भक्तपुरमा सहकारी अनुगमन चालु

भक्तपुर

भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले बिहीबार भक्तपुरको घलाते अवस्थित बचत तथा ऋण सहकारी संस्था लि. मा अनुगमन ग¥यो ।

भक्तपुर नगरपालिकाका सहकारी अनुगमन समितिका सदस्य कृष्णगोपाल चौगुठीको नेतृत्वमा समितिका सदस्यहरू हरिरत्न गोर्खाली, श्यामसुन्दर मातांसहितको टोलीले उक्त सहकारी संस्थामा अनुगमन ।

अनुगमनका क्रममा उक्त सहकारी संस्थाबाट केही ऋण उठाएको र बचतकर्ताहरुलाई बचत फिर्ता गरिएको देखिन्छ । संस्थामा अझै पुरानो सञ्चालकहरु उपस्थित नभएको र सचिव मात्र उपस्थित भएको सदस्य चौगुठीले जानकारी गराउनुभयो ।

उक्त अनुगमनको क्रममा अनुगमन समितिले सहकारी संस्थाले गर्नुपर्ने सुधारहरुको बारे संस्थालाई जानकारी गराइएको थियो ।

सहकारी संस्थाको तर्फबाट ऋण उठेका ऋणीहरुको विवरण, रकमसहित बचत फिर्ताको नाम, रकम र सम्पर्क नम्बरसहितको विवरण भक्तपुर नगरपालिकामा पेश गर्न समितिले निर्देशन दियो ।

सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन गर्न पुरानो सञ्चालक समितिसहितको साधारणसभाबाट मात्र नया“ सञ्चालक समिति गठन गर्न सकिने प्रावधान रहेको अनुगमनको क्रममा जानकारी गराइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top