्थित लिवाली आवास क्षेत्रको खोला किनाराको सडक पिच गरी वैकल्पिक बाटोको रुपमा विकास गरिनेछ ।
१०५) नगरमा हुने आपराधिक गतिविधि न्यूनीकरण गर्न नगरका बाँकी स्थानहरूमा क्रमशः सीसी क्यामेरा जडान गर्दै लाने र रात्रीकालीन बत्तीको व्यवस्था गरी नगरबासीहरूलाई सुरक्षा प्रबन्धको प्रत्याभूति दिइनेछ ।
१०६) घरदैलो कर टोलीको गठन गरी कर संकलनलाई अझ व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
१०७) नगरका सडक तथा सम्पदाहरूको नियमित मर्मत सम्भार टोलीको व्यवस्था गरिनेछ ।
१०८) भक्तपुर नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको औद्योगिक क्षेत्रस्थित पेपर रिसाइक्लिङ तथा हस्तकला उद्योगमा आवश्यक जनशक्तिको व्यवस्था गरी व्यवस्थित सञ्चालन गरिनेछ ।
१०९) हनुमन्त्ते खोला दायाँबाँया सडक (करिडोर) निर्माण कार्यलाई अगाडि बढाइनेछ ।
११०) नगरभित्रका पर्ती, सरकारी र सार्वजनिक जग्गाको संरक्षणका साथै नगरभित्र रहेका दाफा, भजन, सम्पदाहरूको व्यवस्थित अभिलेखीकरण गरिनेछ ।
१११) भक्तपुरको मौलिकता संरक्षण गर्न माटो जोडाइको घर निर्माण गर्ने नगरबासीहरूलाई विशेष सुविधा दिई प्रोत्साहन दिने नीति लिइनेछ ।
११२) नक्सापास प्रक्रिया तथा कर संकलन सेवा अनलाइन मार्फत प्रदान गरिनेछ ।
११३) नगरका विभिन्न स्थानमा आवश्यकताअनुसार पार्किङ स्थलको व्यवस्थापन गरिनेछ ।
११४) सुर्यविनायक चोकबाट राममन्दिर हुँदै टौमढी आउने र वंशगोपालबाट बाराही मन्दिर हुँदै सुर्यविनायक जाने बाटोलाई एकतर्र्फी बनाइनेछ ।
११५) उद्योग क्षेत्रहरू उपत्यका बाहिर स्थानान्तरण गर्ने नेपाल सरकारको नीतिलाई सहयोग पु¥याउन भक्तपुरको घना बस्ती रहेको भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर स्थानान्तरण गर्न पहल गरिनेछ र त्यस क्षेत्रलाई घरेलु उत्पादनमा आधारित औद्योगिक ग्रामको रुपमा विकास गरिनेछ ।
११६) भनपा ६ महाकाली अँचा पोखरीस्थित हालै निर्माण सम्पन्न भएको आदर निकेतनमा आवश्यक जनशक्तिको व्यवस्था गरी सञ्चालनमा ल्याइनेछ ।
११७) उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर नियमित रूपमा गर्दै आएको बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।
११८) जुजु धौ, ताइच्यून चिउरा, हाकुपटासी, भादगाउँले टोपी, तोरीको तेल, काष्ठकला, धातुकला, हस्तकला, मुकुण्डो निर्माणलगायत घरेलु उत्पादनलाई प्रोत्साहित गरिनेछ । समय समयमा घरेलु उत्पादन मेलाको आयोजना गरी प्रचारप्रसारमा जोड दिइनेछ ।
११९) देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिइनेछ र जग्गाधनी तथा मोहीहरूको जग्गा फिर्तालाई निरन्तरता दिइनेछ । गुठी जग्गा कमाउने किसानहरूको समस्या समाधानको लागि निरन्तर पहल जारी राखिनेछ ।
१२०) भक्तपुर नगरभित्रका व्यवसायीहरूलाई सहजताका लागि सम्बन्धित पक्षहरूसँग समन्वय गरी ढक तराजु नवीकरणको व्यवस्था नगरपालिकाभित्रै गर्ने व्यवस्था मिलाइनेछ ।
१२१) युवाहरूलाई लागु औषधिको दुब्र्यसनबाट टाढा राख्न नियन्त्रण र निषेधको नीति लिइनेछ ।
१२२) अपाङ्ता भएका र बालबालिकाहरूको लागि विशेष कार्यक्रमहरू संचालन गरिने छ ।
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रमलाई व्यापक छलफल गरी सभासदहरूले पारित गर्न हार्दिक अनुरोध गर्दछौं|

