kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

Continue reading
सिजः फल्चा शिलान्यास

सिजः फल्चा शिलान्यास

भक्तपुर २०८१ चैत्र १४, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० सुकुनाफाँटस्थित सिजः फल्चा (पाटी) को आज शिलान्यास गर्नुभयो ।फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका ठाउँहरुको प्राचिन नामहरुको संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउँदै भक्तपुरको पहिचान जोगाउन यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, सत्तल , पाटी आदिको प्राचिन नामको संरक्षण हुनु जरुरी रहेको बताउनुभयो । नगरका हरेक पाटी सँगै पानीको स्रोत रहने गरेको उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणको महत्वपूर्ण पक्षको रुपमा नगरपालिकाले नगरभरिका फल्चा पुनःनिर्माणलाई अगाडि बढाउँदै आएको हो भन्नुभयो । प्रमुख प्रजापतिले सम्पदा संरक्षणलाई भक्तपुर नपाले सामाजिक सम्पत्तिको रुपमा…
Read More
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरुसँग बैठक

भक्तपुर २०८१ चैत्र १४ गते, बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूसँगको बैठक भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । बैठकमा प्रमुख प्रजापतिले २०८१।८२ को बिस्का जात्रा निर्धारित समयमा सुरक्षित ढंगले सम्पन्न गर्न सम्बन्धित सरोकारवालाहरूले आ–आफ्नो तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले २०८१ चैत्र २८ गतेदेखि २०८२ वैशाख ५ गते सम्म सञ्चालन हुने ८ रात ९ दिनको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा देशी विदेशीको साझा जात्राको रुपमा रहेको बताउनुभयो । बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गत वर्षजस्तै यस वर्षको बिस्का जात्रालाई पनि शान्तपूर्ण…
Read More
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

मोटरसाइकल दुर्घटनामा दुई जना घाइते

चैत्र १० किर्तिपुर किर्तिपुरबाट काठमान्डौ बल्खु तर्फ आईरहेको मोटरसाइकल किर्तिपुरको चोभार जंगलको तेस्रो घुम्तीमा दुर्घटना भएको छ|दुर्घटना भएर त्यहाँको सडकमा धेरै तराई जाने र आउने साना तथा मझौला सवारीसाधन आवतजावत भइरहेको भए पनि घाइतेहरुको समयमा उपचारको लागि अस्पताल पुर्याउने सहयोग भने भएको देखिएन| दुर्घटनाको केहि समय पछी संगै काम गर्ने साथीभाई बल्खुबाट मोटरसाइकलमा फर्किदै गर्दा त्यहाँ दुर्घटना भएको देखेर मोटरसाइकल रोकेर हेर्दा आफ्नै साथीहरु भएको र उहाले तुरुन्त अस्पाताल पठाएको र त्यहाँ आफु क्षतिग्रस्त साधन र घाइतेको आफन्त बुबा र आमालाई फोन गरेर बोलाएको जानकारी घटनास्थलमा पुगेको काठमान्डौ अनलाइन पत्रकारलाई जानकारी दिनु भयो| यस लगतै बुबा आमा आउन साथ उहा…
Read More
नयाँ IGP Deepak Thapa नेपाल प्रहरीमा

नयाँ IGP Deepak Thapa नेपाल प्रहरीमा

श्रीमान् प्रहरी महानिरीक्षक दिपक थापाज्यूको नेपाल प्रहरी प्रधान कार्यालयमा स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न नेपाल सरकार, गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूले प्रहरी महानिरीक्षक दिपक   थापाज्यूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।
Read More
मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस

मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस

  भक्तपुर, २४ फागुन मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो । कार्यक्रममा अतिथि प्रजापतिले संस्कृति नया“ पुस्तामा हस्तान्तरण भएपछि त्यसले जीवन्तता पाउने धारणा व्यक्त गर्दै भनपाले स्थानीय पाठ्यक्रमको व्यवस्था गरेर परम्परागत संस्कृतिलाई नया“ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिरहेको बताउनुभयो । सम्पदा र संस्कृति हाम्रो सम्पदा र शिक्षा पनि भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “संस्कृति सिक्नु आफै“ शिक्षा हो । हरेक व्यक्तिस“ग आ–आफ्नो चाहना, इच्छा र विशेषता हुन्छन् । त्यो विशेषताकै आधारमा विद्यार्थीले आफ्नो पहिचान बनाउ“छ ।” उहा“ले भन्नुभयो, “विद्यालय एउटा राम्रो भएर…
Read More
काठमान्डौ महानगरपालिकाले हाँडीगाउँमा एकतर्फी  सवारी प्रवेश कायम

