02
Sep
भक्तपुर नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोग गठन गरेको छ । सोही विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भूमि समस्या समाधान आयोग, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारले नागरिकहरुलाई आवासको हक सुरक्षित बनाउने नाउँमा पटक पटक सुकुम्बासी समस्या समाधान आयोगहरु गठन गरे पनि समस्या समाधानमा हुन नसकेको बताउनुभयो । भूमिहीनलाई जग्गा उपलब्ध गराउनु भन्दा प्रत्येक नागरिकलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नु आवश्यक भएको बताउँदै उहाँले भूमिहीन दलित र सुकुम्बासीहरुलाई आफू बसोबास…