kathmanduonlinemedia.com

रातो पाण्डा दुर्लभ बन्यजन्तु : चुङ्बा शेर्पाले कैद गरेको दृश्य

नेपालको चर्चित एबम नेपालको हरेक क्षेत्रमा दुर्लभ बन्यजन्तु देखि लोपोन्मुख बस्तुहरुको फोटो कैद गर्न एक माहिर फोटोग्राफर रुपमा चिनिने चुङ्बा शेर्पाको केहि बिशेस सम्प्रेषण

नेपालका चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षका शेर्पाको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ लुक्ला स्थायी ठेगाना भएका शेर्पा वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय थिए ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे।

उनका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापतिसमेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत थिए।

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.