काठमान्डौ महानगरपालिकाले हाँडीगाउँमा एकतर्फी  सवारी प्रवेश कायम

  एकतर्फी सडक व्यवस्थाले नरःदे (हाँडीगाउँ) क्षेत्र सहज नरःदे (हाँडीगाउँ) का केही मार्गहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको वडाध्यक्ष वीरेन्द्र प्रजापतीले जानकारी दिनुभएको छ । योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न ट्रान्सपोटेसन एण्ड ट्राफिक टिम बनाएर स्थलगत र सिसिटिभी क्यामराबाट निगरानी भइरहेको छ । यसबाट प्राप्त दृश्य, स्थानीयको प्रतिक्रिया र सवारी आवागमनको घट्दो चाप विश्लेषण गरिएको हो । कृष्ण मन्दिर चोक, थटु मार्गमा एकतर्फी हुनुअघि र पछिका तस्विरले पनि यसबाट सकारात्मक परिणाम प्राप्त भएको देखाउँछ । यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन वडा नं. ५ ले, भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको…
Read More
कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला

कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला

  भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला बुधबार भक्तपुरमा सम्पन्न भयो । राष्ट्रिय भेलाको उद्घाटन मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेँले देशमा गलत र राष्ट्रघाती नीति नियम आउनुमा दलाल बुद्धिजीवीहरू जिम्मेवार भएको उल्लेख गर्दै पुँजीवादी व्यवस्था रहेसम्म कामदार जनताले दुःख पाइरहने देश विदेशीको अधीनमा जान नदिन कानुन व्यवसायीहरूले कानुनी र वैचारिक सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो । आर्थिक दरिद्रताभन्दा वैचारिक र संस्कारगत दरिद्रता घातक हुने औँल्याउँदै उहाँले आर्थिक गरिबी केही वर्षको मेहनत र प्रयासले अन्त्य हुनसक्ने तर वैचारिक र संस्कारगत दरिद्रताले कहिल्यै आत्मनिर्भर र स्वाधीन बन्न नदिने स्पष्ट…
Read More
स्थानीय पहिचान र पर्यटन प्रवर्धन- महोत्सव’को लक्ष्य

स्थानीय पहिचान र पर्यटन प्रवर्धन- महोत्सव’को लक्ष्य

काठमाडौँ स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने स्वयम्भू महोत्सवका विषयमा जानकारी दिने उद्देश्यले धर्मचक्र पार्कमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डंगोलले अपेक्षाका विषयमा जानकारी गराएको छ | पर्यटन पूर्वाधार पूर्ण भएकोले यस क्षेत्रमा पर्यटन व्यवस्थापनका प्रशस्त सम्भावना छन् । यसले स्थानीयबासीको जीविकोपार्जन र आय आर्जनमा ठुलो योगदान गर्नेछ । वडाध्यक्ष डंगोलले भन्नुभयो, ‘महोत्सव सम्भावनाको खोजी हो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने थलो हो ।’ महोत्सवका गतिविधिलाई व्यवस्थित गर्न कार्यपालिका सदस्य मैयालक्ष्मी…
Read More
खाद्य बस्तुको गुणस्तर फिल्डमै मापन गर्ने तयारी

खाद्य बस्तुको गुणस्तर फिल्डमै मापन गर्ने तयारी

काठमाडौँ महानगरपालिकाले सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोवाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरुमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको हो । यसका लागि महानगरपालिकाका उपप्रमुख प्रमुख सुनिता डंगोल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जिवकुमार कर्णसहित अधिकारीहरु बिच मोवाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ । छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरपालिकाले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र…
Read More
अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुर नपाका अवकाश प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान

अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुर नपाका अवकाश प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान

भक्तपुर । २०८१ माघ २५ नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनैतिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकामा लामो समयसम्म सेवा गरी २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीहरु र ३० (तीस) वर्षभन्दा बढी भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई सेवाको कदर गर्दै प्रशंसा पत्र वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले कर्मचारीहरुले सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, सेवा प्रवाहमा पारदर्शिता र मितव्ययिता अपनाई निष्पक्ष रुपमा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो । कर्मचारीहरुको अवकाश एउटा स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले अवकाश…
Read More

श्रम गरेर देशको आर्थिक बिकास गर्ने समय: सडक,न्यायलय,विदेशिने,हिरासत राजनीतिक कार्यक्रममा

नेपाल प्रहरीले वकिल दिनेश त्रिपाठीलाई हातपात गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेको जानकारी नेपाल प्रहरीको अधिकारिक फेसबुक पेजमा विभिन्न चरणमा सर्बाजनिक गरेको बिषयहरु निम्न अनुसार सार्बजनिक गरेको छ| मिति २०८१।१०।०२ गते अन्दाजी १५:४५ बजेको समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर सार्वजनिक सडक खण्डमा सर्वसाधारणहरुको भिड रहेको अबस्थामा बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठी अदालतको दक्षिण गेट अगाडीको सडक खण्डमा ज्रेबा क्रसिङबाट सडक पार गर्ने क्रममा उक्त भिडमा रहेका केही व्यक्तिहरुले हुल हुज्जत गरी आक्रमण गर्न खोजेकोमा तत्काल प्रहरी परिचालित भई बरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीलाई उद्धार गरी सुरक्षित स्थानमा राखि आक्रमण गर्ने व्यक्तिहरु मध्ये जिल्ला दोलखा तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी…
Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु चोकमा नगरपालिकाले पुरातत्वविद्, प्राज्ञ तथा संस्कृतिविद्हरुको उपस्थितिमा स्थानीय जनताहरुसंग शुक्रबार अन्तरसंवाद गरेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले सम्पदाले संस्कृति र सभ्यताको प्रतिविम्बित गर्ने हुँदा मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले आप्mनो अध्ययनकालमा वाने लाय्कुको कार्यपत्र…
Read More

आणविक हमाला भन्दा खतरानक आगलागी सामाना गर्नु पर्यो -डोनाल्ड ट्राम्प

अमेरिकी राष्ट्रपति-निर्वाचितले क्यालिफोर्नियाको नेतृत्वको संकट व्यवस्थापनको आलोचना गरेका छन् र बढ्दो मृत्युको सङ्ख्यामाथि चिन्ता व्यक्त गरेका छन्। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसको जंगलमा लागेको आगलागीलाई आणविक हमलासँग तुलना गर्दै आगामी दिनमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्। उनले क्यालिफोर्नियाको नेतृत्वको आलोचना गरे, विशेष गरी गभर्नर गेभिन न्यूसमले कुप्रबन्धनले सङ्कट बढाएको सुझाउ दिए। दक्षिणी क्यालिफोर्नियामा गत हप्ता सुरु भएको जङ्गली आगोले कम्तिमा 24 जनाको ज्यान लिएको छ, 40,000 एकडभन्दा बढी जमिन जलेको छ, र 12,000 भन्दा बढी संरचनाहरू ध्वस्त पारेको छ, सम्पूर्ण छिमेकलाई समतल बनाएको छ। लस एन्जलसका शेरिफ रोबर्ट लुनाले इटन आगलागीबाट 16 र पालिसेड्स आगलागीबाट…
Read More

ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल

यस क्षेत्रको ढाल व्यवस्थित कार्यक्रम अन्तर्गत म्हेपी पुल बाट सामाखुशी पुल रेडहन कलेज क्षेत्रको निर्माण दिलाई ले अवातजवात गर्ने पैदल यात्रीहरुलाई दुर्गन्धित र बाटोमा समस्या देखिएको छ| काठमान्डौ महानगरपालिकाले खोलाको भागमा ढालान गरि घर टहारा निर्माण गरेको सामाखुसी क्षेत्रमा हटाउने कार्य गर्दै ढाल व्यवस्थित गर्ने कार्यक्रम अन्तर्गत यस क्षेत्रमा निर्माण कार्यमा केहि ढिला सुस्ती भएको देखिएको छ| मुलत स्थानीयको टहरा र निर्माण गरिएको घरहरुको ब्यवस्थापनमा राजनीतिक दलको हस्तक्षेप भएको भन्ने यहाको केहि जानकारहरु बताउनु हुन्छा दृश्य र भिडियो https://www.youtube.com/watch?v=e45sM45q9V8
Read More

दुर्घटना जोखिम क्षेत्र भक्तपुर अरानिको राजमार्ग

भक्तपुर जिल्लाको बिशेष गरि काठमाडौंबाट छुट्टिने कोटेश्वर देखि अरानिको राजमार्ग क्षेत्र मा र पेप्सीकोला सडक खण्ड भएर जाने नगरकोट सडक खण्डमा धेरै जसो दुर्घटना हुने हुदा सबै सवारी चलाक र पैदल यात्रीले सडक चिन्ह एबम सुरक्षा संकेत पालना गरि सवारी साधन चालौं या अरुलाई पनि दुर्घटना हुनबाट बचाऊ दुर्घटनाका दृश्यहरु https://youtu.be/UJ_VmQDwSsI
Read More

भक्तपुर महोत्सव २०८१

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति भक्तपुर महोत्सवको अवलोकन गर्नुहुँदै   भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सव २०८१ अन्तर्गत आज भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ४६ वटा बाँसुरी बाजा टोलीले सहभागिता जनाएकोमध्ये आज ३३ वटा समूहले प्रतियोगितामा प्रस्तुती गर्नेछन् । खुल्ला बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई आत्मसात गर्दै भक्तपुरका गौरवपूर्ण धरोहरलाई जस्ताको तस्तै संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य अनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो । महोत्सवमा व्यापक जनसहभागिता परिचालन भएको बताउँदै…
Read More

किर्तिपुर विष्णुदेवी मेला

विष्णुदेवी मन्दिर काठमान्डौ जिल्लाको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको स्थानीयले प्रत्येक बर्ष मनाउने मेला बिष्णुदेवी मेला आज स्थानीयको सहभागितामा विभिन्न टोल र स्थानीय समुदायको देवतालाई बिश्नुदेविमा ल्याएर पुजा गरि पुनह आ-आफ्नो टोलमा फिर्ता लागेर यो पर्वलाई धुमधाम साथ मनाएको यहाको स्थानीयले  हाम्रो काठमान्डौ अनलाइनको टिमलाई बताएको छ|   यस पर्वमा त्यहाँ मेला हेर्न आएको भक्तजन एबम मेलामा सहभागी स्थानीयले काठमान्डौमा उत्पादित केहि घरेलु उत्पदानको सामानहरु पनि मेला परिसरमा ब्यापारिक प्रयोजनको लागि प्रदर्शनीमा राखिएको थियो| भिडियो लिंक https://www.youtube.com/watch?v=hftbUSNVnZs     (more…)
Read More

भुटानी राजा नेपाल भ्रमणमा

काठमान्डौ भुटानको राजा जिग्मे खेसर नाम्ग्येल वाङ्चुक आज बौद्द क्षेत्र र स्वयम्भूको धार्मिक क्षेत्रको भ्रमण गर्नु भएको छ| यसरि उहाको धार्मिक भ्रमणको लागि पूर्ण रुपमा नेपाल सरकारले मुख्य सडक र बौद्द क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाएको थियो| स्वयम्भूको माथिल्लो महाचैत्यमा धार्मिक गुरुहरुसंग केहि समय बौद्द धर्म अनुसार पुजा गरि उहा फर्किनु भएको छ | उहाले आफु नेपाल जन्मेको जन्मभूमि भ्रमणको क्रममा स्वयम्भूको माथिल्लो उचाईबाट काठमान्डौ दृश्यहरू पनि छोटो समयमा अवलोकन गर्नुभएको छ|
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.