काठमान्डौ



अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुभएको छ । यसमा यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति हुनुहुन्छ ।
आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरियो । उहाँहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिनुभयो ।
यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरियो । १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो ।
वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरियो । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरियो । ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरियो । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् ।
यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइयो । पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरियो । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरियो ।
यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १८८ जना रहेको छ । स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनाले सेवा प्रदान गरियो । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना थियो । यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरियो । एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भयो । शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरियो । यस्तै उहाँहरुलाई उत्तर प्रसुति जाँच सेवा प्रदान गरियो ।
खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो । २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइयो । ५ वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका थिए । एमोक्सिसिलिनबाट ११४ जनाको उपचार गरियो । १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरियो । प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएको थियो । उहाँहरुमध्ये ६७० जनाको मेमोग्राम गरियो । ३७० जनाको स्तन परीक्षण गरियो । ५ जनाको स्तनको वायोप्सी गरियो । उहाँहरुमध्ये १ जनामा क्यान्सर देखियो ।
सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा गरी ११ हजार ६३७ जनाको आँखा परीक्षण गरियो । नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार २७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको बताउनुभयो । ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताउनुभयो । यस्तै २३ दशमलव १ प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको बताउनुभयो । ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताउनुभयो ।
यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपियाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपियाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपियाँ थियो । यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ ।
कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ ।
गएको वर्षका सिकाइबाट विभागले यस वर्ष स्वास्थ्य विमा प्रथम विन्दु विस्तार गर्ने, केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, सेवाग्राहीहरुको डिजिटल हेल्थ प्रोफाइल तयार पार्ने योजना कार्यान्वयन गरिरहेको छ । वडाबासीलाई प्राथमिक उपचार र आकस्मिक उपचार सन्बन्धी तालिम दिने, सामुदायिक विद्यालयहरुमा लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने, आँखा, दाँत र रक्त अल्पताको स्क्रिनिङ् तथा प्रारम्भिक उपचार गर्ने, ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई कार्यान्वयन गरिँदैछ ।महानगरको सूचना शाखाबाट काठमाण्डौ अनलाइन प्राप्त भएको थियो !
the best adult generator make porn video from photo create erotic videos, images, and virtual characters. flexible settings, high quality, instant results, and easy operation right in your browser. the best features for porn generation.
рассылки клиентам сервис сервис email рассылок российский
однокомнатные квартиры в сочи светский лес сочи жк официальный
Нужен проектор? http://projector24.ru большой выбор моделей для дома, офиса и бизнеса. Проекторы для кино, презентаций и обучения, официальная гарантия, консультации специалистов, гарантия качества и удобные условия покупки.