उर्जामंत्री दीपक खड्कालाई उर्जा मन्त्रालयको गेटमै झापड हानेको थियो|
झापड हान्ने युवा गएको निर्बाचनमा गोरखा २ ख बाट गण्डकी प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार गोरखा अजिरकोट गाउपालिका ५ मुचोकको हरि पोखरेल हुन| यो घटना गत शुक्रबार २६ गतेको जानकारी कांग्रेसको बैठकमा मन्त्रि दीपक खड्काले देउवा निवास बुढानिलकण्ठमा उठाएको हो |
मन्त्रि नै असुरक्षित छ भन्ने कुरा यस बैठकमा उठे पछी बैठकमै रहेको रमेश लेखकले मलाई जानकारी नभएको र नदिएको कुरा गरे पछी उर्जामंत्री दीपक खड्काले प्रहरी परिसर माइतीघर रहेको व्यक्तिलाई छाडिदिन र मानसिक अवस्था ठिक नभएको भनि बैठकमै कुरा राखे|
हुन त मन्त्रि दीपक खड्का सुरक्षित नहुनुको केहि तथ्यहरु यहाँ सबैमा जानकारी नै छ|
एक प्रमुख कारण नेपाल स्काउट जग्गाको बिषयमा राज्यलाई तिर्नु पर्ने कर नतिरेको र सम्झौता मापदण्ड भन्दा बाहिर काम गरेको आरोप सबैलाई जाग जाहेर नै छ|
अहिले केन्द्र सरकारको राजधानी जस्तो मुटुमा रहेको जग्गा विवादका कारण अलपत्र जस्तै छ| यसबाट राज्यलाई हुने आम्दानी को साटो राज्यलाई आर्थिक भरमा पारेको छ| त्यहाको भवनहरु खालि छ प्राय जसो
अर्को खड्काको नेपाल बिद्युत प्राधिकारणमा देखिएको तुसारापात हो| केपी शर्मा प्रधानमन्त्रीले पंखे जोडी खेल्दा कुनै उपाय नलागे पछी उनै दीपक खड्का एक कोठाको कार्यालय राखी कुलमान घिसिङसंग जुहारी खेल्न सुरु गरेको थियो| प्राधिकारणमा भएको यो काम कार्बाही देखेर आम समुदायले पनि दीपक खड्काको राजनीतिक व्यक्तिमा हुनु पर्ने असल गुण नभएको धेरै जसोको बुझाई मा परेको छ |
अर्को दीपक खड्काले चालेको कदम जगदुल्ला हाइड्रोपावरमा भएको अन्तारिक चलखेलको बिषय हो|देशको हाइड्रोपावर क्षेत्रमा हरेक राजनीतिक दल,नेता देखि कार्यकर्ता सबैले हस्तक्षेप गरेको बिषय भने नौलो होइन| यसमा दीपक खड्काले पनि बाकीं राखेन भन्ने गुनासो यस क्षेत्रका बिज्ञ तथा लागनी कर्ताहरुको तर्क छ |
मन्त्रि दीपक खड्काको सबै कार्यसम्पादन देखि मन्त्रलयको जिम्मेवारी मन्त्रीले देश र जनताको मन जितेर काम गर्न सके मन्त्रि सुरक्षित हुन्थे कि उहाको पछिल्लो अभिव्यक्ति एक च्यानलमा प्रसारित कार्यक्रममा प्रष्ट देखिन्छ| सबै मन्त्रीहरुले मिलिजुली देशको हितमा काम नसक्ने ,भ्रष्टाचार गर्न केहि पछी नपर्ने दलको नेता र मन्त्रिहरु मध्ये उर्जामंत्रीको जिम्मेवारीमा हुदा मैले पनि अनियमियता गर्न खोज्नु र गर्न तल्लिन हुनु जस्तो उहाको पनि असाय देखिन्छ | विनम्र संग अनुरोध गर्दा पनि उहाको प्रष्ट कुरा आएको थिएन|