18
Jan
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको शिक्षक तालिममध्ये कक्षा ९ र १० का शिक्षकहरुको तालिम आज सकिएको छ । दरबार स्कूलमा हिजो र आज गरी २ दिन चलाइएको तालिममा गणित, विज्ञान, सामाजिक, नेपाली, अंग्रेजी, अर्थशास्त्र विषयका शिक्षकहरु सहभागी गराइएको थियो । तालिममा सामुदायिक विद्यालयका १ सय जना र संस्थागत विद्यालयका ८० जना शिक्षक सहभागी हुनुभयो । उहाँहरुमध्ये २० जना काठमाडौँ महानगरपालिका स्थायी बसोबास भएका शिक्षक हुनुहुन्थ्यो । विषयगत रुपमा हेर्दा सामुदायिक विद्यालयबाट सबैभन्दा धेरै अंग्रेजी र सामाजिक विषयका २२/२२ जना शिक्षक सहभागी हुनुभयो । यस्तै संस्थागत विद्यालयबाट सबैभन्दा धेरै विज्ञान विषयमा २० जना सहभागी हुनुभयो । तालिम शिक्षकको सिकाइ क्षमता विकास गराएर एसइईको…