16
May
कमरेड समिरले जनयुद्ध आफ्नो सहयोद्दा कमरेडहरू र बिगतको क्षणहरुलाई सम्झिदै कोरेको केहि अविष्मरण समयको सम्झनाहरु उहाकै शब्दमा प्रस्तुत गरेको छु | आज कमरेड अनिल अधिकारी (प्रदुन)को २३ औं वार्षिकी वहाँ प्रति भावपुर्ण श्रद्धान्जली सहित मेरो पुरानो वहाँको स्मरणमा तयार गरिएको अप्रकाशित लेख प्रस्तुत गरेको छु हृदयको कुनामा सजिएको कहिल्यै नओईलाउने अजम्वरी फुल, कमरेड अनिल माधव लामिछाने (समिर) खै कहाँ वाट सुरु गरौं, मनभित्रका भावनाहरु छताछूल्ल हुन्छन । हृदयभित्र बेदनाका छालहरु मडारिन्छन र मन वेगवान गतिमा सुईकिदै पुग्छन युद्धको महासमरमा । वर्ग संघर्षको मोर्चामा अनुभुति गरिएका थुप्रै सुखद अविस्मरणिय क्षणहरु तारुका देखि दार्खा रेड हुदै पस्चिम रोल्पा रुकुमका आधार ईलाका र…