धादिङ नुवाकोट समाज UKको अध्यक्षद्वारा आफ्नै सास्कृतिमा जोड

काठमान्डौ

हाल बेलायतलाई कर्मथालो बनाएर नेपाली समुदायको सामाजिक एबम विभिन्न समाजसेवी  कार्यमा निरान्तार लागिरहनु भएको धादिङ नुवाकोट समाज यु के समाज अध्यक्ष धन बहादुर तामाङद्वारा आफ्नो देशको रितिरिवाज र मौलिक परिवेशलाई अझ बढी जोड दिएको एक उहाको पछिल्लो पारिवारिक कुराबाट प्रष्ट देखिन्छ |

सन्दर्भ : छोराको विवाहमा मिडियाकर्मीले कैद गरिएको दृष्यहरुको

नेपालमा बिवाह अनि शुभाकार्यहरु गर्नको लागि आफ्नै मौलिक परिवेश छ| हाम्रो देश त्यसै पनि चार बर्ण छत्तिस जात भएको देश  र भूगोल त झनै फरक बिशेषता भएको देश हाम्रो देश नेपाल….
फाल्गुन १२ गतेको दिनमा केहि समय मिल्यो, एक शुभकार्यमा उपस्थित हुने, यसैको मौकामा एक मिडियाकर्मीले साथमा भएको साधनलाई सदुपयोग गर्दै जादा केहि बिशेष कुराहरु भेटियो|
तामाङ समुदायमा विवाहमा हुने प्रक्रियागत लामा पुजा र मौलिक सास्कृतिक रितिरिवाज अनि पराम्परा
यस शुभ कार्यक्रममा उपस्थित भएको आफन्तहरुले लागाउने भेषभुषा पनि आफ्नै मौलिक्त्ता गासिएको छ|

आफ्नै हातले बुन्ने कपडा तामाङ्ग पोशाक यो खास गरि नुवाकोट,धादिंग र रसुवाको तामाङ् पोशाकको छुट्टाछुट्टै पहिचान बोकेको छ|

धादिंग जिल्ला  निलकाण्ठ-१४ धुवाकोट पात्ले स्थायी बासिन्दा भए पनि पढाइ र आफ्नो उज्वल  भविस्यको लागि केहि समय काठमान्डौ बसाई भएको र पछिल्लो समय नेपालीहरु प्रबासमा जाने र कर्मथलो बनाउने एक समयको परिस्थिति नै थियो| मुलत देशमा रोजगारीको अवसर नहुनु,नेपालमा दिगो र दुरदर्शिताको  बिकासको कमि हुनाले पहिलेको युवा पुस्तालाई परदेश होमिनु पर्ने बाध्यता नै थियो|

अझै पनि देशले बिकाशको फड्को मारेको छैन|दिनप्रतिदिन युवाहरुको परदेशिने क्रम घट्दो छैन|

बेलायतमा दुई दशकको हाराहारीमा उहा र उहाको सपरिवार बासोबास गरिदै आएको थियो| नेपाल आफ्नो जन्मभूमिलाई उहाले बेलायत बसाई हुदा पनि आफ्नो गाउसमाज ,नेपालि समुदायसंग टाढा रहन सक्नु भएन| बिशेष गरि पात्ले गाउमा उहाको सामाजिक कार्यहरुमा निकै नै अग्रसरता देखिन्छा

प्रवासमा रहेर पनि प्राकृतिक बिपतको समय होस् या अन्य व्यक्तिगत समश्याहरु नै किन नहोस उहाको सराहनीय सहयोग अनि सहकार्य भएको पछिल्लो समयमा देख्न सकिन्छा

युकेमा रहेको तामाङहरुको एक असल समाजसेवीको रुपमा पनि उहालाई चिनिएको छ| बेलायतमा रहेको नेपालि मुलको तामाङहरुको साथ र सहयोगको लागि स्थापना भएको तामाङ समाजको प्रसङ्ग बाट उहालाई चिन्न गाह्रो छैन|

बिशेष गरि धादिंग,नुवाकोट र रसुवाबाट बेलायतलाई कार्मथालो बनाएर बस्दै आएका समुदायको एक सामाजिक व्यक्तिको रुपमा चिन्निन्छा भनि केहि बेलायत रहेको तामाङ समुदायबाट मिडियाकर्मी साथीहरुलाई जानकार गराएको पाइन्छा

छोराको विवाहमा  सहभागी सबै नेपाल मै रहेर सामाजिक सेवामा जोडिनु भएको व्यक्तित्वहरु अग्रजहरु,प्रबासमा रहेको पात्ले गाउका अफान्त र साथीभाई,बेलायतमा ,युरोप लगायत देशमा रहेको विभिन्न व्यक्तित्वहरु,राजनीति क्षेत्रका व्यक्तिहरु अनि  जिल्लाको स्थानीय कलाकारहरुको उपस्थिति रहेको थियो |

उहाको पारिवारिक यस शुभकार्य भब्य र सब्या सफल भएको  छ |

भिडियो हेर्नको लागि लिंक

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top