 

By Kathmandu Online Media

6 Comments

  • Тяговые аккумуляторные https://ab-resurs.ru батареи для складской техники: погрузчики, ричтраки, электротележки, штабелеры. Новые АКБ с гарантией, помощь в подборе, совместимость с популярными моделями, доставка и сервисное сопровождение.

  • Продажа тяговых АКБ https://faamru.com для складской техники любого типа: вилочные погрузчики, ричтраки, электрические тележки и штабелеры. Качественные аккумуляторные батареи, долгий срок службы, гарантия и профессиональный подбор.

  • Топовый маркет купить БМ Фейсбук открывает доступ приобрести профили под рекламу. Если вам нужно купить аккаунты Facebook, обычно задача не в «просто доступе», а в качестве фарма: стабильный запуск, наличие пройденного ЗРД в Ads Manager и прогретые FanPage. Мы подготовили короткую карту выбора, чтобы вы без лишних вопросов понимали какой тип аккаунта брать перед заказом.Коротко: с чего начать: откройте категории Автореги, а для масштабирования — переходите напрямую в профильные позиции: BM 250$. Важно: покупка — это только вход. Дальше решает схема залива: как вяжется карта, как шерите пиксели без триггеров, как проходите чеки и как масштабируете адсеты. Особенность нашего сервиса — это наличие масштабной образовательной секции, где написаны актуальные гайды по проходу ЗРД. Команда поможем, каким образом грамотно запустить первый адсет, чтобы вы спокойно отливали бюджет а также продлили жизнь аккаунтам . Заходите в наше комьюнити, читайте обучающие материалы по FB, стройте систему и в итоге улучшайте конверт вместе с нами уже сегодня. Важно: действуйте в рамках закона и в соответствии с правилами Facebook.
    Качественный площадка https://buyaccountstore.today открывает доступ приобрести учетки для бизнеса. Если вам нужно купить Facebook-аккаунты, обычно задача не в «одном логине», а в трасте и лимитах: стабильный запуск, зеленые плашки в кабинете и прогретые FanPage. Мы оформили понятную навигацию, чтобы вы сразу понимали какой тип аккаунта брать перед заказом.Что внутри: порядок захода по куки. Ключевая идея: аккаунт — это инструмент. Дальше решает подход к запуску: какой прокси используется, как вы передаете лички без риска банов, как реагируете на полиси и как дублируете кампании. Главная фишка нашего сервиса — заключается в наличии масштабной образовательной секции, где выложены рабочие мануалы по разбану кабинетов. Тут доступны решения Facebook под разные задачи: начиная с миксов до мощными Кингами с документами. Заходите к нам, читайте обучающие разборы банов, упрощайте работу с Meta и в итоге улучшайте конверт вместе с нами уже сегодня. Дисклеймер: действуйте в рамках закона и всегда в соответствии с правилами Facebook.
    Оптовый шоп перейти в каталог рад видеть арбитражников в своем разделе рекламных активов Meta. Когда вы планируете купить Facebook-аккаунты, чаще всего важен не «одном логине», а в проходимости чеков: отсутствие вылетов на селфи, зеленые плашки в Ads Manager и правильно созданные ФП. Мы подготовили понятную навигацию, чтобы вы сразу понимали какой тип аккаунта брать перед покупкой.Быстрый ориентир: начните с категории Фарм (King), а для масштабирования — переходите сразу в разделы под залив: ПЗРД Кинги. Ключевая идея: аккаунт — это инструмент. Дальше решает схема залива: какой прокси используется, как вы передаете лички без триггеров, как реагируете на полиси и как дублируете кампании. Гордость нашего сервиса — это наличии огромной образовательной секции, в которой выложены свежие сетапы по фарму аккаунтов. На сайте вы найдете аккаунты Meta для разных сетапов: от дешевых авторегов до мощными Кингами с документами. Заходите к нам, изучайте полезные кейсы по заливу, наводите порядок и в итоге масштабируйтесь с помощью нашего сервиса прямо сейчас. Дисклеймер: действуйте в рамках закона и всегда с учетом правил Meta.
    Проверенный магазин https://buyaccount.digital открывает возможность подобрать учетки для таргета. Когда вы планируете купить аккаунт Facebook для рекламы, чаще всего важен не «просто доступе», а в проходимости чеков: уверенный спенд, зеленые плашки в кабинете и прогретые FanPage. Мы подготовили практичный чек-лист, чтобы вы без лишних вопросов понимали какой тип аккаунта брать перед покупкой.Навигация по теме: FAQ по ЗРД. Важно: аккаунт — это инструмент. Дальше решает подход к запуску: как вяжется карта, как шерите пиксели без риска банов, как реагируете на полиси и как масштабируете адсеты. Ключевое преимущество данной площадки — это наличии огромной образовательной секции, в которой написаны свежие инструкции по работе с БМами. Здесь вы найдете решения FB под любые цели: от аккаунтов под привязку до ПЗРД сетапами с высоким лимитом. Вступайте в сообщество, изучайте полезные материалы по FB, наводите порядок и в итоге повышайте ROI вместе с нами без задержек. Важно: используйте активы законно и с учетом правил Meta.
    Автоматический маркетплейс маркетплейс аккаунтов рад приветствовать вас в нашем пространстве расходников. Когда вы планируете купить Facebook-аккаунты, чаще всего важен не «одном логине», а в управляемости: предсказуемая операционка, разделение задач внутри команды и аккуратные изменения. Мы подготовили понятную навигацию, чтобы вы сразу понимали что уточнить перед покупкой.Коротко: с чего начать: откройте родительских категорий Google, а если нужен перформанс — переходите напрямую в профильные разделы: Google Ads. Важно: покупка — это только вход. Дальше решает система: как выдаются права, как вы ведете кампании последовательно, как фиксируете изменения и как отделяете тесты от масштабирования. Гордость данной площадки — заключается в наличии приватной базы знаний, в которой выложены рабочие инструкции по работе с доступами. На сайте вы найдете акки Google, Twitter, Telegram под разные задачи: начиная с базовых комплектов до расширенными сборками с понятным составом. Заходите к нам, читайте обучающие материалы, стройте систему и улучшайте контроль вместе с нами без задержек. Важно: действуйте в рамках закона и всегда с учетом правил сервисов.

