नगर प्रमुख प्रजापति र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनबीच भेटघाट
भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले आज नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुर नगरपालिकामा सञ्चालित शैक्षिक संस्था र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटबीच सहकार्य स्थापना र चिनियाँ भाषा पठनपाठन विषयमा छलफल भयो । सो क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यालय तथा कलेजहरुमा चिनियाँ भाषाका कक्षा सञ्चालन भइरहेको र…

