भक्तपुर, २४ फागुन
मिनर्वा इ·लिश स्कूलमा सिनियर अभिभावक दिवस नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले संस्कृति नया“ पुस्तामा हस्तान्तरण भएपछि त्यसले जीवन्तता पाउने धारणा व्यक्त गर्दै भनपाले स्थानीय पाठ्यक्रमको व्यवस्था गरेर परम्परागत संस्कृतिलाई नया“ पुस्तामा हस्तान्तरण गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
सम्पदा र संस्कृति हाम्रो सम्पदा र शिक्षा पनि भएको उल्लेख गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “संस्कृति सिक्नु आफै“ शिक्षा हो । हरेक व्यक्तिस“ग आ–आफ्नो चाहना, इच्छा र विशेषता हुन्छन् । त्यो विशेषताकै आधारमा विद्यार्थीले आफ्नो पहिचान बनाउ“छ ।”
उहा“ले भन्नुभयो, “विद्यालय एउटा राम्रो भएर नगरको शिक्षा राम्रो हुने होइन, नगरको शिक्षा राम्रो बनाउन नगरभरिका सबै विद्यालयको शैक्षिक स्तर राम्रो हुनु जरूरी छ ।”
भविष्यको समाज निर्माण उद्देश्यका साथ शिक्षकहरूले विद्यार्थीको पढाइमा जोड दिनुपर्ने आवश्यकता औ“ल्याउ“दै प्रमुख प्रजापतिले विद्यार्थीको पढाइ स“गस“गै विद्यार्थीमा असल व्यवहार सिकाउने, स्वयम्सेवी भावना जगाउने, इमानदार हुने, श्रम गर्नुका साथै श्रमलाई सम्मान गर्ने र समाज र देशको सेवा गर्ने भावना जगाउन शिक्षकहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
“निजी र सामुदायिक विद्यालयबाट प्रदान गरिने शैक्षिक गुणस्तरलाई एकरूपता दिन भनपाले प्रयास गरिरहेको छ । तुलनात्मकरूपमा भक्तपुर नगरका शैक्षिक गुणस्तर राम्रो छ । हामी सरकारको भरमा होइन आफ्नै भरमा अघि बढ्नु जरूरी छ”, उहा“ले भन्नुभयो ।
उच्च शिक्षा वा वैदेशिक रोजगारको नाममा युवाहरू बिदेसिने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले सन्तान बिदेसिने कुरामा चनाखो हुनुपर्ने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल राजेन्द्र दुवालले विद्यालयमा भइरहेको गतिविधिबारे जानकारी दि“दै शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षक शिक्षिकाले मात्र नभई अभिभावकहरूको सहयोगको पनि उत्तिकै जरूरी भएको बताउनुभयो ।
बालरोग विशेषज्ञ डा. विनोद द·ालले अभिभावकहरूलाई सन्तानको खानपानमा कसरी ध्यान दिने र कस्तो खालको खाना खुवाउ“दा सन्तानको स्वास्थ्य राम्रो हुन्छ भन्ने जानकारी दिनुभयो ।
विद्यालयका इन्चार्ज राजु किसिजुले विद्यार्थीहरूको शारीरिक, मानसिक, बौद्धिक, चारित्रिक क्षमता वृद्धि गर्ने जिम्मा तथा भूमिकामा शिक्षक शिक्षिका एवम् अभिभावकहरूको समान दायित्व रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा अभिप्रेरक तुल्सीहरि प्रजापति, विद्यार्थीद्वय सृजन भेले र इशान श्रेष्ठले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा चाइनिज भाषाका स्वयम्सेवी शिक्षिका यान्बो पुबाट लेखिएको पत्र वाचन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूबाट नृत्य तथा विभिन्न क्रियाकलाप प्रस्तुत गरिएको थियो । अभिभावक दिवसकै अवसरमा विद्यालयका विद्यार्थीहरूले तयार पारेका विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनी गरेका थिए ।