  • Экспертный сайт купить валидные аккаунты FB предлагает возможность подобрать аккаунты под залив. Когда вы планируете купить аккаунт Facebook для рекламы, обычно задача не в «просто доступе», а в проходимости чеков: отсутствие вылетов на селфи, наличие пройденного ЗРД в кабинете и прогретые FanPage. Мы собрали понятную навигацию, чтобы вы без лишних вопросов понимали какой лимит выбрать перед покупкой.Что внутри: порядок захода по куки. Ключевая идея: покупка — это только вход. Дальше решает схема залива: как вяжется карта, как вы передаете лички без триггеров, как проходите чеки и как дублируете кампании. Особенность данной площадки — это наличие приватной базы знаний по FB, где собраны свежие рекомендации по проходу ЗРД. Тут доступны аккаунты FB под разные задачи: начиная с миксов до трастовыми БМами с пройденными запретами. Оформляя у нас, клиент получает не просто валидный профиль, но и оперативную помощь саппорта, ясное описание товара, страховку на валид и максимально низкие цены в нише. Важно: действуйте в рамках закона и в соответствии с правилами Facebook.

  • Мультимедийный интегратор ай-тек интеграция мультимедийных систем под ключ для офисов и объектов. Проектирование, поставка, монтаж и настройка аудио-видео, видеостен, LED, переговорных и конференц-залов. Гарантия и сервис.

Leave a Reply to Georgekilia Cancel reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.